© २०२३
नेपाल अपाङ्ग समाज सियारीले पनि अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । सियारी गाउँपालिका–४ लिलाराम जनता माविमा एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको समाजका अध्यक्ष टेक बहादुर घलेले जानकारी दिए ।
उनका अनुसार कार्यक्रममा सियारी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष श्रीप्रसाद श्रेष्ठले मन्तव्य राख्दै अपाङ्गमैत्री भौतिक संरचना निर्माणमा स्थानीय तहले विशेष ध्यान दिने बताएका थिए । कार्यक्रममा समाजसेवी गोपाल प्रसाद पाण्डे, संस्थाका उपाध्यक्ष जगन्नाथ तिवारी, अपाङ्ग बाल अस्पताल बुटवलका प्रतिनिधि राजराम चौधरी लगायतले बोलेका थिए । कार्यक्रममा गाउँपालिका स्तरका करिब ५० जना विभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरूको सहभागीता रहेको थियो ।