ट्रेंडिंग:

>> स्कलर्स होमको ३४औँ स्थापना दिवसमा १२औँ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै >> बाक्लो हुस्सु र शितलहरले ठप्प भयो नेपालगन्ज विमानस्थल >> चुनावको वातावरण बनाउन प्रधानमन्त्री र ३ दलका शीर्ष नेताबीच समझदारी, अर्को छलफल बालुवाटारमा >> राष्ट्रपति–प्रधानमन्त्रीसँग ओली, देउवा र प्रचण्डको साढे २ घण्टा छलफल >> महाधिवेशन केही समय ढिला हुन सक्छ : शेखर कोइराला >> प्रतिनिधिसभा पुनर्स्थापना गर्न कांग्रेससहितका ६८ सांसदको हस्ताक्षर सर्वोच्चमा >> सरिफ हादीको हत्या घटनापछि बंगलादेश र भारतबिच तनाव >> गृहसचिव, आईजी र काठमाडौं सीडीओको स्थानहद फुकुवा >> पार्टीले आधा भन्दा बढी उम्मेदवार युवालाई बनाउने तयारी: वर्षमान पुन >> जन्मदिनको अवसरमा अध्यक्षद्वारा जटिल रोगका बिरामीलाई आर्थिक सहयोग >> जाँचबुझ आयोगले लेखकलाई बयानका लागि पत्र पठायो >> राष्ट्रपतिको पहलमा कार्की, देउवा, ओली र प्रचण्ड पहिलोपल्ट छलफलमा >> झण्डै ४ लाख नयाँ पासपोर्ट विभागमा आइपुग्यो >> सरकारी टोलीले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गर्यो >> अमेरिकामा मेडिकल विमान दुर्घटना, ५ जनाको मृत्यु >> चितवन पुगेपछि रवि लामिछानेले भने: बालेनलाई प्रधानमन्त्री बनाउने छलफलमा प्रवेश गरेका छैनौँ >> पुस १३ गते लुम्बिनी प्रदेश साक्षरता घोषणा हुँदै >> कांग्रेसको प्रश्न: जेठो छोराले नै चुनाव रोक्ने हो भने हाम्रो भूमिका के ? >> राष्ट्रिय परीक्षा बोर्डद्वारा कक्षा १२ को परीक्षा आवेदन फाराम खुला >> सामूहिक गोलीकाण्डपछि अष्ट्रेलियामा बन्दुक कानून कडा हुँदै >> राष्ट्रपतिले बोलाए ३ दलका शीर्ष नेतृत्वलाई छलफलमा >> कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बुधबार बस्दै >> रुख कटान प्रकरणमा राप्ती गाउँपालिकाका जनप्रतिनिधि दोषी ठहर >> बुद्धस्थल तिलौराकोटदेखि काठमाडौं सम्म एसी बसको सेवा सुरु >> न्यानो  कपडा बैंकलाई हस्तान्तरण >> कांग्रेस : क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने सहमति >> राजनीतिक संवाद समितिद्वारा कांग्रेस केन्द्रीय कार्यालयको अनुगमन >> महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा नेपालले पहिलो खेल थाइल्यान्डविरुद्ध खेल्ने >> सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण  >> बढ्दै डिजिटल हिंसा, थपिँदै सामाजिक चुनौती >> ‘म्याद थप्ने खेल अब चाहिँ नहोस्’  >> राष्ट्रबैंकका अनुभवी प्रशासक भट्टराई कार्यकारी निर्देशकमा बढुवा >> स्वदेशी उत्पादनको प्रोत्साहन गर्दै बुटवल औद्योगिक प्रदर्शनी >> देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ? >> रुकुमका ३ जना युवा लागुऔषध सहित  लमहीबाट प्रकाउ >> रवि लामिछाने र बालेनबीच कमलपोखरीमा भेटवार्ता >> सीमा नाकामा मदिरा कारोबारले बढायो अपराध जोखिम >> कालिका मानवज्ञान माविले मनायो ६५ औ बार्षिक उत्सव >> लुम्बिनी प्रिमियर लिग पुस अन्तिम सातादेखि हुने >> दुर्गा प्रसाईंलाई ५ बुँदे पत्र पठाउँदै सरकारले पहिलो पटक भन्यो- राजसंस्था र हिन्दू अधिराज्यबारे जनमत संग्रह ‘तत्काल सम्बोधन गर्नुपर्ने’ एजेन्डा >> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ?
फ्रन्ट पेज

माछामा मन

बिहान उठेदेखि निरन्तर माछाको रेखदेखमा दिन बिताइरहेको भेटिन्छन् कुमार आले । माछालाई दाना खुवाउनेदेखि पानीको तापक्रम र ब्यवस्थापन गर्नु उनको दैनिकी हो । युवाहरू विदेश पलायन हुनु देशको लागि अभिषाप बताउने आले आफ्नै गाउँ ठाउँमा केही गर्नुपर्छ भन्ने हुटहुटीले माछा पालनतर्फ मन लगाएको बताउँछन् ।
३० बैशाख २०८०, शनिबार
३० बैशाख २०८०, शनिबार

बर्दघाट,  बैशाख - कुनै समय खेलकुद क्षेत्रमा जिल्लाको बागडोर सम्हालेका पश्चिम नवलपरासीका कुमार आले पछिल्लो समय मत्स्य ब्यवशायमा होमिएका छन । जिल्ला खेलकुद विकास समितिको ४ वर्षे कार्यकाल सफल सम्पादन गरेका बर्दघाट नगरपालिका वडा नम्बर १३ का आले पछिल्लो समय बायोफ्लेक्स प्रविधिमा आधारित मत्स्य पालनसँगै एकिकृत कृषि फर्म संचालन गरेका छन ।

कुनै समय राजनिती र खेलकुद क्षेत्रमा ब्यस्त रहने आले पछिल्लो समय फर्ममै समय विताउने गरेका छन । बिहान उठेदेखि निरन्तर माछाको रेखदेखमा दिन विताइरहेका छन । आफूले जति ध्यान अन्यले दिन नसक्ने बताउने आले आफैले दाना खुवाउने देखि पानीको तापक्रम र ब्यवस्थापन गरिरहेका छन ।
युवाहरू विदेश पलायन हुनु देशको लागि अभिषाप बताउने आले आफ्नै देशमा आफ्नै गाँउ ठाँउमा केहि गर्नुपर्छ भन्ने मान्यताका साथ एकीकृत कृषि फर्म सुरु गरेको बताउँछन । करिव विगाहा क्षेत्रफलमा मत्स्यपालनबाट ब्यवशाय सुरु गरेका आलेले पछिल्लो समय यस क्षेत्रमै रमाउँदै आएका छन । राजनितिमा समेत सक्रिय आले पछिल्लो समय भने कृषि कर्ममा ब्यस्त रहेका छन ।


भारत मध्य प्रदेशको दतिया भन्ने ठाँउमा माछा विशेषज्ञ जे पी सिँहको सम्पर्कमा पुगी विशेषतः बायोफ्लेक्स प्रविधिमा माछापालन सम्बन्धि तालिम लिएर ब्यवशाय सुरु गरेका उनले सुरुमा बायोफ्लेक्समै आधारित रहेर माछा पालन सुरु गरेको बताउँछन । बैखी माँगुर लगायतका माछा भने उनले जमिनमा नै पालेका छन ।
आफ्नो गाँउठाँउमा काम गर्न हिच्कीचाउने तर विदेश गइ जस्तो सुकै काम गर्न पनि पछि नपर्ने युवाहरूलाई सामान्य लगानी र थोरै पूँजीबाट पनि ब्यवशाय गर्न सकिन्छ भन्ने उदाहरणका लागि पनि आफूले मत्स्य ब्यवशाय सुरु गरेको आले बताउँछन ।
देशको दक्ष जनशक्ति विदेशिदा सरकार पनि रेमिटान्स भित्रिने लोभले दक्ष जनशक्ति युवा विदेसिनेबाट रोक्ने तर्फ उदासिन रहेको उनी बताउँछन् ।
“इच्छशक्ति हुने हो भने नेपालमै पशुपालन, मत्स्यपालन, तरकारी खेती, फलफूल खेती गरेरै मनग्गे आम्दानी गर्न सकिन्छ’ उनको तर्क छ । “नेपाल हरेक खाद्य वस्तुमा परनिर्भर रहेको छ तथापी युवाहरूलाई कृषि वा पशुपालन कर्ममा भएको भविष्यको न त सरकारले नै मार्ग दर्शन गर्न सकेको छ न त युवाले नै यो कुरा स्वीकार गरेको छ’ आले आक्रोस सहित दुखेसो पोख्छन ।


२०७७ सालमा ६ वटा बायोफ्लेक्स टंकी निर्माण गरी मत्स्य ब्यवशाय सुरु गरेका आलेले थप १ वटा सिमेन्ट जुन आर ए एस प्रणालीमा सँचालित टँकी र जमिनमै करिव ६ कठ्ठामा पोखरी बनाइ विभिन्न प्रजातीमा माछा पाल्दै आएका छन । करिव ७ लाखको लगानीबाट सुरु भएको ब्यवशाय अहिले करिव ३० लाखमा पुगेको छ । आलेले आफ्नो फर्मबाट उत्पादित माछा स्थानिय बजार सहित पाल्पा गुल्मी लगायतका स्थानबाट समेत माग हुँदै आएका बताउँछन । तर धेरै टाढाबाट माग हुँदा जिंउदै पुर्याउनु चुनौती रहेको उनले बताए ।

माछापालनबाट आर्थिक रूपमा सफल हुन सकिने उनको भनाइ छ । मत्यपालनमा आउने चुनौतीहरूलाई सामना गर्दै ब्यवस्थापन गर्न सकियो भने १ सय देखी १ सय २० प्रतिशत सम्म नाफा आर्जन गर्न सकिने उनले बताए । विशेषगरी बायोफ्लेक्समा निरन्तर विद्युत आपूर्ति, वाटर पारामिटर मुख्य चुनौती रहेको उनको भनाइ छ ।
देश विकासमा युवाको निकै ठूलो योगदान रहेपनि युवाहरू विदेशिनु दुर्भाग्य रहेको आलेको ठम्याइ छ । आफ्नै देशमा कुनै ब्यवशाय गर्छु भन्ने युवालाई राज्यले सहज लगानीको वातावरण मिलाउन नसक्दा युवाहरूमा नैराष्यता छाएको उनको तर्क छ । राज्य सँचालनको जिम्मा लिएका नेतृत्वहरूले भाषणमा युवाहरूलाई प्राथमिकतामा राखी उनीहरूलाई स्वदेशमै रहने वातावरण मिलाइनेछ भन्ने गरेपनि ब्यवहारिकता भने नितान्त फरक रहेको उनको बुझाइ छ ।


कृषि क्षेत्रमा युवा आकर्षित हुने कार्यक्रम सरकारको प्राथमिकतामा नपरेको उनी बताउँछन । कृषिमा युवालाई आकर्षित गर्न सरकार असफल छ कसैगरी युवा आकर्षित भएको कृषिमा केहि गर्छु भन्ने सोंचका साथ अघि बढन खोजे पनि स्थानिय निकाय वा प्रदेश सरकारले दिने सुविधा कृषि कर्म गरेका किसानले भन्दा पनि पहुँचवालाहरूले नक्कली फर्म दर्ता गरी वा पहुँचको आधारमा अनुदान लिने गर्दा वास्तविक कृषकलाई कृषिप्रति नै वितृष्णा जागेको उनी बताउँछन । राजनितीमा जिल्ला स्तरिय नेतृत्व वहन गरेका आले कुनै समय खेलक्षेत्रमा परिचित नाम हो । खेलक्षेत्रमा पछिल्लो समय थोरै र मत्यपालनमा धेरै समय दिँदै आएका उनले आफ्नो कार्यकाल अविष्मरणिय रहेको बताउँछन । आफूले जिल्लाको नेतृत्व लिइरहेको बेला नवलपरासी जिल्लालाई कबड्डीमा नेशनल च्याम्पीयन बनाएको र राष्ट्पति रनिङ शिल्डको क्षेत्रिय प्रतियोगितामा द्धितिय स्थान हासिल गर्दाको क्षण कहिल्यै नभुल्ने उनी बताउँछन । राजनिती, खेलकुद र कृषि पेशा (मत्स्यपालन) लाई अहिलेसम्म साथसाथै हिँडाएका आलले युवा विदेश पलायनबाट रोक्न ब्यवशाय नै आवश्यक रहेको समेत बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?