© २०२३
बुटवल,३० जेठ । विद्यार्थी संगठनले काठमाडौंका तीन वटा विद्यालयमा लगाएको ताला काठमाडौं महानगरपालिकाले फोडेको छ ।
अनेरास्ववियु क्रान्तिकारी काठमाडौं जिल्ला समितिले आइतबार काठमाडौंको संस्कृत माध्यामिक विद्यालय, वृहस्पति माध्यामिक विद्यालय र युलेन्स स्कुलमा विद्यार्थी संगठनले लगाएको ताला फोडिएको महानगर प्रहरीले फोडिदिएको हो ।
छात्रवृत्ति विवरण, शुल्क स्वीकृति विवरण, कर्मचारीको पारिश्रमिक विवरण लगायतका माग राखेर ती विद्यालयहरुमा ताला लगाएको थियो ।
महानगरका मेयर बालेन्द्र बालेनसाहले बालबालिका पढ्ने ठाउँमा ताला लगाउनु अपराध भएको भन्दै ताला फोड्न निर्देशन दिएका थिए ।