© २०२३
बुटवल,२८ जेठ । तिलोत्तमा नगरपालिका वडा नं. ८ ले आगामी आर्थिक वर्ष २०८०–८१ को योजना तथा कार्यक्रमका बारेमा वडाभित्रका सरोकारवालासंग छलफल गरेको छ । वडा कार्यालयमा भएको छलफलमा वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले सरोकारवालाको राय सुझाव लिएर त्यसकै आधारमा योजना तथा कार्यक्रम बनाई नगरपालिकामा पेश गर्न छलफल आायोजना गरिएको बताए । उनले वडाका सबै टोल र क्षेत्रलाई न्याय हुने गरी योजना र कार्यक्रम बनाइने तथा सोही आधारमा वजेट निर्माण हुने बताए ।
कार्यक्रममा वडा स्तरीय टोल विकास संस्थाका संयोजक राजुमान गुरुङले भौतिक विकास र मानवीय विकासलाई सन्तुलन मिलाएर योजना तथा कार्यक्रम बनाउनुपर्ने बताए ।
यस्तै वडास्तरीय कृषि सञ्जालका अध्यक्ष गोविन्द गौतम,वास सहकारीका अध्यक्ष खेमप्रसाद गौतम,करहिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हरिलाल पाण्डे,नेपाली कांग्रेसका गंगाराम पाण्डे,नेकपा उमालेका कृष्ण खनाल,माओवादी केन्द्रका टानप्रसाद पाण्डे,राप्रपाका रुक्मागत पाण्डे,राष्ट्रिय जनमुक्तिको प्रेमबहादुर विरकट्टा लगायत आमा समूह,टोल विकास संस्थाका प्रतिनिधिहरुले सुझाव दिएका वडा सचिव शिवु पाण्डेयले बताए ।