© २०२३
इलाका प्रहरी कार्यालय बुटवल र पाँच नम्बर प्रदेश प्रहरी कार्यालयको बिशेष टोलीले बुटवलको इट्टाभट्टी बाट २५ केजी चरेस सहित ४ जनालाई पक्राउ गरेको छ ।
बागलुङबाट ल्याईएको चरेस बुटवलमा किनबेच बारे कुरा हुँदै गर्दा लागूऔषध चरेस सहित जिल्ला जाजरकोट खल·ा गाउँपालिका ९ बस्ने तिलक पुन जिल्ला रूपन्देही बुटवल उपमहानगरपालिका ११ बस्ने दिपेन्द्र घर्ती जिल्ला जाजरकोट बारीकोट गाउँपालिका १ बस्ने टोकेन्द्र बोहोरा र जिल्ला जाजरकोट नल्गा गाउँपालिका २ बस्ने प्रेम बिकलाई प्रहरीले प्रकाउ गरेको हो । उनीहरूको शरीरबाट लुकाइ राखेको १२÷१२ लप्सा चरेस फेला पारेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिल बहादुर मल्लले बताए । बुटवलमा चरेसको कारोबार हुँदै गरेको भन्ने सूचनाको आधारमा प्रदेश नम्बर ५ को प्रहरी कार्यालयको सुचनाको आधारमा खोजतलास गर्दै जाँदा लागूऔषध चरेस फेलापारेको प्रमुख मल्लले बताए । चरेस बाग्लु·बाट बिक्रीका लागि बुटबल ल्याइएको बुझीएको छ । पछिल्लो समय बुटवलमा चरेसको ओसार पसार हुन थालेको भन्दै प्रहरीले निगरानी समेत बढाएको थियो । जसअनुसार गएको महिना समेत प्रहरीले ३५ केजी चरेस सहित बुटवलको बेलबासबाट ३ जनालाई पक्राउ गरेको थियो ।