ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

चैत ११ गते मिस वेष्ट्रन नेपालको फिनाले : महिला सशक्तिकरणको एक अभियान

७ चैत्र २०७९, मंगलवार
७ चैत्र २०७९, मंगलवार

बुटवल, ६ चैत ।

बुटवलकी ममता घिमिरे आईएस एमटी बुटवलमा आईटीकी छात्रा हुन् । प्राविधिक विषयमा चाख भएकी उनको पढाईबाहेक अन्य विषयमा खासै ध्यान थिएन । बुटवलमा भएको मिस वेष्ट्रन नेपालमा अन्तिम ९ मा उनी पर्न सफल भईन् । छनौट भएसंगै फिनालेका लागि दुई हप्तासम्म क्षमता अभिवृद्धिका तालिममा उनी सहभागी भईन् । तालिमपछि भने उनी दङ्ग छिन् ।

पढाई बाहेक समाज र समुदाय नबुझेकी उनी तालिमले धेरै फाईदा मिलेको बताईन् । ‘ब्यक्तिहरुसंग कसरी बोल्ने, सामाजिक विषयबस्तुमा साथीहरुसंग कसरी समन्वय गर्ने, बक्तृत्वकला जस्ता धेरै कुरा सिके’– उनले भनिन् । सौन्दर्य प्रतियोगितालाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको धारणा छ । शारीरिक रुपमा मात्र नभई बौद्धिक रुपमा समेत फिट हुनुपर्ने ज्ञान लिएको उनले बताईन् ।

सैनामैनाकी कृष्णा महोत्रा मिस वेष्ट्रन नेपालमा अन्तिम ९ मा पर्न सफल सहभागी हुन् । रानीबगियामा कक्षा १२ विज्ञान संकायमा अध्ययरत उनी साथीहरुसंग खुलेर बोल्न हिचकिचाउँथिन् । दुई हप्ताको तालिमबाट उनी अहिले पढाईसंगै योग, ध्यान, बजारीकरण र युवा उद्यमशिलताका विषयमा सिकाई भएको बताईन् । ‘क्लोज क्याम्पमा युवा वर्ग लक्षित जीवन उपयोगी धेरै नयाँ सिकाई भयो’–उनले भनिन् । अरुको नजरबाट समाजलाई हेर्ने दृष्टिकोण सिकाई भएको उनले बताईन् ।

उनीहरु जस्तै अन्तिम ९ सहभागीहरुलाई दुई हप्तासम्म योगा प्रशिक्षक निश्चल ईन्द्रायणी, राजिव खनाल, गोपाल अधिकारी, छवि शर्मा, समुन्द्र घिमिरे जिसिले तालिमलाई सहजीकरण गरेका छन् । यसबाट उनीहरुमा मनोबल बढेको छ । क्लोज क्याम्पमा योगा, नेतृत्व तालिम, बजारीकरण, फोटो र भिडियो सुट, युवा उद्यमी सम्बन्धी तालिम दिईएको नेक्स्ट रिभोलुसन नेपालका एमडी राजिव खनालले बताए । ‘महिला सशक्तिकरणको यो एउटा अभियान हो’– उनले भने ।

महिलाको सुन्दरतालाई मात्र हेर्ने नभई बौद्धिकता समेत मापन गर्ने रुपमा यो प्रतियोगिता भएको उनले बताए । मिस वेष्ट्रन नेपालको फिनालेको तयारी अन्तिम चरणमा पुगेको छ । चैत ११ हुने होटल फ्लामिङ्गोमा हुने फिनालेको आवश्यक तयारी पूरा भएको उनले बताए । फागुन १७ गते अडिसन सम्पन्न भएको थियो । प्रतियोगिताको अन्तिम ९ मा तिलोत्तमा नगरपालिकाकी बिनिता भट्टराई, बुटवलकी ममता घिमिरे, बुटवलकी निशा पाण्डे, सविता बेलबासे, तिलोत्तमाकी करुणा काफ्ले, सैनामैनाकी अफसना सुनार, सैनामैनाकी कृष्णा माहोत्रा, सिद्धार्थनगरकी मनिषा चौधरी, सैनामैनाकी अजिता रेग्मी अन्तिम प्रतियोगी छन् ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार न्यूनतम ५ फिट ३ इन्च उचाई तथा १८ देखि २७ वर्षका अविवाहितले भाग लिएका छन् । मिस नेपाल हिडन ट्रेजरको फ्रेन्चाईजीका रुपमा यस क्षेत्रमा संस्थागत रुपमा प्रतियोगिता गर्दै आएको उनले बताए । फिनालेमा विजेता एक जनाले पश्चिम क्षेत्रबाट प्रतिनिधित्व गर्दै मिस नेपालमा भाग लिने उनले बताए । ‘मिस नेपालको प्लेटफर्ममा पुग्ने यो आधार हो ।’–उनले भने । सन २०१८ बाट यो क्षेत्रमा संस्थाले प्रतियोगिता गर्दै आएको छ । यस क्षेत्रबाट प्रतिनिधित्व गरेका सहभागीले मिस नेपालमा टप १२ सम्म पुगेका छन । कार्यक्रम निर्देशक गोपाल अधिकारीले समयसापेक्ष सौन्दर्य प्रतियोगिताको मापदण्डमा परिवर्तन आएको भन्दै बौद्धिक स्तरबाट विजेता बनेर सामाजिक क्षेत्रमा काम गर्ने अवसर समेत यसबाट मिल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?