ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

रुक्से भन्ज्याङमा हावाको उज्यालो

९ पुष २०७५, सोमबार
९ पुष २०७५, सोमबार

विजुली भन्नासाथ पानीबाट मात्रै निकालिन्छ भन्ने बुझाई छ । तर हावाबाट पनि विजुली भन्दा पत्यार नलाग्न सक्दछ । तर निस्दी गाउँपालिकाले भने हावाबाट बिजुली निकाल्ने प्रक्रिया शुरु गरेको छ । एक वर्ष अगाडी परिक्षणकाक्रममा हावाबाट निकालिएको विजुलीको सफल भएपछि स्थानिय सरकारले बिजुली निकाल्न थालेको हो ।
गाउँपालिका र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको लगानीमा २५ किलोबाट क्षमताको विद्युत निकालेर गाउँ वस्ती उज्यालो बनाउने अभियानमा स्थानिय सरकार लागेको छ । एक वर्ष अगाडी परिक्षणका क्रममा १ हजार दुई सयबाट क्षमताको विद्युत हावाबाट निकालेर मित्याल बजार उज्यालो बनाउने उद्देश्यले संयुक्त लगानीमा कामको थालनी गरिएको वडा अध्यक्ष न्यौ बहादुर सुनारीले बताए ।
निस्दी गाउँपालिकाको मित्याल बजारमा पर्ने रुक्से भञ्ज्याङ्ग डाँडामा पोलमा जोडिन पंखा घुमाएर निकालिने विद्युतको कार्य यतिखेर तिव्र गतिमा अगाडी बढेको छ । यहाँबाट निकालेको विद्युत मित्यालको रुक्से भञ्ज्याङ्ग, झ्याल्टुङ, मौलाथरका झण्डै २ शय घरमा उज्यालो बनाउने अभियान चलेको उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र सुनारीले बताए ।
स्थानिय उपभोक्ताहरु हावाबाट निकालिएको विजुली प्रयोग गर्न पाउने हुदा निकै उत्साहित भएको अध्यक्ष सुनारीले बताए । यतिखेर पंखा राख्ने ठाउँमा काम तिव्र गतिमा भइरहेको र त्यसपछि घरघरमा विद्युत वायरिङ को काम सकिएपछि विद्युत जडान हुनेछ । निर्माण कामको जिम्मा विराटनगर स्थित कृष्ण ग्रिल एण्ड इन्जिनियरिङ प्रालीले लिएको छ । एक वर्ष अगाडी हावाबाट निकालेको विजुली सफल देखिएपछि थप विजुली निकाल्न स्थानिय सरकार लागेको गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताए । उनका अनुसार गत साल निकालिएको बिजुलीबाट वडा कार्यालय, प्रहरी चौकी, बजार क्षेत्रमा प्रयोगमा ल्याइएको छ ।
वायु तथा सौर्य उर्जाका लागी गाउँपालिकाको ४२ लाख १३ हजार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र को १ करोड ६७ लाख रुपैयाँ गरी २ करोड ९ लाख १३ हजार रुपैयामा गाउँ उज्यालो बनाउने कार्यमा लागेको उनले बताए । गाउँमा यस अगाडी स्थानिय खोलाबाट निकालिएको लघु विद्युतको प्रयोग भएपनि त्यसले पूर्णता पाएको थिएन । विद्युतीकरण पछि गाउँ उज्यालो मात्र नभइ बालवालिकाको पठनपाठनमा समेत सुधार आउने अभिभावकहरुको आशा छ ।
….

एक वर्ष अगाडी हावाबाट निकालेको विजुली सफल देखिएपछि थप विजुली निकाल्न स्थानिय सरकार लागेको हो । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र र गाउँपालिकोको संयुक्त लगानीमा काम शुरु गरेका छौं ।
मुक्त बहादुर सारु
अध्यक्ष
निस्दी गाउँपालिका, पाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?