ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

१० महिने विल्डिङ इलेक्ट्रिसियन तालिम सुरु

३ बैशाख २०८०, आइतबार
३ बैशाख २०८०, आइतबार

दाङ, ३ वैशाख ।

स्थानीय स्तरमै सीपसहितको स्वरोजगार सिर्जना गर्ने उद्देश्यले दाङका युवाहरुका लागि निःशुल्क विल्डिङ इलेक्ट्रिसियन तालिम सुरु गरिएको छ ।

इन्स्योर–२ परियोजना र घोराही उपमहानगरपालिकाको आर्थिक सहयोग तथा घोराही १४ मा रहेको मावि बालविकासको प्राविधिक सहयोगमा आइतवारबाट १० महिने पेशागत विल्डिङ ईलेक्ट्रिसियन निशुल्क तालिम सुरु भएको हो ।

सो अवसरमा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले युवा जनशक्तिलाई सीप र गुणस्तरसहितको दक्ष जनशक्तिका रुपमा विकास गर्न आवश्यक रहेको हुँदा स्थानीय सरकार अहिले सामाजिक, आर्थिक विकासको जग बलियो बनाउन केन्द्रित भएको बताए । पछिल्लो समय युवाहरु वैदेशिक रोजगारका लागि आकर्षित भए पनि हातमा भरपर्दो सीप नहुँदा समस्या भोग्न बाध्य भएको जस्ता कारणले अलपत्र पर्ने अवस्था आएको हुँदा हरेक व्यक्ति कुनै न कुनै सीपमा दख्खल राख्न सक्ने हुन जरुरी रहेको बताए ।

नगरप्रमुख चैधरीले जुन सुकै क्षेत्रको सीप सिकेर पेशा, व्यवसाय गरेमा भविष्यमा दुख पाउन नपर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा स्थानीय सरकारको ध्यान गएको उनको भनाई थियो । सीप सिकेर यहीँ स्वरोजगार गर्न, उद्यम गर्न अपिल गरे । उनले आफ्नै देशमा सीपको उच्चतम प्रयोग गर्न अपिल गर्दै उनले स्थानीय सरकारले काम गर्ने वातावरण बनाउँदै लगेको उल्लेख गरे ।

कार्यक्रममा वडा नम्बर १४ का वडा अध्यक्ष भानसिंह बुढाले सीप सिक्नका लागि स्थानीय सरकारले अवसर प्रसस्त रुपमा दिलाएको खुसी भएको बताए । उनले तालिमको सही उपयोग गरेर अधिकतम लाभ उठाउन अपिल गर्दै समय र श्रम लगानी बाहेक सबै निशुल्क रुपमा पाएको अवसरलाई सीप विकासमा निखारता ल्याउने गरि सिक्न सुझाव दिए ।

कार्यक्रम संयोजक एवम् निमित्त प्रधानाध्यापक झग्गुप्रसाद पौडेलले २० जना प्रशिक्षार्थीले विल्डिङ इलेक्ट्रिसियन तालिम निशुल्क रुपमा सिक्न पाउने तथा दैनिक खाजा भत्ताको पनि व्यवस्था गरिएकोे बताए । घोराही उपमहानगरपालिकाभित्र बसोबास गर्नेलाई अवसर प्रदान गरिएको १० महिने तालिमबाट दक्ष जनशक्ति उत्पादन हुने अपेक्षा गरिएको उहाँले बताए ।

तालिमका बारेमा सिटिईभीटी संयोजक पूर्णबहादुर शाहीले जानकारी गराएका थिए । उनले २०७५ सालबाट मावि बालविकासले सिटिईभीटीबाट इलेक्ट्रिसियन सम्बन्धि तालिम ४० जनालाई प्रदान गरिसकेको छ भने यो पटक इन्स्योर–२ परियोजनासँगको सहकार्यमा पहिलो पटक २० जना विल्डिङ इलेक्ट्रिसियन उत्पादन गर्न लागेको बताए ।

सामाजिक विकास महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलले सीपले मानिसलाई आत्मनिर्भर बनाउने बताए । हातमा सीप भएको मानिस बेरोजगार हुन नपर्ने उल्लेख गरे । राम्रोसंग सीप सिकेर आत्मनिर्भर हुन सहभागिलाई आग्रह गरे ।

सो अवसरमा सरस्वती मावि काठेकोलका प्रधानाध्यापक बसन्ता पौडेल, प्रशिक्षार्थी कुनिन्थ थापालगायत बोलेका थिए । तालिमको प्रशिक्षकमा प्रेम चौधरी र प्रकाशचन्द्र बुढा रहेका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलकुमारी बुढाको अध्यक्षता र कार्यक्रम संयोजक एवम् निमित्त प्रधानाध्यापक झग्गुप्रसाद पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक लक्ष्मी केसीले गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?