© २०२३
सैनामैना नगरपालिका अन्तरगत पर्ने सालझण्डी बजारमा अहिले चहल पहल बढ्दै गएको छ । ५ नं. प्रदेशको अस्थाई राजधानि बुटवल सैनामैनाको नजिक र सालझण्डी बजारमा ढोरपाटन सडक सञ्जालले जोडे संगै यो क्षेत्रमा मानिसहरूको चहलपहल र सवारी साधनको चाप बढेको छ ।
मानिसको चहल पहल र सवारी साधनको बढ्दो चापसंगै यस क्षेत्रमा शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउन यस क्षेत्रलाई सिसि क्यामराको निगरानिमा राखिएको छ । जस अन्तर्गत सालझण्डी बजारमा ३ ओटा र ईलाका प्रहरी कार्यालय अगाडी २ ओटा क्यामरा जडान गरिएको हो । क्यामराको मोनिटरिन ईलाका प्रहरी कार्यालय सालभण्डीमा राखिएको छ ।
सवारी साधनको चाप संगै बढेको सडक दुर्घटना र दुर्घटना पछी हुने अनुसन्धानलाई सिसि क्यामराको जडान बाट सहज हुने ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक रविन मैनालीले बताए । धेरै जनशक्त्तीले गर्न नसक्ने काम यस क्यामराको जडान पछि क्यामराले गर्ने उनको भनाई रहेको छ ।
सैनामैना नगरपालिकाको आ.ब. ०७५/७६ को ३ लाख बजेट अन्तरगत उक्त क्यामरा जडान गरिएको सैनामैना नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताए । क्यामरा जडानले नगर क्षेत्रको शान्ती सुरक्षा मजबुद बनाउन सहयोग मिल्ने भण्डारीले बताए ।
सैनामैना नगरपालिका भित्र पर्ने बजार क्षेत्र कलौनी, बुद्धनगर र रानिबगियामा पनि मानिसहरूको जनघनत्व बढ्दै गएको बताउदै उक्त स्थानमा अस्थाई बिट राख्न सैनामैना नगरपालिकाले पहल गरेको भण्डारीले बताए ।