ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विएसस्सी नर्सिङ र विएनएसको पढाई सुरु

३२ जेष्ठ २०८०, बिहीबार
३२ जेष्ठ २०८०, बिहीबार

 

न्युज बुटवलटुडे

दाङ, ३२ जेठ । स्थापना भएको करिव ५ बर्ष पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शैक्षिक कार्यक्रम सन्चालनमा आउन थालेका छन् । यो शैक्षिक सत्रमा प्रतिष्ठानले विएसस्सी नर्सिङ र विएनएस कक्षा सन्चालनमा ल्याएको छ । प्रतिष्ठानले विहिवार एक औपचारीक कार्यक्रमको आयोजना गरी विधिवत रुपमा ती शैक्षिक कार्यक्रममा पठनपाठन सुरु भएको उद्घोष गरेको छ ।

कार्यक्रममा बोल्दै प्रतिष्ठानका सिनेट सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सन्चालनमा आएको पाच बर्षमा नर्सिङ शिक्षाको कार्यक्रम सन्चालन गरेकोमा खुसी व्यक्त गरे । साथै उनले यहांको उत्पादन गुणस्तरीय भएर सवै स्थानमा रोजगारी पाउने पनि उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सिनेट सदस्य नित्यानन्द शर्माले चाडो भन्दा चाडो यहां एमविविएस शैक्षिक कार्यक्रम सन्चालनको वातावरण मिलाउन पनि विश्वविद्यालय पदाधिकारी एवं स्थानिय सरकारलाइ आग्रह गरे । एमविविएस कक्षा सन्चालनका लागी आवस्यक पुर्वाधार तयार गर्न जग्गा व्यवस्थापन देखि आर्थिक व्यवस्थापनमा समेत आफुले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारमा पनि आवस्यक समन्वय र सहजीकरण गर्ने पनि शर्माको अभिव्यक्ति थियो ।

केहि ढिलो भएपनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरु गरेकोमा खुसी व्यक्त गर्दै घोराही उपमहानगरपालिकाका प्रमुख तथा सिनेट सदस्य नरुलाल चौधरीले यो प्रतिष्ठानलाइ स्वास्थ्य सेवा लगायत स्वास्थ्य क्षेत्रका जनशक्तिको उत्पादनको अव्वल क्षेत्र बनाउन आफुनो निरन्तर प्रयास रहने बताए । चौधरीले नयां भर्ना भएका विद्यार्थिहरुको उज्वल भविस्यको कामना गर्दै पठन पाठन र बसोवासका सन्दर्भमा जुनसुकै समस्या आए त्यसमा स्थानिय सरकार, स्थानियबासी तथा सिनेट सदस्यकै हैसियतले पनि अहोरात्र सहयोग र सहजीकरण गर्ने पनि उनले आश्वासन दिए ।
शैक्षिक कार्यक्रम सन्चालनको घोषणासभामा बोल्दै विश्वविद्यालयका शिक्षाध्यक्ष डा वसन्त लामिछानेले नव आगन्तुक विद्यार्थिहरुलाइ स्वागत गर्दै सवथोक औषधिले मात्र नहुने भएकाले विरामीलाइ चाडो निको बनाउन नर्सिङ स्टाफको भुमिका अपरीहार्य हुने बताए । सो अवसरमा प्रतिष्ठानका रजिष्टार प्रकाश थापाले विद्यार्थिहरुलाइ ढुक्क भएर अध्ययन गर्न आग्रह गर्दै कुनै गुनासो भए मेट्रोन मार्फत रजिष्टर गराउन पनि विद्यार्थिहरुलाइ आग्रह गरे । कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा सागर पन्थीले यहांको शैक्षिक गुणस्तरमा कुनै समस्या नहुने भन्दै गुणस्तरको विषयमा ढुक्क भएर पठनपाठनमा लाग्न विद्यार्थिहरुलाइ आग्रह गरे । पत्रकार गिरीराज नेपालीले प्रतिष्ठानको उननयनमा दाङका सवै सन्चारकर्मिहरु प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नर्सिङ कोअर्डिनेटर प्राध्यापक अम्विका पौडेलले नर्सिङ शिक्षाका सन्दर्भमा विशेष प्रवेश तथा स्वागत मन्तव्य व्यक्त गरेकि थिइन् । कार्यक्रममा विद्यार्थिहरुको तर्फबाट शुमकामना मन्तव्य दिंदै विएससी नर्सिङकि विद्यार्थि सावित्रा वोहोराले नर्सिङ शिक्षाका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुणस्तरमा आफु विश्वस्त भएको बताइन् । साथै दाङ जिल्लाको भौगोलिक वनोट तथा हावापानी पनि उपयुक्त र सुरक्षित रहेको आफुले बुझेर यहां अध्ययनका लागि आएको उनको अभिव्यक्ति थियो । उनी काठमाण्डौ उपत्यका छाडेर अध्ययनकालागी दाङ रोजेकि हुन् ।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा विकाश लामीछानेले अवको एक बर्षमा एमडिजिपि, एम डि तथा एमएस कक्षा सन्चालनका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तयार रहेको बताए । अहिले प्रतिष्ठानमा आएको बजेटले प्रतिष्ठानले निर्माण गरेको गुरुयोजना अनुसार ४ सय वेडको ७ तलाको अस्पताल निर्माणको प्रक्रिया अघि बढाउने बताए । अस्पताल भवन निर्माण भैसकेपछि मात्र एमविविएस कक्षा सन्चालन हुन सक्ने उनको अभिव्यक्ति थियो ।

पहिलो पटक सुरु भएको नर्सिङ कक्षामा विएससी नर्सिङ तर्फ २० जना र विएनएस तर्फ २० जना विद्यार्थि भर्ना भएका छन् । हरेक सेमेस्टरमा १५ जना नेपाल सरकारको छात्रबृत्ति प्राप्त र ५ जना पेइङमा अध्ययन गर्ने छन् । विएससी नर्सिङ ४ बर्ष र विएनएस ३ बर्षको हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?