ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

तानसेनको बजेट ८० करोड

६ श्रावण २०७५, आईतवार
६ श्रावण २०७५, आईतवार

तानसेन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि ८० करोड १३ लाख १० हजार बराबरको बजेट पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । नगरपालिकाले सामाजिक विकासलाई प्राथमिकता दिर्दै नगरपालिकाको बैठकले यस अघि बजेट पारित गरे पनि पत्रकार सम्मेलन गरी बजेटका बारेमा जानकारी गराएको छ ।

नगरपालिकाले आन्तरिक आयबाट ५ करोड ४८ लाख ४० हजार, नेपाल सरकारबाट प्राप्त वित्तिय सामानिकरण अनुदानबाट १४ करोड ६६ लाख, राजस्व बाँडफाडबाट ८ करोड ७८ लाख १२ हजार, प्रदेश सरकारबाट प्राप्त निशर्त अनुदानबाट ४८ लाख, प्रदेश सरकारबाट राजस्व बाँडफाड अन्र्तगत ९७ लाख ८ हजार, अनुदान तथा ऋण १ करोड ५० लाख, २०७४÷ ०७५ को नगद मौज्दात ४ करोड ८६ लाख, निसर्त तर्फ कुल आय ३६ करोड ७३ लाख ६ हजार, सशर्त अनुदान तर्फ नेपाल सरकार सामानिकरण अनुदान ३० करोड २५ लाख, प्रदेश सरकारको सशर्त अनुदान आय तर्फ ७५ लाख , सामाजिक सूरक्षा कार्यक्रम ७ करोड ५० लाख लगायत गरी कुल बजेट सार्वजनिक गरेको नगरपालिकाले जनाएको छ ।

बजेट सार्वजनिक गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत .किर्तनराज पौड्यालले आर्थिक वर्षको चालु खर्च तर्फ ४७ करोड ५९ लाख ३२ हजार २ सय २१ जसमा कुल चालुको ५९.४० प्रतिशत रहेको छ भने पूँजीगत तर्फ ३२ करोड ५३ लाख ७७ हजार ७ सय ७९ जसमा कुल पूँजी ४०.६० प्रतिशत रहेको बजेट ल्याएको बताए । नगरपालिकाकले आर्थिक वर्षको बजेटमा सामाजिक विकासमा बढी रकम विनियोजन गरेको छ ।
जसमा नगरपालिकाले आर्थिक विकासमा ७ करोड ६ लाख ४४ हजार , पूर्वधार विकासमा १२ करोड ३३ लाख ५६ हजार, सामाजिक विकासमा ४३ करोड २७ लाख ५० हजार, बन वातावरण तथा विपद् व्यवस्थापनमा ४ करोड ४१ लाख ३७ हजार, सुशासन तथा संस्थागत विकासका लागि ३ करोड २५ लाख ४० हजार ७ सय ७९ रकम विनियोजन गरेको हो ।
कार्यक्रममा ‘समृद्ध नगर आत्मनिर्भर नगरवासी, सफा नगर, सुखी नगरवासी’ भन्ने अवधारणलाई आत्मासाथ गर्दै नगरपालिकाले बजेट विनियोजन गरेको नगर प्रमूख अशोक कुमार शाहीले बताए । उनले भने ‘जिल्लालाई आगामी चार वर्षमा आन्तरिक पर्यटकहरुको गन्तव्यका रुपमा विकास गर्ने र बाह्य पर्यटकहरुको लागि मूख्य केन्द्रको रुपमा विस्तार गर्ने लक्ष्य रहेको छ ।’ चीनको कोरला नाका देखि नवलपुर जोड्ने राष्ट्रिय गौरबको कालीगण्डकी करीडोर आयोजना तथा छेर्लुङ–तानसेन खण्डलाई सिद्धार्थ राजमार्गमा जोडी तानसेन –सुनौली डारेक फास्ट ट्याक निर्माण गर्ने प्रमूख शाहीले बताए । कार्यक्रममा पत्रकारहरुले जिज्ञासा राख्दै भाषणलाई भन्दा पनि बजेट कार्यान्यवन पक्षलाई ध्यान दिन आग्रह गरेका छन् । उनीहरुले तानसेनलाई नमूना नगरका रुपमा विकास गर्न सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?