© २०२३
लियो क्लव अफ बुटवल स्टार्सको आयोजनामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा एक थान ह्वीलचियर प्रदान गरेको छ ।मंगलबार बुटवलमा एक कार्यक्रमको आयोजना गरी नयाँ जीवनको लागि हातेमालो संस्थामा समन्वयमा उक्त ह्वीलचियर प्रदान गरिएको छ । दुर्घटनाको कारण दुबै वटा खुट्टा गुमाएकी कपिलवस्तु नरपालिका–२ मोतिपुरकी मायाँ थारु लाई करिब १७ हजार रूपैयाँ बराबरको ह्वील चियर प्रदान गरिएको क्लबका अध्यक्ष संगीता रानाभाटले जानकारी दिईन् । नयाँ जीवनको लागि हातेमालो कार्यक्रम संस्थाकी स्वास्थ्य अधिकृत संगीता श्रेष्ठको विशेष आग्रहमा ह्वीलचियर प्रदान गरिएको हो । कार्यक्रममा क्लवका तृतिय उपाध्यक्ष विनोद जयसवालले सामाजिक सेवा भावले सहयोग गरिएको बताएका थिए । कार्यक्रम अजय महतोको संयोजकत्वमा भएको थियो । à