© २०२३
बुटवल, १ जेठ ।
२०६८ सालको जनगणना अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जनसंख्या १ लाख २३ हजार ८२६ थियो । त्यसको ठिक १० वर्षपछि यहाँको जनसंख्या १ लाख ४९ हजार ६५७ पुग्यो । अर्थात समग्र मुलुकको जनसंख्या वृद्धिदर घट्दा तिलोत्तमाको जनसंख्या वृद्धिदर भने करिव साढे साढे २ प्रतिशत पुगेको छ ।
रुपन्देहीका अन्य पालिकाहरुको तुलनामा तिलोत्तमामा बसाइसराईको दर बढ्दा जनसंख्या वृद्धि भएको हो । नगर प्रमुख रामकृष्ण खाँणका अनुसार तिलोत्तमाले अगाडि सारेको दीगो र योजनावद्ध विकासका कारण मानिसहरु बसाईसराई गरी तिलोत्तमा आउने क्रम बढेको छ । “तिलोत्तमा विकसित नगर छ भन्ने भावना आम मानिसमा पलाएको छ, यसका साथै स्वच्छ र सुन्दर नगरको परिचय बनाएका कारण पनि बसाईसराई उच्च हुन पुगेको छ”–नगर प्रमुख खाँण भन्छन् । तिलोत्तमा नगरपालिकामा कुल १७ वडा छन् ।
पछिल्लो १० बर्षमा प्रदेशगत रुपमा सबैभन्दा बढी जनसंख्या बुद्धिदर लुम्बिनी प्रदेशमा रहेको केन्दीय तथ्याड्ढ बिभागले जनाएको छ । २०७८ सालको जनगणना अनुसार प्रदेशगत रुपमा बार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्र्दा बढी लुम्बिनी प्रदेशमा १. २५ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर रहेको छ । यस हिसावले यो प्रदेशमा १० वर्षमा जनसंख्या वृद्धिदर १३.८९ प्रतिशत रहेको छ । अर्थात २०६८ सालको तुलनामा लुम्बिनी प्रदेशमा १० लाख २४ हजार ९ सय ५३ ले बढेको छ
वि.सं. २०७१ सालमा नगरपालिका घोषणा भई २०७४ सालमा जनप्रतिनिधि आएपछि विकासको यात्रामा लम्केको तिलोत्तमाले १५ वर्षे दीर्घकालीन विकासको गुरुयोजना बनाएर अगाडि बढेको छ । तिलोत्तमामा तिनाउ नदीको महत्वपूर्ण सिचाई आयोजनलो कृषि उत्पादनमा समेत सघाउ पु¥यइरहेकाले किसानहरु पनि तिलोत्तमामा बसाइसराई गर्न इच्छुक हुने गरेको स्थानीय इश्वरी भण्डारी बताउँछन् । गुल्मी धुर्कोट वस्तुबाट बसाई सराइ गरेर तिलोत्तमामा आएका भानुभक्त पाण्डे तिलोतमा नगरभित्र बसाई सराई गरेर आउँदाको फाइदाबारे बताउँदै भन्छन्–“सडक, स्वास्थ्य, शिक्षा, सफा सुन्दर वातावरण नै हो ।”
बसाईसराईलाई नियन्त्रण र यसको व्यवस्थापन गर्न नसकिए यसको वातावरणमा समेत दीर्घकालीन असर पर्ने विश्लेषक एवं वातावरणविज्ञ युवराज कंडेल बताउँछन् । “तीव्र गतिमा बसाईसराई हुँदा यहाँ पानीका स्रोतहरु भासिएका छन्, वातावरणीय विनास भएको छ, चापाकलबाट पानी आउन छोडेको छ”–उनले भने ।
बसाईसराईका कारण खेतीयोग्य जमिन घरघडेरीमा परिणत हुँदा कृषि उत्पादनमा ह्रास आइरहेको पनि कंडेलले बताए । तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरीले बसाईसराई तीव्र हुँदै गएपछि तिलोत्तमा नगरपालिकाले यसको व्यवस्थापनका लागि गृहकार्य थालेको बताइन् । “तिलोत्तमामा तीव्र विकास भएर नै मानिसहरुको बसोबासको रोजाई तिलोत्तमा बन्ने गरेको छ, नगरपालिकाले तीव्र बसाईसराईको दर नियन्त्रण र यसको व्यवस्थापनका बारेमा आवश्यक गृहकार्य गरिरहेको छ”–उनले भनिन् ।