ट्रेंडिंग:

>> साइबर अपराधको आरोप लागेका दुर्गा प्रसाई पक्राउ >> कांग्रेसको व्यवसायिक सिप विकास विभागमा १० सदस्य मनोनित >> सुर्खेतमा सुपथ मूल्य पसल सञ्चालन >> नेप्सेमा ११ अंकको वृद्धि, ५ अर्बको कारोबार >> प्रधानमन्त्री ओली र मोदीबीच भेटवार्ता हुदै >> पहिलो चरणमा श्रीलंकाको राष्ट्रपतिमा पुगेन बहुमत, अब के हुन्छ ? >> बाहिरियो आईफोन १६ को ब्याट्री विवरण, प्रो म्याक्सको क्षमता ४६८५ एमएएच >> सुदूरपश्चिमको बजेट बहुमतले पारित >> नेपालको अर्थतन्त्र सुधार हुँदैछ- आइएमएफ उपनिर्देशक >> जनमोर्चाले सङ्घीयता विरोधी आन्दोलन गर्ने >> पाल्पाको नुवाकोटगढीमा रोटरी क्लव अफ बुटवल चौतारीको बैठक >> बंगलादेशविरुद्ध भारत २८० रनले विजयी >> प्रविधिसँग जोडेर बाढीसम्बन्धी पूर्वसूचना सटिक रुपमा दिन सकिछ- मन्त्री पाण्डे >> नवआगन्तुक कार्यालय प्रमुखहरु भन्छन्–राम्रो काम गर्नेहरु डराउनुपर्दैन >> मोदी र बाइडेनबीच भेटवार्ता >> सुनको मुल्य अहिलेसम्मकै उच्च >> रूपन्देही मैथिली समाजको सामूहिक जीतिया पर्व >> तिलौराकोट –लुम्बिनी बोधिबृक्ष कोरिडोर पदयात्रा >> गुजरातबाट किशोरीको उद्वार >> स्वास्थ्य संस्थामा सिकाइ >> मृत्युको तयारी अर्थात् जीवन ज्यूने कला >> पालिकाले बनायो १५ शैय्याको अस्पताल, छैन दरबन्दी >> जलवायु परिवर्तन सामना गर्न सामुदायिक सशक्तिकरण >> बुटवल–नारायणगढ सडक आयोजना प्रमुखलाई टेर्देन ठेकेदार >> पितृश्राद्ध एक चर्चा : किन गर्नुपर्छ श्राद्ध ? >> आर्थिक अनुशासन र मितव्ययिता कायम गर्न कठोर बन्दै लुम्बिनीका मुख्यन्त्री, कर्मचारी तहमा १४ बुँदे निर्देशन >> विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै >> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण

नेपाल स्काउटलाई सामाजिक उत्तरदायित्व वहन गर्न पूर्वमुख्यमन्त्री गिरीको आग्रह

१७ जेष्ठ २०८०, बुधबार
१७ जेष्ठ २०८०, बुधबार

बुटवल, १७ जेठ ।

लुम्बिनी प्रदेशसभा सदस्य तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले मुलुकमा अहिले राजनैतिक बिचलन भएको बर्तमान अवस्थामा नेपाल स्काउटले सामाजिक क्षेत्रमा खेलेको भूमिका सराहनीय रहेको बताएका छन् ।

नेपाल स्काउट लुम्बिनी प्रदेशले आयोजना गरेको ५४ औं उड्व्याज तथा ४५औं गर्ल एड्भान्स तालिमको बुधबार बुटवलमा उदघाटन गर्दै नेता गिरीले समुदायमा रहेका युवा तथा बालबालिकाको सामाजिक, मानसिक तथा शारीरिक तवरले राष्ट्रनिर्माणका लाग्न सक्ने जनशक्ति तयार गर्न सक्षम रहने बताए ।

नेता गिरीले स्काउटले बालबालिकाहरुमा सानै उमेरदेखि साहसिक क्रियाकलाप, विपद् व्यवस्थापन र सामुदायिक कार्यमा लाग्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उच्च प्रशंसा पनि गरे । देशलाई समस्या परेका बेला उद्दार, राहत लगायतका कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिंदै आएको उनको भनाई थियो ।

नेपाल स्काउटले वर्तमान समाजमा देखिएको धमिलो वातावरणका विरुद्ध अनुशासित, कर्तव्यनिष्ठ नैतिकवान र असल नागरिक तयार गराई सामाजिक दायित्व पूरा गर्ने नागरिक तयार गर्नमा स्काउट सक्षम रहने गिरीको विश्वास छ ।

उदघाटन कार्यक्रममा नेपाल स्काउट राष्ट्रिय तदर्थ समिति सदस्य तथा राष्ट्रिय प्रशिक्षक विजेन्द्र ध्वजुले राज्यको संघीय संरचना साथै नेपाल स्काउटको संरचनामा पनि ब्यापक परिवर्तन भएको बताए । स्काउट कार्यक्रम एक सामाजिक शैक्षिक कार्यक्रम भएकोले जन प्रतिनिधि, शिक्षासंग सम्बन्धित संघ सस्था, नागरिक समाज लगायतको सहयोगमा दक्ष नागरिक तयार गर्ने लक्ष्य रहेको प्रशिक्षक धोजुले बताए ।

नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिनानाथ भट्टराईले लुम्बिनी प्रदेशमा सन् २०३२ सम्ममा १ लाख ३८ हजार स्काउट सदस्य बनाई एक घर एक स्काउट साथै एक बिद्यालय एक युनिट तयार गरी समाज परिवर्तनमा टेवा पु¥याउने लक्ष्य प्रदेश स्काउट कार्यालय बुटवलले लिएको बताए । उनले यो बर्ष प्रदेशका १२ वटै जिल्लामा गरि जम्मा ८ सय ४५ जनालाई बि.टि.सी. र पि.टि.सी. तालिम दिइएकाृ सो को आधारमा सदस्यता बृद्धि अभियानलाई तीब्रता दिने बताए । उनले आगामी दिनमा प्रदेश स्तरीय क्याम्प संचालन गरी स्काउटका क्रियाकलापलाई अगाडि बढाउने बताए ।

यही जेठ १६ देखि २२ गतेसम्म चल्ने आवासीय तालिममा लुम्बिनी प्रदेशका १२ जिल्ला साथै बाग्मती प्रदेश, र गण्डकी प्रदेशका गरी जम्मा ४५ जना मध्ये २६ जना पुरुष र १९ जना महिला सहभागी रहेको स्काउट लुम्बिनी प्रदेश कार्यालय प्रमुख तारा पुरीको भनाइ थियो । यसै अवसरमा लुम्बिनी प्रदेश संयोजक भट्टराई र पवन कोइरालाले गिलविल स्कार्फ र उडब्याज प्राप्त गरेका थिए । कार्यक्रमको सहजीकरण स्काउटका प्रदेश कार्यालयका प्रमुख तारा पुरीले गरेका थिए ।

के हो नेपाल स्काउट ?

नेपाल स्काउट २००९ सालमा स्थापना भएको नेपालकै पुरानो मध्येको जेठो संस्था हो । आफ्नै उद्देश्य, मुल्य र मान्यता भएको यो अन्तर्राष्ट्रिय कार्यक्रमका पुरुष विभाग र महिला विभाग गरी संसारभर दुई शाखा छन् । हाल विश्वका १७० देशमा ब्वाय र १५० देशमा गर्ल स्काउट राष्ट्रिय संस्थाहरु छन् । विश्वभर यी संस्थाका पाँच करोड व्याय स्काउट र एक करोड गर्ल स्काउट सदस्यहरु रहेको बताइन्छ ।
स्काउट संस्था विश्वकै सबैभन्दा बढी बालबालिका, युवायुवती संलग्न रहेको संस्था हो । विधान, नियम र व्यवस्थाहरु सरकारले निर्धारण गरेको यो संस्था शुरुदेखि नै स्वयमसेवीहरुबाट संचालित छ । यसका विधान, नियम, विनियमहरु समयानुकुल आवश्यकता अनुसार संशोधन एवं परिमार्जित हुँदै आएका छन् ।

यस्ता छन् नेपाल स्काउटका उद्देश्य

(क)विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउँदै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने । (ख)बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने । (ग)दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।

(घ)सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने । (ङ)समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने । (च)स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोग सम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?