© २०२३
प्रदेश नं. ५ को प्रदेशसभामा छलफलका लागि चार विधेयक दर्ता भएको छ । हिउँदे अधिवेशन आगामी मङ्सिर २६ गतेबाट शुरु हुँदैछ । अधिवेशनमा ती विधेयकमाथि छलफल हुने प्रदेश नं.५ को कानून तथा विधेयक शाखाका चन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।
प्रदेशसभामा प्रदेश नं ५ जाँचबुझ आयोगको गठन तथा काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं. ५ को सङ्घ, संस्थाहरूको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ अन्तर प्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नं ५ प्रदेश प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आन्तरिक मामिला तथा कानून मन्त्रालयले दर्ता गराएको हो ।