© २०२३
सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गरेको छ। शैक्षिक सत्र वैशाखबाट सुरु हुने भए पनि कोरोनाका कारण हालसम्म नयाँ भर्ना समेत खुल्न सकेको छैन्।
मन्त्रिपपरिषद्को सोमबारको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि बन्द राख्ने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए। सरकारको यो निर्णयसँग शैक्षिक संस्था भदौ १५ पछि खुल्छ कि भन्ने आशा हराएको छ ।
साउन ५ गतेको मन्त्रिपरिषद्ले शैक्षिक संस्थामा नयाँ भर्ना, सेमिनार, पार्टी प्यालेस, सैलुन र पुस्तकालय भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो।
कोरोनाको संक्रमणदर झन बढ्दै गएको भन्दै सरकारले ‘सरकारी तथा गैरसकारी संस्थामा ५० प्रतिशत कर्मचारीमात्रै कार्यालयमा आउने र बाँकीले घरबाटै काम गर्ने व्यवस्था गर्न भनेको छ।
सरकारका प्रवक्ता खतिवडाका अनुसार लामो, मध्यम र छोटो दूरीका अन्तर जिल्ला यायायात भदौ १६ गतेदेखि खुल्ने छ। सरकारले यसअघि यी सेवा पनि भदौ १ गतेदेखि खोल्ने निर्णय गरेको थियो।