© २०२३
लुम्बिनी, बैशाख ।- समथर हरिया फा“ट । ढुंगा छापेर बनाईएको स्निंग्ध बाटा । दुई आ“खाले सबैलाई नियाली रहेका प्रतिमा । हावाको वहावस“गै जलकुण्डहरूमा तरंगित निर्मल पानी । संगसंगै फरफराईरहेको रंगीविरंगी लुङदा । मधुर स्वरमा गुन्जायमान पवित्रवाणी । ऋतु अनुसारको फुलको सुगन्धित वातावरण । त्यसमाथी रातो र गेरुवा वस्त्र लगाई शान्ति पाठ गरिरहेका शान्तिका अनुयाई । यत्ती भन्नासाथ हामी आफूलाई कहा छौं सजिलै भन्न सक्छौं । त्यो हो लुम्बिनीको आँगन ।
हरियाली र सुन्दरताले मन्त्रमुग्ध वातावरण । जहा“ पुग्ना साथ शान्तिको अनुभूति हुन्छ । दया, माया र प्रेरणा पलाउ“छ । सद्भाव, करुणा, मैंत्री र मुदिताको भाव आउ“छ । त्यो हो पवित्र उद्यान, लुम्बिनी । लुम्बिनीको कुरा गर्दा भने छुटाउनै नहुने नाम हो शाक्यमुनी बुद्ध । बुद्ध नेपालमा जन्मिएपछि लुम्बिनी विश्व सामु चिनिएको हो ।
लुम्बिनी घुम्न आउनेहरू यहा“ मायादेवी मन्दिर र सम्राट अशोकले बनाएको अशोक स्तम्भमात्रै घुम्छन् । फर्कन्छ । लुम्बिनीको पवित्रता र महिमालाई यहा“ रहेका बौद्ध धर्मका विभिन्न संप्रदायका विहार, गुम्बा र स्तूपा अवलोकन गरेपछि राम्ररी बुझिन्छ । खुला र समथर तीन वर्गमाइल जग्गामा बुद्धको शान्ति र करुणाको विश्वव्यापी सन्देशको अभिव्यक्ती दिने गजबका संरचना छन् । विविधायुक्त शान्ति र बौद्ध संस्कृतिको सानो संसार पाईन्छ । सानो बुद्धिष्ट बल्र्ड हो भन्दा फरक पर्दैन् । यहा“का विहार, मन्दिर, गुम्बा, चैत्य र गोन्पोका बनावट, कलाशैली उत्तिकै आकर्षक छन् । त्यहा छापिएका परम्परा, शैलीले सबै उमंगित र रोमाञ्चित हुन्छन् ।
लुम्बिनीका मन्दिर घुम्दा त विविधताले भरिएको गजबको कला, स“स्कृति र संपदा देख्न पाईने लुम्बिनी विकास कोष उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए । अझ भन्नु पर्दा सानो विश्वकै प्रतिनिधित्व गर्छ । ‘लुम्बिनी गएर विहार, मन्दिर र गुम्बा अवलोकन गरे विश्वका विभिन्न मुलुक घुमेको भान हुन्छ,’ उनले भने, ‘उताको विदेशी मुलुकका स“स्कृति र परम्परा एकै ठाउ“ अवलोकन गर्न पाईन्छ ।’ दुई वर्षमा जापानी वास्तुकलाविद् केन्जो टाङगेले बनाएको गुरुयोजना पूरा हुदैछ । त्यसपछि कपिलवस्तु, रूपन्देही र नवलपरासीका पुरातात्विक स्थललाई समेटेर एकिकृत विकास र संरषण गर्न बुद्धिष्ट कल्चर ल्याण्डस्क्यापको अवधारणामा काम अघि बढाईने उनले बताए । त्यसपछि अझै लुम्बिनी मनमोहक र शान्ति प्रति समर्पित देखिन्छ उनले भने ।
मनमोहक लुम्बिनीः
उत्तर दक्षिण केन्द्रित तीन वर्गमाईल क्षेत्र तीन वटा बराबर पाटामा विभाजन गरिएकोछ । प्रत्येक पाटा एक वर्गमाईलको छ । सबै पाटा केन्द्रिय कडीको रूपमा रहेको डेढ किमी नहर र पैदल हिँडने गोरेटो पाटाले जोडिएका छन् । दक्षिण पवित्र उद्यान, बीचको विहार गुम्बा क्षेत्र र उत्तरको पाटो नया“ लुम्बिनी ग्राम हो । लुम्बिनीको आकर्षण यहा“ रहेका धेरै विहार मन्दिर हुन् । पश्चिम महायाना क्षेत्रमा रहेको द ग्रेट लोटस स्तुपा निक्कै आकर्षक छ । तारा फाउण्डेसन जर्मनीले बनाएको स्तुपामा सरसफाई, हरियाली, फूल र शान्तिको वातावरणले सबै बुद्धशिक्षा प्रति श्रद्धा गर्दै नतमस्तक हुन्छन् । त्यहा“ बुद्धको जीवन प्रतिकारात्मक मूर्ति मार्फत प्रर्दशन गरिएकोछ । बुद्धको गर्भ प्रवेशदेखि महापरिनिर्वाणसम्म देख्न पाईन्छ । तिब्बती परम्परा, कला र पेन्टिङको समिश्रण गजबले देख्न पाईन्छ । नेपालले बनाएको युनाईटेड टुङगाराम विहारको पनि उस्तै आकर्षक देखिन्छ । यो विहार ताईवानीको सहयोगमा नेपाली संस्थाले बनाएको हो । अर्को आकर्षक विहार चीनको जोङहुवा बौद्ध मोनाष्ट्री छ ।
छिङताव शैलीमा राजदरबार जस्तो डिजाईमा बनाईएकोछ । त्यहा पुग्दा चीनको कला संस्कृति र परम्परा जीवन्त देख्न सकिन्छ । ‘हामी नेपालीलाई करुणामैंत्री, सद्भाव र मित्रताको अनुभूति गराउन चाहन्र्छौ’ मोनाष्ट्री प्रमुख गुरु सु चुङयुङले भने, ‘त्यसैको प्रतिबिम्ब यहा“ मोनास्टी देख्न सक्छौं ।’ यहीबाट हामी बुद्धको पंचशिल फैलाउ“छौं उनले भने । त्यस्तै भियतनामी विहार उत्तिकै मनमोहक छ । ढलान गरेर पहाड बनाईएकोछ । भियतनामी परम्परामा बनाईएको मन्दिर दर्शन गर्न जा“दा पहाड चढेको अनूभूति हुन्छ । बुद्ध जीवनीसंग संबद्ध भित्तेचित्रहरू कलात्मक ढा“चामा छन् ।
अष्ट्रियाको गेडेन र फ्रान्सको लिनसन टेम्पल पनि हेर्न लायक छन् । त्यस्तै दक्षिण कोरिया, जापान, क्यानाडा र सिंगापुर विहार पनि मनछुने खालका छन् । त्यही रहेको बज्रयान विहारमा पनि गजबको कला देखिन्छ । नेपाल मण्डलको वास्तुकला झल्किने बज्रयान विहार निर्माण गरिएको छ । यो विदेशी सहयोग नलिई नेपाली नागरिकबाट सानोतिनो रकम संकलन गर्दै बनाइएको हो । बज्रयान बौद्ध धर्मावलम्बीमा वर्षमा एक पटक ‘पञ्जरा’ भनेर दान लिने र दिने चलन छ । त्यसरी संकलन गरिएको त्यो दानबाट विहार निर्माण गरिएको हो ।
त्यस्तै पूर्वी क्षेत्रको थेरबादी संप्रदायका विहार पनि कम्ता मनछुने खालका छैनन् । सबैभन्दा राम्रो रोयल थाई मोनाष्ट्री छ । थाईल्याण्डको रोयल आर्किटेक्ट कला र शैलीमा विहार जीवन्तता दिईएकोछ । मन्दिरको टुप्पोमा हिमाल जस्तो चुचुरो बनाई हिमालको देश भनेर चिनिने नेपालसंग प्रगाढ संबन्ध मन्दिरमै झल्काईएको छ । त्यस्तै मन्दिरमा हिमाल जस्तै टल्कने देखियोेस् भनेर सेतो रंग लगाएर आकर्षण थपिएकोेछ ।
कम्बोडियन विहार पनि उस्तै मनमोहक छ । त्यहा“ कम्बोडियन कला संस्कृति झल्कने गरि मोनास्ट्री बनाईएकोछ । मोनास्ट्रीको मुख्य आकर्षण मन्दिर भित्र पिपलको रुखमुनि ध्यानमग्न भगवान गौतम बुद्धको मुर्ति रहेकोछ । रुख कृत्रिम रूपमा बनाईए पनि दुरुस्तै उतारिएकोछ । मन्दिर चढने ४ वटा खुटकिलो सिंढीका दुबै तिर लामो घुमाउरो ड्रयागन बनाईएकोछ । निक्कै मसिनो रूपमा क“ुदिएको कलाकृति हेर्दै माथी चढेपछि मन्दिर प्रवेश द्वार छ । चारैतिरको मन्दिर प्रवेशको मुख्य प्रवेश द्वारमा दा“या बा“या सुन्दर सुन्दरीको चित्र छ । स्वागत गर्न तम्तयार अवस्थामा रहेको सुन्दरीका तस्विरलाई का“ठमा कुदेर देखाईएको छ । मन्दिरका भित्र र बाहिर भित्तामा पनि बुद्धको जीवनसंग संबन्धित चित्र, पेन्टिङ र थान्काहरू बनाईएकोछ । महायानी संप्रदायका बौद्ध अनुयाईले ड्रयागन प्रति विषेश आस्था र विश्वास राख्छन् । त्यस्तै आकर्षक म्यानमारको गोल्डेन टेम्पल छ । सुनौलो रंगमा गजबको चैत्य बनाईएकोछ । त्यहा“ पुग्दा राजधानी याङगुन पुगेको अनुभूति हुन्छ । त्यस्तै श्रीलंकन महाविहार पनि उत्तिकै आकर्षक छ । त्यहा“ पत्रिव बोधी बृक्षमुनीमा रहेको बुद्ध प्रतिमाले आस्था र पवित्रता बढाएकोेछ । महाबोधी समाज कलकत्ता, बोधी ईन्स्चियूट र अन्तर्राष्ट्रिय गौतमी भिख्खुनी मन्दिरले पनि आकर्षण थपेका छन् ।
आधी विश्व पुग्ने लुम्बिनीः
लुम्बिनीको पवित्र उद्यान, रुखविरुवा, पोखरी, खोला र चिस्यान संसारभरिका पर्यटक, तीर्थयात्रीद्वारा घेरिएका छन् । संयुक्त राष्ट्रसंघको सदस्यता पाएका १ सय ९३ मुलुक छन् । तर, भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी घुम्न आधी बढी विश्व पुग्ने गरेकोछ । सन् २०२० र २१ मा कोरोना भाईरस संक्रमण प्रभाव पारे पनि २०१९ मा लुम्बिनी १ सय १५ देशका पर्यटक तीर्थयात्रीले अवलोकन गरे । सन् २०१८ मा १ सय ८ देशका विदेशी पर्यटक र तीर्थयात्रीले अवलोकन गरेका थिए । मुलुकको सहज अवस्था र लुम्बिनीमा राष्ट्रिय अन्तराष्ट्रिय कार्यक्रम हुनुले पर्यटक, तीर्थयात्री, उपासक उपासिका विस्तारै बढदै गएका हुन् । सन् २०१९ मा १ लाख ७४ हजाहर १५ विदेशी पर्यटक आए । सन् २०२१ मा ६८ मुलुकका एक हजार एक सय ९७ विदेशी पर्यटक थिए । २०२० मा ८४ मुलुकका ४५ हजार ३ सय २९ विदेशी पर्यटक आएका थिए । सन् २०१९ मा ११ लाख ७८ हजार नेपाली र दुई लाख ६ हजार भारतीय पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । २०२१ मा ४ लाख ६३ हजार ९ सय ६३ नेपाली पर्यटक आएका थिए । २०२० मा २ लाख १० हजार ३३ नेपाली पर्यटक लुम्बिनी घुम्न आएका थिए । त्यस्तै सन् २०२१ मा ४३ हजार ३२ भारतीय पर्यटक आएका थिए । २०२० मा ३७ हजार २ सय ६ भारतीय पर्यटक आएका थिए ।
लुम्बिनी विविधतायुक्त बौद्ध संस्कृतिको सानो संसार हो । यहा“ एउटा सानो विश्व नै देख्न सकिन्छ । विभिन्न देशका कला संस्कृति र परम्परा देख्न पाईने हु“दा स्वदेशी विदेशीको आकर्षणमा पर्छ । त्यसैले ०७६÷७७ मा गरिएको आर्थिक सर्वेक्षणमा मुलुकमा सर्वाधिक भ्रमण गरिएको ठाउ“मा लुम्बिनी परेको थियो । ‘एकै स्थानमा धेरै परम्परा र संस्कृति जान्न बुझ्न सक्ने वातावरण विश्वका कुनै ठाउ“मा पाईदैन्’ लुम्बिनी विकास कोष योजना प्रबन्धक सरोज भटराईले भने, ‘लुम्बिनीमा धेरै मुलुकका कला संस्कृति अध्ययन गर्न सकिन्छ ।’ विश्वमा अशान्ति र द्वण्द्व बढीरहेका बेला त्यस्को न्युनीकरण गर्न लुम्बिनीबाटै प्रेरणा पाउन सकिन्छ उनले भने । त्यसकारण यस्तो अद्वितिय ठाउ“को विश्वमा महिमा फैलिदै गएको छ ।
लुम्बिनीको मौन आवहनः
शान्ति र सद्भावको धरोहर लुम्बिनीले सबैलाई घुम्न मौन आवहन गरिरहेकोछ । सा“स्कृतिक, अध्यात्मिक, पुरातात्विक अन्वेषण र शान्तिको खोजीमा रहेकालाई लुम्बिनीले तिर्खा मेटाउ“छ । गहन अध्ययन र पुरातत्वको मौलिक विश्लेषण यहा“ पाईन्छ । त्यही भएर वरिष्ठ पुरातत्वविद् वसन्त विडारीले लुम्बिनीको मौन आवहन भनेर विश्वका विभिन्न ९ भाषामा पुस्तक लेखेका छन् । त्यो पुस्तकले देशीविदेशीलाई लुम्बिनी आउन उत्पे्ररित गर्न मौन आमन्त्रण गरिरहेको पुरातत्व तथा संस्कृतिविद् डा. गीतु गिरीले बताए । यस्ले बौद्ध मुलुकमा यहा“को गतिलो प्रचार पुगेकोछ । ‘लुम्बिनीको पुुरातात्विक र ऐतिहासिक महत्व जति बुझ्छौं,’ लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजिरले भने, ‘उति नै हाम्रालागि, भावी सन्ततिकालागि र संसारका लागि गर्वका रूपमा रहन्छ ।’ शान्तिको प्रतीकका रूपमा पनि प्रतिबिम्बित भइरहनेछ उनले भने ।
शान्तिको प्रतीकः
शान्तिको प्रतीक बनाईएका सृजनाले सा“च्चै प्रतिकात्मक अर्थ दिएका छन् । पावनभूमि लुम्बिनीको मुहार फेरिदिएका छन् । निप्पोजान म्याहोजी जापानले नव लुम्बिनी ग्राममा विश्व शान्ति स्तुप बनाएकोछ । स्तुप ४१ दशमलब ५ मिटर अग्लो र २० मिटर गोलाईको रहेको छ । त्यस्तै स्तुपको आधार स्तम्ब ५९ मिटर गोलाईको रहेको छ । ९ सय मेट्रिक टन सिमेन्ट लागेको उक्त स्तुपमा २७ हजार स्क्बायर फुट मार्बल प्रयोग गरिएको छ । स्तुपको गर्भ र गजुरमा भगबान र्गातम बुद्ध पवित्र अस्तुधातु प्रतिस्थापन गरिएको छ । यहा स्थापित ४ मूर्तिहरूले शाक्यमुनिको जन्म, संबोधी, पहिलो देशना र महापरिनिर्वाण जस्ता बुद्धजीवनीका ४ घटना व्यक्त गर्छन् । लुम्बिनी मै विश्वभरि अमनचयनको सन्देश प्रवाहित गर्दै ३५ वर्षदेखि शान्ति ज्योति अनवरत बलिरहेकोछ ।
पवित्र उद्यानको उत्तर तर्फ केन्द्रिय कडीको दक्षिण पुछारमा ज्योतिले शान्ति फैलाईरहेकोछ । संयुक्त राष्ट्र संघले सन् १९८६ लाई शान्ति वर्ष उत्सव मनाएको थियो । त्यसै बेला खेलाडीहरूले ५४ मुलुक घुमाउदै ल्याएको राकोबाट उक्त ज्योति जलाईएको हो । त्यस्तै शान्ति ज्योति भएको ठाउबाट करिब २५ मिटर पुर्व ठूलो शान्ति घण्ट छ । घण्टमा शान्तिकालागि हजारौं बौद्ध सुत्रहरू क“ुदिएका छन् । सन् २००५, मे २३ तारिकमा उक्त घण्ट स्थापना गरिएको हो । यी ३ वटै शान्तिका प्रतिकले विश्वलाई नै शान्तिको सन्देश फरक तरिकाले फैलाईरहेका छन् ।
सानो बुद्धिस्ट संसारः
बोधीज्ञान प्राप्त गरेपछि बुद्धको नामले चिनिएका सिद्धार्थ गौतम यही लुम्बिनीमा जन्मेका थिए । बोधगायमा ज्ञान प्राप्त गरेपछि उनले ४५ वर्षसम्म दुःखबाट छुटकारा पाउने धर्मदेशना गरे । महापरिनिर्वाण गर्नु अघि उनले आफनो शिष्य आनन्दलाई भनेः यस्ता ४ ठाउ“ छन्, जहाको दर्शन गर्नु निष्ठावान आवश्यक ठान्छन् । लुम्बिनी, जहा“ तथागत जन्मे, बोधगया जहा“ तथागतले बोधी ज्ञान प्राप्त गरे । सारनाथ जहा“ तथागतले धर्मचक्र प्रवर्तन गरे र कुशीनगर जहा“ महपरिनिर्वाण प्रवेश गरे । यस्तो पवित्र तीथस्थलको यात्रामा निस्केको कुनै श्रद्धालुको मृत्यु भए त्यस्ले स्वर्गलोकमा जन्म लिनेछ भनेर आनन्द शिष्यलाई भनेका थिए ।
इसापूर्वको दोस्रो शताब्दी सम्राट् अशोकको कालमा बौद्ध धर्मले विश्वव्यापी प्रचारको मौका पायो । त्यसपछिका समयमा बौद्ध दर्शन विश्वका धेरै मुलुकमा पुग्यो । महायान, थेरबादसहित बज्रयान र हिमालयन बौद्ध समुदायसहितका सम्प्रदाय निर्माण भए ।
विभिन्न मुलकका फरकफरक बौद्ध संस्कृति छन् । आ–आफ्नै कला छन् । धर्मदेशना, ध्यान, प्रवज्या र परित्रान पाठको आफनै संस्कृति छ । अहिलेका अध्येता विविधतायुक्त संस्कृतिको अध्ययन गर्न धेरै ठाउ“ जान पर्दैन् । लुम्बिनी आए पुग्छ । एउटै थलोमा विभिन्न बौद्ध देश र बौद्ध धर्म संस्कृति मान्ने मुलुकको संस्कृति बुझ्न सकिन्छ । त्यही भएर यसलाई मिनी बुद्ध वल्र्ड भनिएको हो । ‘लुम्बिनी सानो बौद्ध विश्व नै हो, लुम्बिनी विकास कोष सदस्य सचिब सानुराजा शाक्यले भने ‘धेरैलाई यो कुरा थाहा छैन् ।’ यो कुरा राम्ररी बाहिर ल्याउन सकियो भने लुम्बिनी विश्वकै उत्कृष्ट पर्यटकीय गन्तब्य बन्छ उनले भने । बौद्ध अध्येता, विद्वान, बौद्ध धर्मावलम्बी उपासक उपासिका र दर्शनार्थीका आस्थाको केन्द्र हुन्छ । विश्व शान्तिको मुहान स्थापित हुन्छ । (पत्रकार मनोज पौडेलको सहयोगमा)