ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

न्यायिक समितिमा जग्गा विवादका उजुरी धेरै

६ जेष्ठ २०८०, शनिबार
६ जेष्ठ २०८०, शनिबार

बुटवल, ६ जेठ ।

स्थानीय तहको न्यायिक समितिमा आउने उजुरी फरकफरक प्रकृतिका रहेका छन् । रुपन्देहीका धेरैजसो पालिकामा अन्य उजुरीको तुलनामा जग्गाविवादका उजुरी धेरै आउने गरेका छन ।

यसैबीच रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा पनि जग्गा विवादका उजुरी अरु विवादको तुलनामा धेरै छन् । आर्थिक बर्ष २०७९ ÷८० को ११ महिनामा नगरपालिकाको मेलमिलाप केन्द्रमा २१ वटा जग्गा विवादका मात्रै उजुरी दर्ता भएको नगर उप–प्रमुख एवं समिति संयोजक उमा अधिकारीले बताईन् ।

त्यसैगरी न्यायिक समितिमा भने अघिल्लो आर्थिक बर्षमा बाँकी रहेका १३ उजुरी र नयाँ आर्थिक बर्षको ११ महिनामा आएका २८ गरी जम्मा ४१ उजुरीे परेका छन् । समितिले शुक्रबारसम्म २८ वटा विवादको निरुपण गरेको समिति संयोजक अधिकारीले जानकारी दिईन् । विवाद अन्तर्गत ८ वटा दुईपक्षबीचको सहमतिबाट निरुपण भएको र २० वटा विवाद न्यायिक समितिको छलफलबाट निरुपण गरिएको समिति संयोजक अधिकारीले जानकारी दिइन् । बाँकी १३ वटा छलफल प्रक्रियाको क्रममा रहेका छन् ।

“अन्य विवादहरु स्वतस्फुर्त रुपमा आउने गरे पनि घरेलु हिंसाका मुद्दा भने कमै मात्रामा आउने गरेका छन्”–अधिकारीले भनिन्, “हिंसाको केश दर्ता गर्ने बित्तिकै भोली भरणपोषण र परिवारमा फर्किएर संरक्षण सहितको दैनिक जनजिवन सहज हुँदैन भन्ने डरले पनि घरेलु हिंसाका घटना कम दर्ता हुने गरेका छन् ।”

सिद्धार्थनगर नगरपालिकामा न्यायिक समितिमा पारिवारिक समस्या समाधान ४ वटा, इज्जत अनुसार खान लाउन र शिक्षा पाउँ भनी ३ वटा, इज्जत सहितको मानाचामल भरी पाउँ ३ वटा, लेनदेन सम्बन्धी ५ वटा, गाली बेइज्जती १ वटा, कुटपिट १ वटा , सामान सहित भाडा दिलाई पाउँ १ वटा, ठेक्का रकम दिलाई पाउँ २ वटा सम्झौता कार्यान्वयन गरी पाउँ २ वटा, क्षतिपूर्ति रकम दिलाई पाउँ १ वटा, रकम दिलाई पाउँ १ वटा, जग्गा कब्जा खाली गराई पाउँ ३ वटा, निजी जग्गामा निर्माण भएको बाटो भत्काई पाउँ १ वटा उजुरी परेको न्यायिक शाखा समितिका कर्मचारी साधना पोखरेलले जानकारी दिईन् ।

सिद्धार्थनगर नगरपालिकामा रहेका १३ वटै वडामा मेलमिलापकर्ता रहेको पोखरेलले बताईन् । संबिधानको धारा २१७ मा गाउँपालिकामा उपाध्यक्ष र नगरपालिकामा उप–प्रमुखको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति निर्माण गर्ने व्यवस्था छ ।

समितिमा दर्ता भएका उजुरी उपर दुवै पक्षलाई बोलाई छलफल गरी सकेसम्म मेलमिलाप गर्न प्रोत्साहन गरी दुवै पक्षको सहमतिमा मिलापत्र गराइने उप–प्रमुख अधिकारीले बताइन् ।

न्यायिक समितिबाट सकेसम्म मिलाएर दुबैपक्षका कुरा सुनेर छिटो छरितो रुपमा फैसला गर्ने गरेको अधिकारीको भनाई छ ।

न्यायिक समितिलाई आफ्नो क्षेत्राधिकारमा पर्ने विवादको कारबाही र किनारा कानुन बमोजिम र क्षेत्राधिकार बाहेकका मुद्दालाई मेलमिलापको माध्यमबाट मात्र निरुपण गर्ने अधिकार स्थानीय सरकार सञ्चालन ऐनले दिएको छ ।

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमिन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुङ्गो लगाउने गर्दछ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्दछन् । गाउँपालिका तथा नगरपालिकाले न्यायिक समितिबाट मिलापत्र वा निर्णय भएका विवादसँग सम्बन्धित लिखत, मिलापत्र वा निर्णयको अभिलेख व्यवस्थित र सुरक्षित रूपमा राख्नु पर्ने व्यवस्था गरिएको छ ।

समितिले आफूले गरेको कामको वार्षिक विवरण अध्यक्ष वा प्रमुखमार्फत सम्बन्धित सभा (गाउँ वा नगर सभा) मा पेस गर्नुपर्ने हुन्छ । न्यायिक समितिबाट विवादको अन्तिम निर्णय भएको मितिले पैतीस दिनभित्र सम्बन्धित पक्षलाई सो निर्णयको प्रमाणित प्रतिलिपि उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ । साथै न्यायिक समितिबाट भएको निर्णयमा चित्त नबुझ्ने पक्षले निर्णयको जानकारी पाएको मितिले पैतीस दिनभित्र सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?