ट्रेंडिंग:

>> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

प्रधानन्यायाधीश नियुक्ती : सामूहिक छलफलका लागि उजुरीकर्ताको दवाव

३१ जेष्ठ २०८०, बुधबार
३१ जेष्ठ २०८०, बुधबार

काठमाडौँ ।

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिने उजुरीकर्ताहरूले सामूहिक रुपमा बस्न पाउनुपर्ने भन्दै ज्ञापनपत्र बुझाएका छन् । बुधबार बिहान ११ बजेबाट सुरु भएको उजुरीकर्तासँगको छलफलका क्रममा उनीहरुले सामूहिक रुपमै बस्ने भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

संवैधानिक परिषदबाट प्रधानन्यायाधीश पदका लागि प्रस्तावित हरिकृष्ण कार्कीविरुद्ध २९ जनाले उजुरी दिएका थिए । जसमा एक बहालवाला जिल्ला न्यायाधीश डा श्रीकृष्ण भट्टराईसमेत रहेका छन् । त्यसैगरी उप प्राध्यापक समेत रहेका अधिवक्ता अमृत खरेल लगायतका व्यक्तिहरूले प्रस्तावित व्यक्ति प्रधानन्यायाधीशका लागि उपयुक्त नभएको भन्दै त्यसबारेको छलफलमा सामूहिक रुपमा बस्न पाउनुपर्ने माग गरेका हुन् ।

उजुरीकर्ताहरूले संसदीय सुनुवाइ समितिको बैठक सञ्चालनका लागि कानुनी वैधतासमेत नभएको भन्दै प्रश्न उठाएका छन् । ज्ञापनपत्रमा उजुरीकर्ताहरूले भनेका छन्, ‘ … आज मिति २०८०/०२/३१ गते उजुरीका विषयमा प्रस्ट्याउने प्रयोजनका लागि आमन्त्रण गरिएको हुनाले समितिमा उपस्थित भएका हामी उजुरीकर्ताहरूले त्यस समितिको बैठक सञ्चालन गर्नका लागि कानुनी वैधता प्रदान गर्ने सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित गर्ने गरी सङ्घीय संसदका कुनचाहिँ अधिकारीद्वारा प्रमाणीकरण गरी कुन मितिमा नेपाल राजपत्रमा प्रकाशित गरिएको हो भन्ने सम्बन्धमा निवेदन दिई जानकारी माग गर्दा सङ्घीय संसद् सचिवालयबाट सो सम्बन्धमा स्पष्ट जानकारी प्राप्त हुन नसकेको हुनाले उक्त नियमावलीको राजपत्रमा वैधानिक ढङ्गले प्रकाशन नहुँदा कानुनका रूपमा कार्यान्वयन हुनका लागि चाहिने आधारभूत पूर्वशर्त पालना हुन नसकी सो नियमावली गुपचुप ढङ्गले तयार पारिएको जाली लिखत सरह मात्र हुन गई त्यस समितिको बैठक बस्ने सम्बन्धमा कानुनी वैधता, अनधिकारिकता एवं कार्यान्वयन योग्य निर्णय गर्ने कानुनी क्षमता समेतको स्पष्ट अभाव देखिएकाले त्यस प्रकारको वैधता समेत नभएको समितिसमक्ष उजुरीकर्ताहरूले थप प्रस्टोक्ति राख्नुको कुनै औचित्य समेत नहुने गम्भीर परिस्थिति उत्पन्न हुन पुगेको छ ।’

यसरी उजुरीकर्ताहरूले समितिको बैठक र समितिले उजुरीकर्ताहरूलाई आफ्नो उजुरीबारे थप प्रस्ट पार्न बोलाएको बैठकको कानुनी वैधता नरहेको र त्यसको औचित्य समेत नरहेको आरोप लगाएको छ ।

साथै जेठ २९ गते बसेको संसदीय समितिको बैठकमा समितिका सदस्यहरूले उजुरीकर्ताहरूको सम्बन्धमा गरेको टिप्पणीका सम्बन्धमा पनि उजुरीकर्ताहरूले आपत्ति जनाएका छन् ।

उजुरीकर्ताले सामूहिक ज्ञापनपत्रमा भनेका छन्, ‘…यसका अतिरिक्त त्यस समितिको मिति २०८०/०१/२९ गते बिहान ११ बजे बसेको बैठकमा समितिका सदस्यहरूबाट उजुरीका सम्बन्धमा छलफल हुँदा समितिका कतिपय जिम्मेवार सदस्यहरूले अत्यन्त अमर्यादित ढङ्गले पूर्व निश्चित धारणाबाट पूर्वाग्रही ढङ्गले ग्रस्त भई उजुरीकर्ताहरूलाई ‘पेसेवर उजुरीकर्ता’ जस्ता लाञ्छना लगाउने अभिव्यक्ति दिइएको भनी रातोपाटी डट कममा मिति २०८०/०२/२९ मा “संसदीय सुनुवाइ समितिमा उजुरीकर्ता न्यायाधीशको आलोचना’’ शीर्षकमा प्रकाशित समाचारमा प्रत्येक समिति सदस्यको भनाइ समेत उद्धृत गरी छापिएबाट समितिको त्यस प्रकारको पूर्वनिश्चित धारणा एवं पूर्वाग्रही सोच प्रकट हुनु खेदजनक रहेको छ ।’

सामूहिक ज्ञापनपत्रमा उप प्राध्यापक अधिवक्ता अमृत खरेलले सुरुमा हस्ताक्षर गरेका छन् भने त्यसपछि रतन भण्डारी, गोविन्द अधिकारी, उत्तम बहादुर श्रेष्ठ, युवराज कोइराला, पुण्य प्रसाद गौतम लगायतको हस्ताक्षर छ । ज्ञापनपत्रको अन्तिममा न्यायाधीश डा श्रीकृष्ण भट्टराईको समेत हस्ताक्षर रहेको छ ।

उजुरीकर्ताहरूले सामूहिकरुपमा छलफलमा बस्न पाउनुपर्ने भने पनि संसदीय सुनुवाइ समितिले भने उजुरीकर्ताहरूलाई छुट्टाछुट्टैरुपमा छलफलमा बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?