ट्रेंडिंग:

>> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि

‘समृद्धिको आकांक्षा पूरा गर्न संकल्पित छौं’

३ फाल्गुन २०७५, शुक्रबार
३ फाल्गुन २०७५, शुक्रबार

२०७५ साल फागुन ३ गतेका दिन प्रदेश सरकार गठन भएको एक वर्ष पुगेको छ । संविधानसभावाट बनेको संविधानवाट मुलुक संघीयतामा प्रवेश भएसंगै तीन तहको निर्वाचन सम्पन्न भई विधिवत रुपमा प्रादेशिक संरचनाको आधारशिला खडा भएको छ । एकवर्षको छोटो अवधिमा नै प्रदेश सरकार संघीय शासन प्रणालीको महत्वपूर्ण आधारका रुपमा खडा भइरहेको छ । म प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस ऐतिहासिक अवसरमा नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमुल्य जीवन आहुती दिनुहुने सम्पूर्ण ज्ञात अज्ञात अमर शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सबैखाले आन्दोलनका घाईते तथा वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।
नेपाली जनताको ६ दसक लामो संघर्ष र बलिदानले नै सामन्ती राजतन्त्रको अन्त्य भइ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो । संविधानसभावाट बनेको संविधानमा संघीयता अन्तरगत तीन तहको शासन प्रणालीको व्यवस्था गरिएको छ । प्रत्येक तहहरु एक अर्काका अन्तरसम्वन्धित र विशिष्ट रहेका छन् । वास्तवमा भन्ने हो भने नेपालको संघीय शासन प्रणाली मौलिक चरित्रको छ । हामी हाम्रो यही मौलिक प्रकारको शासन प्रणाली मार्फत नागरिकका विकास र समृद्धिका आकांक्षा पूरा गर्न हामी कृतसंकल्पित छौं ।

एक वर्ष अघि प्रदेश सरकारको मुख्यमन्त्रीका रुपमा सपथ ग्रहण गरिरहदा प्रदेश सरकारको अवस्था कोरा कागज जस्तै थियो । शून्यबाट काम थाल्दै प्रदेश सरकार आजको अवस्थामा आइपुगेको छ । कर्मचारी समायोजनको विषयले अझै पूर्णता नपाएको भएपनि प्रदेश अन्तरगतका कार्यालयहरु स्थापना भइ कार्य आरम्भ गरेको अवस्था छ । चालु आर्थिक वर्षलाई प्रदेश सरकारले आवधिक योजना र कानुन निर्माण वर्षको रुपमा लिएको छ । आवधिक योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विकास परिषद गठन भइ त्यसको प्रथम वैठकवाट आवधिक योजनाको अवधारणा स्विकृत भएको छ । यसै आर्थिक वर्षमा प्रथम पंचवर्षीय योजनाका रुपमा प्रदेशको आवधिक योजना तयार भइसक्ने छ । आउने आर्थिक वर्षको नीति कार्यक्रम र बजेट आवधिक योजनाका आधारमा तर्जुमा गर्ने लक्ष्य राखिएको छ । प्रदेशका लागि आवश्यक आधारभूत कानुनहरु यही आर्थिक वर्षभित्र पारित गर्ने गरी काम भइरहेको छ । प्रदेश सरकारले प्रदेश स्थापना पछिको एक वर्षको अवधिका कामहरुको वार्षिक प्रतिवेदन तयार गरी सार्वजनिक गरेको छ । अनेकौ चुनौती र सिमाका बीचमा अहिलेसम्मका हाम्रा कार्यहरु सन्तोषजनक रहेका छन् ।

निश्चयनै यो वर्ष संघीयता कार्यान्वयनको महत्वपूर्ण वर्ष हो । संघीयता कार्यान्वयनका सन्दर्भमा संविधानतः संघीय सरकार र संघीय संसदले गर्नुपर्ने कार्यहरु सम्पन्न नभएका कारणले प्रदेशलाई पूर्ण क्षमताका साथ अघि वढ्न अझै केही समय लाग्ने देखिन्छ । तर पनि प्रदेश सरकार प्राप्त साधन र श्रोतलाई प्रभावकारी ढंगले परिचालन गर्दै कार्यकारी अधिकार र दायित्व निर्वाह गर्न अग्रसर छ । यस वर्षको दोस्रो चौमासिक सुरु भए पछि मात्र संगठन संरचना प्राप्त भएका कारणले बजेट कार्यान्वयनमा केही विलम्व भयो । तर पनि हामी बजेट कार्यान्वयनको राष्ट्रिय मापदण्ड भेटाउने गरी अघि वढिरहेका छौ । अर्कोवर्ष देखि हामी बजेट कार्यान्वनका सन्दर्भमा नमुना वन्न सक्छौ भन्ने विश्वास वढेर गएको छ । हामीलाई यस प्रकारको विश्वासको आधार निर्माण गर्न सहयोग गर्नुहुने सबैमा यस अवसरमा म विशेष धन्यवाद दिन चाहन्छु ।

संघीय लोकतान्त्रिक गणतन्त्र शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवनपद्दति र शैलीका रुपमा स्थापित गरिनु पर्दछ । नागरिकको जीवनशैलीसंग नजोडिएको जस्तोसुकै लोकतान्त्रिक शासन प्रणाली पनि औपचारिकतमा सिमित वन्न पुग्छ । हाम्रो संविधानले तीन तहका सरकारहरुबीच सहअस्तित्व, समन्वय, र सहकार्यको परिकल्पना गरेको छ । संविधानले प्रत्येक तहका लागि एकल सहित साझा अधिकारको व्यवस्था गरेको छ । आम जनताको विकास र समृद्धिको आकांक्षा र संवैधानिक दायित्वहरु पूरा गर्न तीनै तहका सरकारहरु प्रभावकारी बन्नु आवश्यक छ । विकास र समृद्धिको हाम्रो अभियानको सबैभन्दा ठुलो साझेदार आम जनता हुन् । हामीले हाम्रो विकासको साझेदारका रुपमा सहकारी क्षेत्र र सामुदायिक क्षेत्रलाई पनि जोडेर अघि वढाउन चाहिरहेका छौ ।

यो एक वर्षको छोटो अवधिमा नै नागरिकले प्रदेश खोज्ने र भेट्टाउने अवस्था तयार भएको छ । आफ्नो नजिकको सरकारका रुपमा प्रदेशको खोजीहुनु र भरोसा वढ्दै जानु अत्यन्त सुखद र सकारात्मक पक्ष हो । हामी स्थानीय तहका लागि भरोसायोग्य अभिभावक वन्ने प्रयास गरिरहेका छौ । न्यायिक समितिहरुलाई कार्यसम्पादन प्रकृयामा सहयोग कोशिस हामीले गरेका छौ । करका विषयमा देखिएका समस्याहरुको समाधानमा हामीले प्रभावकारी सहजकर्ताको रुपमा प्रस्तुत गरेका छौ । संघीयता कार्यान्वयन, कानुन निर्माण र प्रदेशको आवधिक योजना निर्माणमा स्थानीय तहसंग सहकार्य गरिरहेका छांै । आगामी दिनमा यस प्रकारको समन्वय र सहकार्यको प्रक्रिया प्रभावकारी बन्ने विश्वास समेत लिएका छौं ।

तीनै तहका सरकारको साझा लक्ष र संकल्प संविधानले परिकल्पना गरेको समाजवादको आधार निर्माण गरी मुलुकलाई विकसित र समृद्ध बनाउनु हो । त्यसका लागि नेपाल सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको छ । उक्त लक्ष्यलाई सहयोग पु¥याउने गरी हाम्रो प्रदेशले समृद्ध प्रदेश, खुसी जनताको लक्ष्य अघि सारेको छ । हामी हाम्रो प्रदेशमा योजनावद्ध रुपमा समृद्ध प्रदेश खुसी जनताको लक्ष्य हासिल गर्न कृत संकल्पित छौं ।

प्रदेश स्थापना दिवसको यस ऐतिहासिक अवसरमा समृद्ध प्रदेशका माध्यमवाट समृद्ध राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा साथ दिन प्रदेशका सबै राजनैतिक दल, संघ संस्था, राष्ट्रसेवक कर्मचारी र आम नागरिकमा हार्दिक अनुरोध गर्दछु ।

शंकर पोखरेल
मुख्यमन्त्री
मिति २०७५ फागुन ३

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?