© २०२३
तौलिहवा उद्योग बाणिज्य संघको नयाँ निर्वाचित समितीको पहीलो बैठकले संघको समिती बिस्तार गरेको छ ।
संघका अध्यक्ष गयादीन कुर्मीको अध्यक्षतामा सम्पन्न बैठकले पाँच सदस्यलाई मनोनित गरेको छ । सदस्यमा मनोनित हुनेहरुमा राजेश कुमार उपाध्याय, बासुदेव कान्दु, शान्ता सापकोटा र ओम प्रकाश चौधरी रहेका छन ।
त्यसै गरि एशोसिएटस सदस्य तर्फ रामचन्द्र मुराउलाई मनोनित गरिएको अध्यक्ष गयादीन कुर्मीले जानकारी दिए । यस अघि संघको हालै सम्पन्न छैठौ अधिबेशनबाट एक अध्यक्ष र १३ सदस्य निर्वाचित भएका थिए ।
यसै बिच तौलिहवा उद्योग बाणिज्य संघको नव निर्वाचित समितीलाई कपिलवस्तु नगरपालिकाले शुभकामना तथा बधाई कार्यक्रम आयोजना गरेको छ । संघका अध्यक्ष सहित निर्वाचित सदस्यहरुलाई नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी गुप्ता, प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्य लगायतले बधाई दिएका थिए ।