© २०२३
बुटवल, १२ वैशाख । बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सोमबार बिदाई गरिएको छ । विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक विशेष समारोह आयोजना गरी आगामी शैक्षिक यात्राको शुभकामना दिँदै बिदाई गरेका हुन् ।
एकेडेमीमा कक्षा १२ मा १९५ विद्यार्थी अध्ययनरत छन् । सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवल कार्यालयका प्रमुख रोमाकान्त तिवारीले विद्यार्थीले उच्च शिक्षा पूरा गरेपछि देशमै आफ्नो शिप र क्षमता प्रदर्शन गर्न सुझाव दिए । उच्च शिक्षा अध्ययनको लागि विदेश जाने परिपार्टी बढेको भन्दै नेपालकै केही गरेर देश विकासमा योगदान पु¥याउनुपर्ने बताए ।
पाणिनी कलेजका अध्यक्ष गोपाल घिमिरेले उच्च शिक्षामा देखिएका समस्या समाधान गरी देश विकासमा जुटनुपर्ने बताए । विद्यालयका प्राचार्य शंकर थापाले छोटो समयमै विद्यालयमा विद्यार्थीको रोजाइँमा परेको भन्दै आगामी दिनमा अझै यसलाई सुधार गर्दै जाने बताए । विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यार्थी र अभिभावकको साहना र रूचि अनुसार अगाडि बढदै जाने बताए । बस्यालले विद्यालयमा आवश्यकता अनुसार अन्य विषयहरू पनि थप गर्दै जाने योजना रहेको स्पष्ट पारे । कार्यक्रममा विद्यालयका प्लस टु प्रमुख गुरुदत्त पौडेल, प्लस टु संयोजक जनकराज भुसाल, शैक्षिक विभाग प्रमुख भोजराज न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका शिव पराजुली, लगायतले बोलेका थिए । कक्षा ११ का विद्यार्थी निसान्त पाण्डेको अध्यक्षता तथा मिसन खत्री र मोनिका कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरू विभिन्न गीत र नृत्य प्रस्तुत गरी रमाएका थिए ।