ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
स्थानीय सरकार

लमही सरकारः हरियाली बनाएन ‘गन्हाउने बनायो’

२ जेष्ठ २०८०, मंगलवार
२ जेष्ठ २०८०, मंगलवार

लमही, जेठ-  स्थानीय तहले फोहोरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गरेका छैनन् । फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५० ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले फोहोरमैला व्यवस्थापन नियमावली २०७० जारी गरे पनि कार्यान्वयन नहुँदा स्थानीय तहले फोहोरलाई बाटो तथा सामुदायिक वनमा लगेर फाल्ने गरेको पाइएको छ ।
दाङको लमहीमा रहेको अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको छ । पूर्वपश्चिम राजमार्ग लमही बजारसंग जोडिएको अजम्मरी सामुदायिक वन क्षेत्र दुर्गन्धित बनेको हो । लमही बजार क्षेत्रका फोहोर लमही नगरपालिकाले जथाभावी वन क्षेत्रमा फाल्नाले स्वच्छ वातावरण मानिने क्षेत्रमै दुर्गन्ध बढेको छ ।
बिहानको समयमा लमही नगरपालिकाको केही ट्याक्टरबाट अजम्मरी सामुदायिक वन क्षेत्रमा घर, मासु पसल, सैलुन पसल, मेडिकलबाट निस्किने फोहोर जथाभावी फ्याँकिएका छन् । त्यसैगरी, रक्सीका बोतल, मेडिकलमा प्रयोग भएका सुई, सीसी, बोतल जथाभावी फालिएका देखिन्छन् ।


लमही नगरपालिकाले बजार क्षेत्रको फोहोर जथाभावी फाल्ने गरेका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा दुर्गन्ध बढेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन रिजालले बताए । सामुदायिक वनमा फ्याँकिएकोे फोहोरको दुर्गन्धका कारण आसपास बस्न सनमेत समस्या भएको उनले वताए ।
उनि भन्छन, वन उपभोक्ता समूहद्धारा जैविक विविधिता ग्रिन पार्क संचालन गरेका छाँै । उक्त पार्क देखि करिब पाँचसय मिटर पश्चिम तर्फ लमही नगरपालिकाले बजार क्षेत्रभित्र निस्कने फोहोर जथाभावी रुपमा फाल्ने गरेको छ । सामुदायिक वनमै पर्यटकीय आकर्षणको पार्क रहेको छ र पार्कमा घुम्न आउने पर्यटकहरुले समेत गुनासो पोख्ने गरेका छन् ।’ लमही नगरपालिकाले अजम्मरी सामुदायिक वन क्षेत्रभित्र गल्ने र नगल्ने फोहोर छुट्याउनका लागि भवन निर्माण गरेको छ । तर ती भवन संचालनमा आएको छैन, अलपत्र परेको छ । भवनले राम्रो स्याहार सुसार नपाउदाँ भवन दिनप्रतिदिन जीर्ण बन्दै गएको छ ।


हरियाली भएको वन क्षेत्र वातावरणीय हिसाबले राम्रो मानिदै आए पनि लमहीलाई सुन्दर बनाइएका सामुदायिक वनहरु भने फोहोर फाल्ने ‘डम्पिङ् साइट’ बनेको अध्यक्ष रिजालले गुनासो गरे । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष रवि श्रेष्ठले लमही नगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐनको कार्यान्वयन गर्न आवश्यक रहेको बताए । यता वनका कोषाध्यक्ष तेजबहादुर विकले वन क्षेत्र नै कुरुप हुने गरी फोहोर फाल्ने कार्य भइरहदा सम्बन्धित निकायको ध्यान नपुगेको गुनासो गरे ।
लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)ले अजम्मरी सामुदायिक वन क्षेत्रमा फालिने फोहोर पुनः निस्केर बजारमा आउने भएको कारण फोहोर फाल्ने ठाउँ उपयुक्त नरहेको बताउदै बस्तीदेखि केही टाढा फोहोर फाल्नु पर्ने बताए । अहिले फोहोर जथाभावी फालिदैँ आएको ठाउँको विकल्प खोज्नु पर्ने देखिएको छ । बजार क्षेत्र वा अन्य क्षेत्रबाट निस्किएका विभिन्न किसिमका फोहोर जथभावी वन क्षेत्रमा फाल्न नमिल्ने डिभिजन वन कार्यालय दाङ (देउखुरी) का डिभिजनल प्रमुख राजु क्षेत्रीले बताए । अजम्मरी सामुदायिक वनले लिखित कार्वाहीको सहयोगको माग गरेमा वन ऐन अन्तरगर्त कडा कार्बाही हुने पनि क्षेत्रीले वताए । देउखुरी क्षेत्रका सामुदायिक वनमा फोहोरले गर्दा वन क्षेत्र दुर्गन्धित बनेको लिखित रुपमा जानकारी हामीसम्म आइपुगेको छैन । जे भए पनि त्यसरी फोहोर फाल्न चाहिँ मिल्दैन, उनले भने ,–।
‘कुनै सामुदायिक वनमा कसैले जथाभावी फोहोर फालेको छ भने डिभिजन वन कार्यालय दाङ (देउखुरी)मा पत्रचार गरोस्, तत्कालै नियन्त्रणमा लिन्छाँै क्षेत्रीले भने ।’जोगराज लमही नगरपालिकाका मेयर जोगराज चौधरीले सामुदायिक वनमा फोहोर फाल्नु रहर नभएर वाध्यता भएको वताए । उनले फोहोर मैला व्यवस्थापनका लागि वजेट आउने फ्रिज हुने गरेको वताए । नगरपालिकाको स्वामित्वमा जग्गा नहुदा समस्या परेको वताउदै विकल्पको खो िज गर्ने वताए ।
फोहोरमा लगाइएको आँगोको झिलिङ्गोले लाग्छ वनमा डढेलो
लमही नगरपालिका अजम्मरी सामुदायिक वनको केही भागलाई डम्पिङ् साइडको रुपमा प्रयोग गर्दै उक्त क्षेत्रमा जथाभावी फोहोर फाल्दै आएको छ । अजम्मरी सामुदायिक वनले पटक–पटक पत्रचार गरेता पनि नगरपालिकाले अटेरी गर्दै जथाभावी फोहोर फाल्ने गरेको हो । डम्पिङ् साइड फोहोरमा लगाइएको आँगोको झिलिङ्गोका कारण अजम्मरी सामुदायिक वन क्षेत्रमा प्रत्येक वर्ष डढेलो लाग्ने गरेको छ । वनमा लागेको डढेलो नियन्त्रणमा लमही नगरपालिकाले कुनै चासो नदिदा प्रत्येक वर्ष कयौँ वन्जन्तु, वनमा वृक्षारोण गरिएका बोट विरुवाहरु मासिदै गएका छन् । फोहोरमैला व्यवस्थापनका लागि छुट्टै नियमावली बनाउनुपर्ने भए पनि स्थानीय तहहरुले त्यसतर्फ ध्यान नदिँदा ठूला भनिएका सबै शहर दुर्गन्धित बन्दै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?