© २०२३
नेकपाको प्रदेश ५ संसदीय दलले दाङमा राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिवार मुख्यमन्त्री निवासमा बसेको संसदीय दलले उक्त निर्णय गरेको हो ।
बैठकपछि नेकपा संसदीय दलका प्रमुख सचेतक भुमेश्वर ढकालले दाङमा राजधानी बनाउने बिषयमा मतदान गर्ने निर्णय भएको जानकारी दिए । सबै क्षेत्रका मान्नीयहरुले कुरा राखेपछि उक्त निर्णय भएको उनको भनाइ छ ।
प्रदेश सरकारले निकै मिहिनेतसाथ गरेको अध्ययनपछि केन्द्र तोकिएको र उक्त निर्णय सबै क्षेत्रका जनताको पक्षमा देखिएको हुँदा नेकपाले उक्त निर्णय गरेको प्रमुख सचेतक ढकालले बताए ।
उनले मतदानका लागि सरकारले प्रदेश सभामा पेश गरेको प्रस्तावको पक्षमा मतदानका लागि नेकपाले ह्वीप लगाउने बताए ।
चुनावमा तपाइहरुको बुटवललाई राजधानी बनाउने एजेण्डा थियो, त्यो एजेण्डा बिर्सनु भो त ? भन्ने पत्रकारको जिज्ञासामा उनले त्यतिबेला जे भनिएको भएपनि अहिलेको लागि दाङ नै राजधानी उपयुक्त हुने देखिएको त्यस्तो निर्णय गरिएको उनको जवाफ थियो ।