© २०२३
सल्यानमै पहिलो पटक तिब्र गतीको इन्टरनेट भनेर दाबी गरेको मेटा लिंकले फाइबर तथा वायरलेस प्रविधि मार्फत सेवा विस्तार गरेको छ । र पछिल्लो समय यस जिल्लाका ग्राहकले मेटा लिंकको सेवालाइ रुचाएको मेटा लिंक सल्यान शाखाका अधिकृत सुमन केसीले जानकारि दिए । जिल्लाको सदरमुकाम खलंगा र श्रीनगरमा फाइबर विछ्याएर एफटीटीएच सेवा दिइएको र कपुरकोट गाउँपालिकाको रीममा वायरलेस टावर राखेर पनि इनटरनेट सेवा दिइरहेको उनले जानकारि गराए । शाखा अधिकृत केसीले भने, ‘फाइबर केबुलबाट अन्य इन्टरनेटको तुलनामा राम्रो गतीको इन्टरनेट सेवा दिएका छौँ । न्युनतम पाँच एमबिपीएस देखि माथी ग्राहकको माग अनुसार इन्टरनेट एक्सेस लिन सकिन्छ ।’
फाइबरबाट लान्ती, लुहाम तथा कपुरकोट सम्म सेवा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए । डेढ महिला अघिबाट सल्यानमा सेवा विस्तार गरेको मेटा लिंकको फाइबरबाट सेवा लिने ग्राहक अहिले करिव ५० पुगेको केसीले बताए ।
यस्तै वायरलेस प्रविधिबाट अहिले सल्यानको त्रिवेणी र कपुरकोट गाउँपालिका तथा रोल्पाको त्रिवेणी गाउँपालिकाका सरकारि तथा गैर सरकारि संघसंस्था, कार्यालय वा व्यक्तिले सेवा लिन सक्ने छन् । मेटा लिंकले अहिले सरकारि कार्यालयका लागी कर्पाेरेट प्याकेज, बैंकहरुका लागी डेडिकेटेड प्याकेज र सर्वसाधारणका लागी होम प्याकेज ल्याइएको बताए ।