ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा
मुख्य समाचार

बरदान बन्दै ‘गण्डक बाँध’

६ बैशाख २०८०, बुधबार
६ बैशाख २०८०, बुधबार

नवलपरासी,  बैशाख – गण्डक बाँध नवलपरासी जिल्लाबासीका लागि अभिशापको रूपमा चिनिदै आएको भए पनि अहिले ब्यवस्थापनका कार्यकुशलता प्रयोग गर्दा जिल्लाका अधिकाँस किसानका लागि बरदान बन्ने भएको छ । हालै निर्वाचित प्रतिनिधि सभा सदस्य विनोद चौधरीले पनि बेला बेला बोल्दै आएको गण्डक बाँधसँग सम्बन्धित ड्रिम भिजनले पनि ति योजनालाई साकार बनाउनेमा स्थानियबासी विश्वस्त हुन थालेका हुन् ।
यस क्षेत्रबाट विनोद चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित हुनु एक संंयोग पनि हुन सक्छ,तर उनले उठाउने कुरा र गण्डक क्षेत्रमा हुने गरेको कामले पनि गण्डक बाँध नवलपरासीबासीका लागि बरदान हुनेमा स्थानिय आशाबादी बन्दै गएका छन् । गण्डक क्षेत्रमा विगत भन्दा धेरै सुधार आउनु र साँसद चौधरीले सधै गण्डकका कुरा बोलिराख्नु र गण्डकसँग सरोकार राख्ने संघसस्था तथा नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली ब्यवस्थापन कार्यालयसँग समन्वय गर्दै सहजीकरणमा समेत सघाउने कार्यले गण्डक क्षेत्र र गण्डक संरचनामा सुधार आउन थालेका छ ।

भारतिय पक्षले गण्डक बाँध अन्तरगतको बि ग्याँप बाँध डेढ मिटर अग्लो बनाउने निर्णय र त्यस अन्तरगतका स्परको मर्मत र परक्युपाईन जडान जडानले डुबान कटानलाई नियन्त्रण गर्नेमा सहयोगी हुने सिचाई ब्यवस्थापन कार्यालयका प्रमुख रनधिर शाहले बताए । भारतिय पक्षले विगत बर्षमा गण्डक कमाण्ड क्षेत्र भएर बग्ने झरही खोला नियन्त्रणका लागि पनि समावेश गरि काम गर्ने प्रतिवद्धता जनाएको छ,उनले भने, यो पनि नवलपरासीबासीका लागि एउटा उपलब्धी नै हुनेछ । गण्डक सम्झौताको ६ दशक पछि मात्र झरही खोलाको डुबान,कटानबारे भारतिय पक्षले चाँसो लिदै काम गर्ने जनाएको उनले बताए ।
गण्डक बाँध अन्तरगत नै अहिले नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको मुल नहरलाई पक्कि बनाउने कार्य भई रहेको छ । सधै भरि बालुव भरिएर नहर पुरिने समस्यालाई पक्कि बनाई पछि केही राहत मिल्ने समेत उनको भनाई थियो । त्यती मात्रै नभई गण्डक नहरमा नदीबाट पानीसँगै बगेर आउने बालुवा छान्ने प्रविधि(सिल्ट बेसिन) सहितको पोखरी बनाउने कार्य पनि शुरु भई सकेको ब्यवस्थापन कार्यालयले जनाएको छ । झण्डै ३५ करोड लगानीमा बन्ने उतm सिल्ट बेसिनले नहरमा पानीसँगै आउने बालुवालाई मुहान नजिकै थिग्राउने गर्छ ।

ति बालुवा नियमित रूपमा झिक्दै गईन्छ । जस्ले गर्दा नहर पुरिने समस्या समाधान हुनेछ । सो प्रविधि बनिसके पछि नेपाली नहरमा सधै पानी बग्ने अवस्थाको सृजना हुने कार्यालय प्रमुख शाहले बताए । अहिले नेपाल गण्डक पश्चिमी नहरको तिन वटा ढोका मध्ये दुई वटा ढोका मात्रै सञ्चालन हुदै आएको थियो,तर अहिले तोश्रो ढोका पनि खोल्ने काम सम्पन्न भई सकेको छ । सिल्ट बेसिनको निर्माण र जोखिम स्थानको नहर समेत पक्कि भए पछि पुरै क्षमता अनुसारको पानी सो नहरमा प्रवाह हुन सक्ने भए पछि जिल्लाका किसानले सहज ढंगले सिचाई जल पाउने छन् । गण्डक जलको इतिहासमै पहिला भारतीय नहरमा पानी बगे पछि मात्र नेपाली नहरमा पानी बग्ने गथ्र्यो,अहिले भारतीय नहर भन्दा एक महिना अगावै नेपाली नहरमा पानी आउन थालेको छ । यसले किसानलाई सिचाई गर्नमा राहत मिल्दै गएको छ ।
यसै बर्ष पनि भारतिय मुख्य पश्चिमी नहरबाट पानी पाउने नेपालको पिपरपाती प्रसौनी सिचाई प्रणालीबाट गर्मियाममा पनि किसानले पानी पाएर उखुबाली सिचाई गर्न पाए,सो अवस्था नेपाल गण्डक पश्चिमी नहरबाट पनि हुने उनले विश्वास ब्यतm गरेका थिए । त्यसै गरि गण्डक बाँधका विभिन्न संरचनाका कारण हुने बाढी नियन्त्रणका लागि पनि बेला बेला बैठक बोलाएर साँसद चौधरीले नियमित रूपमा छलफल गर्ने कार्य पनि कर्मचारीमा काम गर्ने उत्साह बढाएको छ । एक जनप्रतिनिधिले यस्तो नियमित रूपमा समस्या बुझ्ने र अ आफ्नो स्थानबाट सहज बनाई दिने साँसद चौधरीको कार्य सराहनिय नै रहेको उनले बताए ।
झरही र धनेवा खोलाका कारण सधै डुबान हुने सरावल गाउपालिकाको वार्ड नं.५,६ र ७ र पाल्हीनन्दन गाउपालिकाको वार्ड नं.१ को डुबान समस्याका लागि पनि चौधरीले खोलाको स्थलगत अनुगमन गरेर अगामी दिनमा दिगो डुबानबाट निकास पाउनका लागि वृस्तृत परियोजना प्रतिवेदन(डिपिआर) सहितको गुरुयोजनाका लागि बजेट विनियोजन गर्ने साँसद चौधरीले प्रतिवद्धता जनाएका छन् । प्रतिवेदन तयार भए पछि क्रमश? प्राथमिकताको आधारमा बहुबर्षिय योजनामा समावेश गरि काम गर्दै गए पछि केही बर्षमा डुबान मुतm हुन सक्ने प्राविधिकहरूले सुझाव दिए पछि साँसद चौधरी ति कामका लागि निरन्तर काम गरिरहेको उनको सचिवालयले जनाएको छ । यसले कर्मचारीलाई पनि काम गर्न उत्साह थप्छ,उनले भने,कुनै कुरा कर्मचारीको क्षमता भन्दा माथिको हुन्छ,जुन काम जनप्रतिनिधिले सहज ढंगले गरिदिन्छ । अहिले त्यस्तो काम साँसद चौधरीबाट भई रहेको उनको भनाई थियो ।

गण्डक क्षेत्रमा मात्रै नभई उनको क्षेत्रमा पर्ने नगरपालिका र गाउँपालिकाको समग्र विकासका लागि पनि चाँसो लिएर काम गर्ने जनप्रतिनिधि थोरै मात्र हुने गरेको वर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए । साँसद चौधरीले चाँसो राख्दा नगरपालिकाले पनि त्यही अनुरूपको योजना,गुरुयोजना बनाई विभिन्न आयोजना बनाउनमा सहयोग मिलेको उनले बताएका थिए । चौधरीको अहिलेको कृयाशिलताले नवलपरासीमा विकास हुने सम्भावना बढेको छ । तर आउने बजेट कार्यक्रममा कतिको बजेट कार्यक्रम संघिय सरकारले समावेश गर्छ, ? ति हेर्न बाकी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%