© २०२३
रूपन्देहीको छपिया निवासी नारायण प्रसाद गौतमको दुवै मृगौला प्रत्यारोपणको लागि लायन्स क्लब अफ बुटवल सयपत्रीले सहयोग रकम जुटाउँदै आउने क्रममा नेपालबाट रोजगारका निम्ति कतार पुगेका नेपालीको संस्था समाजसेवा अभियान, रूपन्देही कतारले उपलब्ध गराएको ३५ हजार रकम विहिवार पिडितका बुबालाई हस्तान्तरण गरेकोछ ।
समाज सेवा अभियानको कोषाध्यक्ष तथा सहयोग संकलन संयोजक मनोज कुंवरको पहलमा संकलन भएको रकम लायन्स क्लब अफ बुटवल सयपत्री अध्यक्ष ला. रोशनी पाण्डे, क्लबका पूर्व सचिव तथा कार्यक्रम संयोजक ला. कमला बस्नेत, सहसंयोजक ला. पार्वती श्रेष्ठ र समाजसेवा अभियान रूपन्देही, कतारका नेपाल संयोजक शिव पराजुली, सल्लाकार गोपाल तिवारी, सचिव कृष्ण न्यौपाने, सदस्य राज अर्यालले संयुक्त रूपमा नगद रकम प्रदान गरिएको संयोजक कमला बस्नेत कुवंरले बताईन ।