© २०२३
काठमाडौं,३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वामपन्थीहरुको ध्रुवीकरण र एकता आवश्यक रहेको बताएका छन् ।
पूर्व शिक्षामन्त्री धनीराम पौडेलको चौथो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो आवश्यकतालाई अगाडि बढाउने गरी तयारी भइरहेको बताए ।
अहिले समाजवादीहरूको बृहत्तर मोर्चा बनाउने र अर्कोतिर वामपन्थीहरूको एकताको विषयमा छलफल भइरहेको उनको भनाई थियो ।
नयाँ परिस्थितिमा कम्युनिष्ट आन्दोलन अगाडि बढाउने जमर्को गरिरहेको प्रधानमन्त्रीको भनाई छ ।
गठबन्धन सरकार गठन भएदेखि नै सुशासन र जनताले महसुस हुने गरी काम गरिरहेको उनले बताए ।
सुशासनका लागि भ्रष्टाचारका विरुद्ध संघर्ष गर्नुपर्छ भन्ने निष्कर्षका साथ दृढताका साथ अगाडि बढेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।