© २०२३
नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुणदलको केन्द्रिय नीति अनुरूप तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल तरुणदल कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिंह ठकुरी (शक्ति) कपिलवस्तु काँग्रेसका तरुण बिभाग प्रमुख जमसेद खाँ नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत प्रकाश खनाल मार्फत प्रधानमन्त्रीका लागी ज्ञापनपत्र बुझाएको हो । देशका ७७ वटै जिल्लामा बुझाइएको ज्ञापनपत्रमा बर्तमान सरकार बिकास निर्माण, शान्ति सुरक्षा, सुशासन र पारदर्शितामा सफल हुन नसकेको उल्लेख गरिएको छ ।
बर्तमान सरकार गठनपछि देशमा अराजकता बढेको, भ्रष्टाचार र मूल्यबृद्धि नरोक्किएको, जहाज खरिदमा अनियमितता भएको, राष्ट्रपतिलाई १८ करोडको गाडी किन्न थालिएको, निर्मला हत्या काण्डका अपराधीलाई कारवाही नभएको र धार्मिक साम्प्रदायिकतामा खलल पुग्ने गरि एसिया पेशिफिक कार्यक्रममा सरकारले सहयोग गरेको भन्दै ज्ञापनपत्र मार्फत बिरोध जनाइएको छ । सरकारलाई यस्ता कार्य तत्कालै सच्याउन अनुरोध गर्दै जनताका हित अनुरूपको कार्य नगरिए सरकार बिरुद्ध तरुण दल संघर्षमा उत्रिने ज्ञापनपत्र मार्फत चेतावनी दिइएको छ । सो अवसरमा तरुण नेता राजेश ज्ञवाली, युवा नेता अनुप पाण्डेय, तरुण दलका क्षेत्रिय सभापतिहरू राजेश उपाध्याय, सुनिल कुमार पाण्डेय, बाणगंगा नगर सभापति तिलक थापा, नेबिसंघका जिल्ला नेता चन्द्रकान्त पोख्रेल लगायतको सहभागीता रहेको थियो । आफूहरूले केन्द्रिय परिपत्र अनुसार देशैभरिबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएको जनाउँदै आफना माग पुरा नगरिए कडा संघर्षमा उत्रिने तरुणदलका जिल्ला अध्यक्ष खोम बहादुर सिंह ठकुरी (शक्ति) ले बताए । à