© २०२३
सौन्दर्यकला व्यवसायी संघ रूपन्देहीको आयोजनामा नेपालमै पहिलो पटक बुटवलमा दुई दिने शैलुन म्यानेजमेन्ट वर्कसप सुरु भएको छ । भारतीय प्रसिद्ध अन्र्तराष्ट्रिय मेकअफ आर्टीस तथा हेयर स्टाईलिस ट्रेनर गोपिका दोपारले सहजीकरण गरेकी छिन् । कार्याशाला संयोजक तथा सान्दर्यकला व्यवसायी संघ प्रदेश केन्द्रीय उपाध्यक्ष मिना प्रधानले यसस्तो प्रकृतिको कार्यक्रममा नेपालमै पहिलो पटक गरिएको जानई दिइन् ।
उनका अनुसार जले महिलाहरूले सञ्चालन गरेको शैलुन (ब्युटी पार्लर) व्यवस्थापनमा महत्पूर्ण भुमिका खेल्ने बताईन् । कार्याशालामा रूपन्देही जिल्ला सहित पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, जनकपुर बाट समेत आएका करिव ५० जना सौन्दर्यकला व्यवसायीहरू र नयाँ व्यवसाय सुरु गर्न लागेका महिलाहरूको सहभागीता रहेको सौन्दर्यकला व्यवसायी संघ रूपन्देहीकी अध्यक्ष रेनु श्रेष्ठले जानकारी दिइन् । à