© २०२३
तितेपाती महिला बचत तथा ऋण सहकारी संस्थाको छैठौं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले सर्वसम्मतरुपमा कमला बस्नेत कुँवरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा पार्वती श्रेष्ठ, सचिवमा गौरा केसी, कोषाध्यक्षमा समा राना रहेका छन् । त्यसैगरी सदस्यहरूमा माया खड्का, शान्तिलक्ष्मी अर्याल, सिमा गुरुङ्ग निर्वाचित भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा तारा बेलबासे, सदस्यहरू शोभा खड्का र रमनी श्रेष्ठ रहेका छन् ।
साधारणसभामा बोल्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गुमादेवी आचार्यले सहकारी संस्थालाई महिला नेतृत्वले सधै राम्रो र सबल बनाउने उदाहरण यो सहकारीले सन्देश दिएको बताइन् ।
कार्यक्रममा अध्यक्ष प्रिया गुरुङ्ग, वडा नं. ९ का कार्यवाहाक अध्यक्ष शिवबहादुर अधिकारी, राट्रिय सहकारी बंैकका प्रबन्धक नरेश पाण्डेय, सहायक प्रबन्धक रुक्मागत श्रेष्ठ, बुटवल बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष लोकनाथ भुषाल, अधिवक्ता हेमा न्यौपाने र मिना पाण्डेय, ओम शिवशक्ति कल्याणी मन्दिरका अध्यक्ष प्रेम पाण्डेय, प्रगति टोलविकास संस्थाका अध्यक्ष क्या गुमानसिंह थापा, कार्यसमिति सदस्य माया खड्का लगायतले बोलेका थिए । ,