ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक
मुख्य समाचार

स्वास्थ्य बीमामा घटेन सास्ती

लुम्बिनी प्रदेशमा १० लाख बीमाको पहुँचमा छन्, तर बीमा बापत उपचार गराउँदाको सास्तीको कारण मानिस अर्को पटक उपचार गराउन नै नजाने गरेको बताईन्छ । स्वास्थ्य बीमा बोर्डले १ हजार १ सय १३ प्रकारका औषधी बीमितले निःशुल्क पाउने व्यवस्था गरेको भएपनि सबै औषधी पाउन मुस्कील छ ।
१९ जेष्ठ २०८०, शुक्रबार
१९ जेष्ठ २०८०, शुक्रबार

बुटवल,  जेठ - नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले लागू गरेको बीमा कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा १० लाख बढि आवद्ध भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । जसअनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा सबैभन्दा बढि बिरामीहरूले स्वास्थ्य बीमा बापत सेवा लिएका छन् ।
स्वाथ्य बीमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक साउदका अनुसार बीमा गराउने महिलाको संख्या ५ लाख २६ हजार ७ सय ३३ जना र पुरुषको संख्या ४ लाख ८६ हजार १ सय ५२ जना रहेका छन् । अन्य लिंङ्ग १ सय १३ जनाले प्रदेशभरमा स्वास्थ्य बीमा गराएका छन् । लुम्बिनी प्रदेशमा कुल १० लाख १२ हजार ९ सय ९८ जनाले स्वास्थ्य बीमा गराएको साउदको भनाइ रहेको छ ।
प्रदेशमा सबैभन्दा बढि रूपन्देही जिल्लामा १ लाख ४० हजार ९५ जना, सबैभन्दा कम रुकुम पूर्व रहेका छन् । जसमा जम्म ७ हजार ७ सय ८५ जनाले मात्रै स्वाथ्य विमा गराएका छन् । स्वास्थ्य बीमा बोर्ड र सेवा प्रदायक स्वास्थ्य संस्थाले गरेको सम्झौता अनुसार सयममा नै सेवा प्रवाह नगर्दा सेवाग्राहीहरू भने स्वाथ्य बीमा बाट आजित भएका छन् ।
स्वास्थ्य बीमाको लागि छुट्टै लाईन बस्नुपर्ने, सुरुदेखि नै बीमा सम्बन्धी कागजात जम्मा गर्नुपर्ने, समयमा नै भनेको औषधी नपाईने कारणले गर्दा बीमा प्रति सर्वसाधारणको आकर्षण बिस्तारै घट्दै गएको हो ।
नेपाल सरकार स्वास्थ्य बीमा बोर्डले १ हजार १ सय १३ प्रकारका औषधी बीमा बापत निःशुल्क उपलब्ध गराउँदै आएको छ । तर स्वास्थ्य सेवा प्रदायक सरकारी स्वास्थ्य संस्था तथा नीजि स्वाथ्य संस्थाहरूले समयमा नै औषधी खरिद नगर्दा वा भएको औषधी समेत सेवा ग्राहीलाई नदिँदा स्वास्थ्य बीमा प्रति सेवाग्राहीहरूको आकर्षण घट्दै गएको हो ।
स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश प्रमुख जनक साउदले सेवा प्रदायक संघ संस्था र सेवाग्राही (बीमित) ले सेवा सहज रूपमा पाए वा नपाएको विषयमा विभिन्न समयमा अनुगमन गर्दै आएको बताउँछन् । उनले सेवाग्राहीले सहज रूपमा सेवा नपाएको, औषधी समेत नपाएको गुनासो बीमा बोर्डमा समेत आएको बताउँदै उनले यसको लागि अधिकतम सहजता ल्याउनको लागि सेवा प्रदायक स्वाथ्य संस्था संग पटक पटक छलफल गरिएको बताए । उनले भने–‘यो विषयमा सेवा प्रवाहको विषयमा गुनासो धेरै आएका छन्, हामी अधिकतम सेवा प्रवाहका लागि निकाय संगै पटक पटक छलफल तथा अनुगमन गर्ने गरेका छौं ।’
समयमा सेवा प्रवाह नभएको वा विमितले औषधी नपाएको विषयमा बीमा बोर्डले अनुगमन गर्ने । बढि खपत हुने औषधीलाई पहिला नै बढि मात्रामा खरिद गरी स्टक राख्नको लागि समेत पटक पटक आग्रह गर्दै आएको बोर्डका प्रदेश संयोजक साउदको भनाइ छ । यद्यपी यसको पूर्ण कार्यान्वयन भने भएको पाइएको छैन ।
स्वास्थ्य बीमा नियमवाली –२०७५ अनुसार ६ प्रकारका व्यक्तिहरूलाई स्वाथ्य विमा निःशुल्क गरेको छ । पूर्ण रूपमा निःशुल्क बीमा हुनेहरूमा ७० वर्ण भन्दा माथिका जेष्ठ नागरिक, रातोकार्ड अंकित अपाङ्गता भएका (क) बर्गका व्याक्ति, एमडिआर टीबी भएका व्याक्ति र परिवार, एचआईभी संक्रमित र परिवारको सदस्य, कुष्टरोग प्रभावित परिवार, अति गरिबीको परिचय पत्र भएका व्याक्तिहरू र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको लागि ५० प्रतिशत बीमा शुल्क मिनाह गरिएको छ ।
प्रदेशका सरकारी, सामुदायिक स्वाथ्य संस्थाको अलवा २ वटा नीजि अस्पतालमा समेत स्वाथ्य विमा कार्यक्रम लागू गरिएको छ । भैरहवामा रहेको युनिर्भसल मेडिकल कलेज तथा शिक्षण अस्पताल, देवदहमा रहेको देवदह मेडिकल कलेज तथा रिसर्च सेन्टरमा स्वथ्य बीमा लागू गरिएको छ ।
स्वाथ्य विमा १ बर्षको लागि हुन्छ । जसमा ५ जनाको परिवार बरावर एक बर्षमा ३ह जार ५ सय रूपैयाँ तिरेमा विमा हुन्छ । जसमा ५ जना भन्दा बढि व्याक्ति भएमा थप ७०० रूपैयाँ लाग्ने गर्दछ । एब बर्षको लागि ५ जना परिवारको व्याक्तिहरूले ३ हजार ५ सय रूपैयाँ तिरेर विमा गर्दा एक बर्षको अवधीमा १ लाख रूपैयाँ सम्मको औषधी उपचार खर्च निःशुल्क पाउँछन् भने ५ जना भन्दा माथिको परिवारले प्रति परिवार ७ सय थप गर्दा एक बर्षमा २ लाख रूपैयाँ बराबरको उपचार खर्च स्वाथ्य बीमा बापत निःशुल्क प्राप्त गर्ने प्रवधान रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?