© २०२३
बुटवल, १९ चैत ।
नेपाली मिडियामा मिथ्या सुचनालाई न्यूनीकरण गर्न सेल्फ सेन्सरसिप महत्वपूर्ण पाटो भएको एक कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाव दिएका छन् । संविधानमा नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएको नेपालमा यो पेशालाई ब्यावसायिक र मर्यादित बनाउने गरी लाग्नुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिए ।
सेन्टर फर सोसियल ईन्क्लुसन एण्ड फेडेरेसन (सेसिफ) को आयोजनामा आइतबार बुटवलमा नेपाली संचारमा गलत सूचनाबारे रुपन्देहीका सरोकारवालाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोखरेलले संविधानले प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरेको हँुदा पनि यसको सही विकल्प सेल्फ सेन्सरसिप भएको दाबी गरे ।
‘आफुले बोलेको र गरेका कुरामा नियन्त्रण कायम गर्न र आलोचनाबाट बच्न यो उपयुक्त पाटो हो’–उनले भने । मिथ्या सूचनाको नियन्त्रण नभई न्यूनीकरणका लागि नियगमन गर्न जरुरी रहेको उनले औल्याए । मूलधारका मिडियाभन्दा सामाजिक संजालमा सबैभन्दा बढी मिथ्या समाचार आउने गरेको उनले बताए ।
संचारगृहबाट गलत सुचना दिदा समुदाय, देशमा नै ठूलो हिसात्मक अवस्था उत्पन्न हुन सक्नेतर्फ पत्रकार सचेत हुनुपर्ने वरिष्ठ पत्रकार हरि बहादुर थापाले बताए । उनले नेपालमा मिथ्या सूचनाका ऋतिक रोशन काण्ड, नागरिकता लिन लाईन समाचार, एमसिसि काण्ड, २०१८ असोज २९ गते चीनसंग सम्झौता भएको कोदारी राजमार्ग, ढल्केवार–काकडभित्ता सडक खण्ड जस्ता उदाहरणीय घटना भएको समेत बताए ।
शासकीय रबैया, युद्धको औजारका रुपमा संचार क्षेत्रलाई प्रयोग गरिने परिपाटी समेत परापुर्वकालदेखि रहेको उनले बताए । तथ्य भएका समाचार भाईरल हँुदैन तर एक पक्षीय लेखिएका समाचार धेरै शेयर हुने गरेको उनले दाबी गरे । पछिल्लो समय सामाजिक संजालको बढ्दो प्रभावका कारण सस्क्राइब बढाउने देखि कसले, कहाँ, किन र कुन समयले यसको उत्पादन गर्छ भन्ने जस्ता समस्या रहेको उनले बताए ।
सामाजिक संजाल फेसबुक, ट्वीटरहरुले नेपाली मिडियाका समाचारहरु प्रचार गरेर विज्ञापन लिएका छन् तर त्यसको कुनै विज्ञापन नदिने हँुदा यस विषयमा कुरा उठाउन बेला आएको उनले बताए । पछिल्लो समय रवि लामिछानेको १२ भाईको विषय भाष्य परिवर्तन गर्ने उद्देश्यका साथ आएको उनले दाबी गरे ।
श्रोत नभएका तर केहीले बताए भनेर धेरै समाचार आउने पुरानो प्रचलन जुन पंचायतकालमा प्रोपोगान्डाका रुपमा मुर्ती चोर्ने काम रोक्न जम्मा गरेको भिडलाई पार्टी विस्तार गर्ने, पम्फादेखिको स्वीस बैकमा खाता, हिमानी र पारसको झगडाको बिषय जस्ता आउने गरेको उनले स्मरण गरे । “मिथ्या र भ्रामक सुचना लोकतन्त्र विरुद्ध लागेको पाउँछौ । पछिल्लो समय सामाजिक संजाल, टिकटककै कारण ब्यक्तिको बौद्धिक क्षमतामा कमजोर आएको छ”–उनले दःुखेसो गरे ।
लेखनशैलीमा क्षमता ह्रास हुने अवस्था आएको उनले बताए । समयसापेक्ष विभिन्न प्रभावको कारण हुने गरेको छ । पछिल्लो विकासका अधिकांश विषय कमिसन एजेन्टका कारण आएको उनले दाबी गरे । कार्यक्रममा महासंघका उपाध्यक्ष अमृता अनमोल, प्रेस युनियनका सभापति रेखा भुषाल, श्याम पोखरेल, सिपि खनालले नयाँ पुस्तालाई बेलाबेला अभिमुखीकरण कार्यक्रम दिएर मिथ्या सूचना र यसको प्रभावबारे निरन्तर छलफल चलाउनुपर्ने बताए ।