© २०२३
बुटवल,१ असार । सिन्धुलीमा लिचीको दाना घाँटीमा अड्किएर एक बालकको मृत्यु भएको छ ।
कमलामाई नगरपालिका ६ धुराबजारका तीन वर्षीय क्रियान तामाङको घाँटीमा लिचीको दाना अड्किएर मृत्यु भएको हो । लिचीको दाना अड्किएपछि राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले लिचीको दाना अड्किएर उनको मृत्यु भएको अस्पतालबाट जानकारी प्राप्त भएको बताए ।