© २०२३
थाईलैण्डको फुकेटमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगितामा बुटवलकी ६ वर्षिय प्रविष्ठी चन ठकुरीले भाग लिने भएकी छिन । किड्स डान्सिङ्ग आईकल सिजन ३ बिजेता हुदै प्रविष्ठीचन ठकुरीले प्रिन्स प्रिन्सेस ईन्टरनेशनल प्रतियोगितामा भाग लिने भएकी हुन ।
प्रतियोगिताको मिनि मिस ईन्टरनेशनल ईभेन्टमा नेपालबाट ठकुरी एकमात्र सहभागि भएको साधना सास्कृतिक कला केन्द्रका अध्यक्ष अनु रजकले बुटवलमा पत्रकार सम्मेलन गरि बताए । बुटवलमा आयोजना गरिएको प्रतियोगितामा विजेत बनेकी उनमा धेरै प्रतिभाहरु भएको अध्यक्ष रजकको दाबी छ ।
अन्तराष्ट्रिय प्रतियोगितामा भागलिने पक्का भएपछि भर्खरमात्र ११ दिन काठमाण्डौमा अन्तराष्ट्रिय कोरियोग्राफर रोजिन शाक्यबाट तयारी कक्षाहरु दिईएको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै ठकुरीले आफु अन्तराष्ट्रिय मञ्चमा उत्कृष्ट प्रदर्शन गर्ने बताईन । ‘धेरै कुराहरु सिक्ने अवसरहरु पाएको छु ।’– उनले भनिन । ¥याम्प वार्क, बक्तृत्व विकास भएको उनले बताईन । अक्सफोर्ड स्कुलको कक्षा २ मा अध्यनरत ठकुरी भालुवाङ्ग स्थाई घर भई सुख्खानगरमा बसोबास गर्छिन । उनले प्रतियोगितामा ट्यालेन्ट राउण्ड हुदै स्कुल ड्रेस सिक्वाईन्स र कल्चर ड्रेस सिक्वाईस, टेन्टागाउन सिक्वाईन्स लगायतमा आफनो प्रतिभालाई प्रस्तुत गर्ने छिन । प्रतियोगितामा कुल ३ लाख १५ हजार खर्च हुनेमा कला केन्द्रले २ लाख ब्यहोर्ने समेत अध्यक्ष रजकले बताए ।
प्रतियोगितामा विभिन्न ४० राष्ट्रबाट १ सय २५ जनाले प्रतिस्प्रर्धा गर्ने छन । जसमा मिनि, लिटल र टिन गरि प्रतियोगिताको ईभेन्टमा नेपालबाट ६ जनाले भाग लिने भएको छ ।
प्रिन्स प्रिन्सेस ईन्टरनेशनलको आयोजनामा थाईलैण्डको फुकेटमा साउन ९ गतेदेखि १४ गतेसम्म हुने छ । विद्यालयका प्राचार्य दिनेश भुषालले बिधार्थीहरुमा लुकेको प्रतिभा प्रस्फुटनका लागि अध्ययनसंगै धेरै रचनात्मक कार्यक्रमहरु गर्दै आएको बताए ।प्रतियोगिताका लागि नेपालबाट मेकअप आर्टिष्ट प्रियन्का थापा छनौट भएकी छिन ।