© २०२३
लायन्स क्लव अफ बुटवल स्टार्सको आयोजनामा नियमित रक्तदान कार्यक्रम गरिएको छ । क्लब सचिवालय बुटवल–६ मा आयोजना गरिएको रक्तादान कार्यक्रममा ३८ जनाले रक्तदान गरेका थिए ।
लायन्स क्लब अफ बुटवल स्टार्सका अध्यक्ष एमजेएफ एम्.एल्. पाण्डेका अनुसार विगत लामो समय देखि ३÷३ महिनामा क्लवले रक्तदान कार्यक्रम गर्दै आएको छ ।
रक्तदान कार्यक्रमको लायन्स ३२५ वि २ का पुर्व डिष्ट्रिक गर्भनर एम जे एफ महेन्द्र नारायण श्रेष्ठले रक्तातालाई ब्लग ब्याग प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा बोल्दै एसिया चिफ पुरुसोत्तम प्रधानाङ्ग, लायन्स क्लव अफ मेट्रोसिटीका अध्यक्ष विनोद सुवेदी, क्लवका संस्थापक अध्यक्ष एम जे एफ, सन्दीप कसौधन लगायतले रक्तदानको महत्वको विषयमा आ–आफ्नो धारणा राखेका थिए । रक्तदान कार्यक्रम संयोजक प्रदिप भट्टराईका अनुसार रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधि सहयोगमा कार्यक्रम भएको थियो ।