© २०२३
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाका सार्बजनिक लेखा समितिका सभापति भरत कुमार शाहले सरकारले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित गर्न नसकेको बताएका छन् ।
नेपाल प्रेस युनियनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिक र बित्त अधिकार बिकेन्द्रित नहँुदा जनतामा संघीयता प्रति नै निरासा बढ्न सक्ने बताएका छन् ।
प्रदेश अन्तर्गत प्रहरी प्रशासन छैन, सिडियो छैन बित्तिय श्रोतको बाँडफाँड गर्न बित्तिय आयोग बनेको छैन सबै संघिय सरकारले आफै गरीरहेको छ यसले जनतामा कामै नगर्ने प्रदेश किन चाहियो भन्ने हुन सक्छ, समस्या ल्याउँछ सभापति शाहले भने । शान्ति सुरक्षा, बिकास निर्माण र सुशासनमा सरकार पुर्ण रूपमा असफल भएको बताउँदै उनले अदालतले नछोड्न भनेका व्यक्तिलाई छोडेर राजनीतिक अराजकता बढाउन खोजेको पनि आरोप लगाए ।
सार्बजनिक लेखा समितिका सभापति शाहले सरकारलाई पारदर्शी र जवाफदेही बनाउन बेरुजु फस्यौट र अनियमिततालाई सार्बजनिक लेखा समितिले प्राथमिकता दिएर अहिले शुक्ष्म ढंगले अध्ययन गरीरहेको बताए ।
उनले वाइड बोडि बिमानदेखि एनसेन लाभकरका सम्वन्धमा समितिले प्राथमिकताका साथ अध्ययन गरिरहेको बताए ।समितिको काम सरकारलाई पारदर्शी र जवाफदेही बनाउँदै राजश्व बढाउन राज्यलाई सहयोग गर्ने पनि हो मुलुको बिकासका लागि राजश्व आवश्यक छ जहाँ जस्ले त्रुटि गर्छ त्यसलाई अध्ययन गरेर कारवाहीको शिफारिस गर्छौ सभापति शाहले भने । à