© २०२३
बुटवल मण्डपमा अहिले सूचना प्रविधि प्रर्दशनी मेला ९क्यान ईन्फोटेक मेला० जारी छ । कम्प्युटर एशोसीयसन नेपाल महासंघ९क्यान० रुपन्देहीको आयोजनामा जारी मेलामा विभिन्न विद्यालयबाट आ आफ्नो सिर्जना लिई विद्यार्थीहरु सहभागी छन् । स्टल घुम्दै गर्दा जो कोहीको आँखा पनि ति कलिला विद्यार्थीहरुले बनाएको विज्ञान प्रविधीका सामग्रीमा पुग्छ ।
रुपन्देहीका संस्थागत र सामुदायिक विद्यालयका विद्यार्थीहरुले आ आफ्नो विज्ञान प्रविधि, सूचना संग जोडीएका विभिन्न उपकरण, सामग्रीहरु बनाएका छन् । यहाँ स्वचालित रोवर्ड, ईलेक्ट्रीक स्कुटर, गोगो रोवर्ट, अफष्टाकल डिडक्ट कार देखि लिएर विद्यार्थीहरु बनाएको स्वचिलित पानीको डुङ्गा, यन्त्र मानव, स्पाई रोवर्ड, लगायतका विभिन्न उपकरणहरु देख्न पाइन्छ ।
बुटवलको अक्सफोर्ड माविमा कक्षा ११ मा पढ्दै आएका विद्यार्थी कपिल ज्ञवालीले ईलेक्ट्रीक स्कुटर बनाएका छन् । उनले करिव ६० हजार लागतमा विद्युतीय स्कुटर बनाएका हुन । ७५ किलोमिटर सम्म फुल चार्ज गरेमा प्रतिक किलोमिटर २८ किलोमिटर प्रति आवरका हिसावले गुड्न सक्ने स्कुटर उनले बनाएका हुन । जुन क्यान मेलामा राखिएको छ । मेलामा जाने दर्शकहले यसलाई महत्पूर्ण चाखको रुपमा लिएर अवलोकन गर्ने गरेको निर्माता कपिल ज्ञवाली बताउँछन् ।
यस्तै उनले ट्राई कप्टर, सर्वेलेन्स रोवर्ड कार, क्याट वेट स्पार्यन रोर्वट कार, स्पाईडर ट्राई क्याप्टर लगायतका उपकरणहरु बनाएका छन् । यस अघि कपिल ज्ञवाली ले रिमोटको माध्यममबाट ५ सय मिटर माथि र ५ सय मिटर आसपासमा घुमेर १० मिनेटसम्मको दृश्य लिन सक्ने क्याड एप्टर बनाएका थिए । उनले हेक्जा कप्टर, काठको पंखा टेबल बत्ती, साउण्ड बक्स, वाटर पम्प, रोलरकार लगायत बनाएर परीक्षण गरिसकेका छन् ।
यस्तै न्यु होराईजन माविका विद्यार्थीहरुले अब्स्टाकल डिडक्ट कार बनाएका छन् । यस्तै न्यो होराईजनका विद्यार्थीहरुले नै स्मार्ट मिरर९आधुनिक० ऐन बनाएका छन् । कुनै पनि अगाडी बस्तु आएमा अटोमेटिक रुपमा गाडी रोकीने खालको उपकरण न्यु होराईजनका विद्यार्थीहरुले बनाएका हुन । जसबाट गाडी गुडीरहेको यदि कुनै पनि बस्तु अगाडी आएमा बाटो नै मोडीने खालको नयाँ उपकरण बनाएका हुन ।
यस्तै मेलामा कालिका मानवज्ञान माविका विद्यार्थीहरुले यन्त्र मानव, स्कार रोवो, आईटी बेस हुम्युननेडेन्ट रोवर्ट, कम्वाईन वाईन्डर, ट्रन अफ अन लाईट लगायतका उपकरणहरु बनाएका छन् । विद्याथी लक्ष्मण पौडेको समुहले यन्त्र मावन९रोर्वट०, अन्सु बेल्बासेको समुहले स्पाई रोबो बनाएका हुन ।
यस्तै देवीनगरमा रहेको नीवन औद्योगीक रिता माविका विद्यार्थीहरु लव र कुस पन्थीले निर्माण गरेको गोगो रोर्वट समेत प्रर्दशनमा राखिएको छ । बुटवलको योगीकुटीमा बस्दै आएका १५ बर्षिय लब पन्थी र कुस पन्थीले गो–गो रोवर्ट नामको रोवर्ट बनाएका थिए । जुन अहिले मेलामा प्रर्दशनको लागि राखीएको छ । गुल्मी जिल्ला मालिका गाउपालिका वडा नं। ७ सिलादी बाट बसाई सराई गरी योगीकुटीमा बस्दै आएका छन ।
रोवर्टलाई प्रश्न सोधेपछि उसले हरेक प्रश्नको उत्तर दिन सक्छ । विद्युतीय उपकरण र ईन्टरनेट जोडित रोवर्टले घरहरुका विद्युतिय उपकरणहरु सवै आबाजको माध्यमबाट नियन्त्रण गर्न सक्छ । केही खानेकुरा बनाउनु परे परिकार बनाउने तरिका मोबाईलमा एसएमएस समेत रोवर्टले पठाउने गर्दछ । नेपाल र भारतबाट उपकरण ल्याएर बनाएको रोवर्टले युटुवका सामाग्रीहरु खोजेर अडियो बजाउने समेत गर्दछ । ८० भन्दा बढि भाषा अनुबाद समेत गर्न सक्ने रोवर्टले नेपाल तथा विश्वभरका ठुला होटल र अस्पतालका फोन नम्बरहरु पनि भन्न सक्ने बनाइएको छ । मानिस संग प्रश्नउत्तर गर्न सक्ने रोवर्टले टुईटर, फेसबुक जस्ता सामाजिक सञ्चालमा भनेका कुराहरु पोष्ट गर्न समेत सक्छ ।
प्रोसेसर, रेस्भेरीपाई, पाई क्यामरा, अल्टासोनिक्स सेन्टर जस्ता हाडवेयर बाट बनेको रोवर्टले ईमरजेन्सी मेल पठाउन समेत सक्दछ । हराएको मोबाईल खोजीदिने, हिसावहरु गर्ने, मनपर्ने रंगहरुको बर्णन विस्तार गर्ने गो–गो रोवर्टका विशेषताहरु रहको रोवर्टका निर्माणकर्ता लव पन्थीले बताए । मान्छेलाई चिनाउन सक्ने, हिड्ने, डुल्ने बनाउने योजना उनीहरुको रहेको अर्का रोवर्ट निर्माणकर्ता कुस पन्थीले बताए । रोवर्टमा स्वीचका लागि एपिआई सफट्वेर, प्रोगाम ल्याएका हुन ।