© २०२३
काठमाडौं,२८ जेठ । अर्थमन्त्री प्रकाशशरण महतले वजेटमाथि उठेका प्रश्नहरुको आज बस्ने प्रतिनिधिसभाको बैठकमा जवाफ दिने भएका छन् ।
बैठकमा आर्थिक वर्ष २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल जारी रहने छ।
आजको बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले आव २०८०–०८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिनेछन्।
विनियोजन विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ।