© २०२३
लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेको सन्र्दभमा रूपन्देहीको देवदहमा भने लैङ्गिक हिंसा विरुद्ध जनचेतना कार्यक्रम गरी मनाइएको छ ।
देवदह नगरपालिकाको आयोजना र देवदह वडा नं ७ को व्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै अवसरमा देवदह नगरपालिका उप–प्रमुख बिद्यालक्ष्मी गुरुङ्गले समाजमा खुलेर अगाडि बढ्न नसक्दा महिलाहरू पछाडी पर्नुका साथै हिंसाको चपेटामा फसिरहेको उल्लेख गरिन् ।
शिक्षा र रोजगारीको राम्रो अवसर नहँुदा पनि पिछडिएको बताउँदै हिंसा सहने र हिंसा गर्ने दुबै समाजको दोषि रहेको बताइन् । उनले जबसम्म महिला शसक्तिकरणलाई नेतृत्व वर्गसम्म पु¥याउँदैन तबसम्म लैङ्गिक हिंसा भइरहने बताउँदै पुरुष र महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने उल्लेख गरिन् ।
कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष पदम थापाले भगवानको पालादेखिनै महिलाहरू शोषित र हेलित जीवन बिताउन बाध्य भएको हुदा शिक्षा र रोजगारको ग्यारेन्टि नहुँदासम्म महिलाहरू शोषित नै हुने बताए । अधिवक्ता हेमा न्यौपानले महिलाहरू गर्भदेखि बृद्ध अवस्थासम्म कसरी हिंसामा पर्ने गर्दछन् भन्ने विषयमा प्रोजेक्टरको माध्यमबाट महिलाहरूलाई प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा वडा सदस्य शुशिला भट्टराई, देवदह ७ का महिला जनप्रतिनिधि सरस्वति पोखरेल, ८ का जनप्रतिनिधि देबु भट्टराई लगायतले बोलेका थिए । à