© २०२३
बुटवल,२८ जेठ । बुटवल र तिलोत्तमाको सीमा क्षेत्र योगिकुटीमा स्कार्पियो दुर्घटनामा हुँदा एकजनाको ज्यान गएको छ । मृत्यु हुनेमा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ का ३२ वर्षीय विकास श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको बा २० च १४३८ नम्बरको स्कार्पियो आफै अनियिन्त्रत भई विजुलीको पोलमा ठोक्किदा श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा सोही ठाउँमा १७ वर्षीय सुसान श्रेष्ठ, १८ वर्षका विप्लव श्रेष्ठ, ४५ वर्षका सुरेन्द्र श्रेष्ठ, ३१ वर्षका विज्ञान श्रेष्ठ तथा ३५ वर्षका विशाल श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको बुटवल स्थित चौराहा अस्पतालमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।