ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

हामीलाई विस्थापित गराउन खोजियो– डेरी व्यवशायी

२ चैत्र २०७५, शनिबार
२ चैत्र २०७५, शनिबार

सानो लगानीबाट दुग्ध उत्पादक किसानबाट संकलन देखि उपभोक्ता कहाँ पु¥याउँदै आएका व्यवसायीहरु लाई सरकारले पछिल्लो समयमा ल्याएको दुग्ध निर्देशीकाकै कारण पेशा नै विस्तापित हुने खतरा बढेको छ ।
दुध तथा दुग्ध जन्य पद्धार्थको शुद्धाता एव्म गुणस्तर निर्देशीका जारी गरी अवको एक महिनामा खुल्ला दुध विक्रि गर्न नपाउने नीति ल्याएको हो । सोही अनुसार रुपन्देही लगायत देशभरका दुग्धजन्य कारोबार गर्ने व्यवसायीहरु, किसानहरु मर्कामा परेका छन् । सानो लगानीबाट स्थापना भएका व्यवसायीहरुले सरकारले तुरुन्तै आफ्नै ब्रान्ड र पोकामा मात्रै दुध विक्रि गर्नुपर्ने नीति ल्याएको छ ।
सरकारले काठमाण्डौको अवस्था हेरेर देशभर एउटै नीती लाद्न खोजेको भन्दै रुपन्देहीका दुग्ध किसान, डेरी व्यवसायी तथा दुग्ध संकलन सहकारीहरु समेत गुनासो पोखेका छन् ।
बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही जिल्लाका डेरी व्यवसायीहरु र दुग्ध उत्पादक किसानहररुले सरकारले ल्याएको दुग्धजन्य पदार्थ सम्बन्धि नीति हतार गरेर ल्याएको बताएका छन् ।
उनीहरुले सरकारले ल्याएको निति अनुसार किसान, दुग्ध व्यवसायीहरु विस्तापित हुने खतार बढेको भन्दै यसले थप ‘मिल्क होलिडे’ समेत गर्नको लागि प्रोत्साहित गर्ने गरेको बताएका हुन ।
बुटवलमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही डेरी व्यवसायी समितिका अध्यक्ष नेत्र प्रसाद पाठकले किसान, सहकारी तथा डेरी व्यसायीहरुलाई नै नयाँ नितिले समेट्न नसकेको बताए । उनले दुग्ध निर्देशिका– २०७५ लाई संशोधन गरी किसान मैत्री निती ल्याउनको लागि आग्र्रह गरेका हुन ।
किसानहरुको रोजाईमा अहिले डेरी पसलको खुल्ला दुध भएको भन्दै प्याकिङ्ग गरेको दुधमा उपभोक्ताहरुको रोजाई नभएकै कारण जबरजस्ती उपभोक्तामथि नै नीति लाद्न खोजेको बताएका हुन ।
केही समय पहिला सरकारले एक महिनाको समय सिमा निर्धारण गरी अनिवार्य रुपमा लोगो अंकित प्याकेजिङ्ग दुध मात्रै विक्रि वितरण गर्नको लागि डेरी व्यवसायीहरुलाई आग्रह गरेका थियो ।
डेरी व्यवसायी समिति रुपन्देहीका अध्यक्ष नेत्र प्रसाद पाठकले आफुहरु सरकारको नीतिको विरोधी नभएको तर यस विषयमा सरकारले आवश्यक छलफल नै नगरी ल्याएको कारण यसका संसोधनको लागि माग गरिएको हो ।
उनले भने–‘उपभोक्ताको रोजाईमा अहिले पनि खुल्ला दुध हुने गरेको छ , तर जबरजस्ती रुपमा पोके दुध खुवाउनु पर्ने यो कस्तो बाध्यता हो ।’ आफुहरुले किसानले दुध दुध देखि लिएर संकलन केन्द्र, डेरी सम्म को पुर्णरुपमा गुणस्तरियता कायम गरिरहेको परिपेक्ष्यमा सरकारले हचुवाको भरमा नीति ल्याउनु आफैमा विरोधासपुर्ण भएको अध्यक्ष पाठकले बतनाए ।
नीजि दुग्ध व्यवसायी व्यसायी गणेश सिंह भण्डारीले आफुहरुलाई कम्तीमा पनि एक बर्ष भन्दा बढिको समय प्रदान गर्नुपर्ने बताए । उनले व्यवसायीहरुले प्याकेजिङ्ग उद्योग स्थापना गर्नको लापि पनि करोडौ रुपैया लागत लाग्ने र यसको लागि कम्तिीमा पनि १ बर्ष लाग्ने भएको ले हचुवाको भरमा एक महिना भित्र नै डेरी बन्द गर्ने गरी ल्याएको नीतिको विरोध गरिएको बताए ।
उनले मिल्क होलिडेको समयमा, नाकाबन्दीको समयमा किसानबाट तोकीएको मुल्यमा दुध संकलन गरी पु¥याएको योगदानको सरकराले अबमुल्यन गरेको उनको भनाई रहेको थियो ।
रुपन्द्येहीमा ३ सय २५ जना डेरी व्यवसायीहरु रहेका छन् । ९५ प्रतिशत खुल्ला दूध उपभोग हुँदै आएको छ । यदि दुध प्याकेजिङ्ग गरेर वितरण गर्ने हो भने यसको प्रक्रियागतरुपमा जाँदा आज संकलन गरिएको दुध कम्तीमा १५ दिन पछि मात्रै उपभोक्ताहा पुग्ने भएको कारण पोकाको दुधमा गुणस्तरियतामा शंंका पैदा भएका डेरी व्यवसायीहरुले बताएका छन् ।
रुपन्देही डेरी व्यवसायी संघका महासचिव भुवन पाण्डेले सरकारले किसानहरुलाई नै मर्कामा पार्ने गरी विदेशी लगानी भित्र्उने सडयन्त्र गरेको बताए ।
रुपन्देही जिल्लामा १० हजार ४ सय बढि किसानहरु डेरी व्यवसायीबाट लाभांवित भएको तथ्यांक छ । स्थानिय दुध उत्पादनको दैनिक ५२ हजार लिटर रुपन्देहीमा विक्रि भैरहेको छ ।
रुपन्देहीमा ३८ हजार मेट्रिक टन बार्षिक उत्पादन हुदै आएको दुधको ५० प्रतिशत रुपन्देही डेरी व्यवसायीमा आवद्ध व्याक्तिहरुले ओगटेका छन् । यस व्यवसायमा ३ हजार जना भन्दा बढि स्वरोजागर रहेका छन् । जसमा न्युन्तम ५ लाख का दरले रुपन्देही ३ सय २५ डेरीले कुल १६ करोड २५ लाख भन्दा बढि लगानी भएको पाइएको छ । जसमा नीजि क्षेत्रको १० करोड भन्दा बढि लगानी भएको छ ।
डेरी व्यवसायी संघले पेशाको निरन्तताको सुरक्षा गर्न माग गरेको छ भने लगानी सुरक्षित गर्नको लागि समेत सरकार संग माग गरेको छ । यस्तै उपभोक्ताको अधिकार अनुसार रोजाईको दुध विक्रि गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । यस्तै राष्ट्रिय दुध निर्देशिका २०७५ आवश्यक र व्यवहारिक रुपमा संसोधन गर्नको लागि समेत माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?