ट्रेंडिंग:

>> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा

लोभलाग्दा तरकारीका पकेट क्षेत्र 

१० मंसिर २०७५, सोमबार
१० मंसिर २०७५, सोमबार

पाल्पाको पूर्वखोला गाउँपालिका तरकारीको पकेट क्षेत्र बनाउने अभियानमा लागेको छ । निर्वाहमुखी खेतीलाई प्रतिस्थापन गर्दै गाउँमै संभावना छन् भन्ने संभावना देखाउनका लागि तरकारी पकेट क्षेत्रको काम शुरु गरिएको गाउँपालिकाको भनाइ छ ।
यहाँका गाउँमा गरिएको सामूहिक तरकारी उत्पादनको अभ्यास किसानका लागि मात्र होइन स्थानीय र प्रदेश सरकारका लागि पनि सिकाइ बन्न सक्ने देखिन्छ । यसको अध्ययनले मुख्यगरी प्रदेश नं. ५ को सरकारले चालु आर्थिक बर्षका लागि योजना गरेको कृषि क्षेत्रलाई प्रतिस्प्रर्धी बनाइ यूवाहरूलाई आकर्षण गर्ने, प्रत्येक निर्वाचन क्षेत्रमा एक वटा प्रदेश स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन गर्नका लागि पनि प्रदेश सरकारले सिक्न सक्ने देखिन्छ । प्रदेश सरकारले कृषि व्यवसायलाई प्रोत्साहित गर्न उत्पादनमा आधारित अनुदानका लागि अनुदान कोष स्थापना बिषयमा १० करोड र प्रत्येक निर्वाचन क्षेत्र एक वटाका दरले आगामी आर्थिक वर्ष प्रदेश स्मार्ट कृषि गाउँ कायक्रम संचालन गर्न रु. २६ करोड रकम विनियोजन गरेको छ ।

पालिकाभित्र रहेका गाउँमा सम्भाव्यता हेरि काम शुरु गरिएको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताए । किसानमा खेति गर्नुपर्छ भन्ने जागरण जगाउँदै बिउ, सिंचाई, मल, प्रबिधिमा सहयोग गर्ने नीति गाउँपालिकाले लिएको उनले बताए ।
गाउँपालिकाले गाउँमा सामूहिक तरकारी खेती गर्ने अभ्यास गरिरहेको छ भने त्यसरी खेती गर्दा कृषिमा लहर आउने पालिकाको बुझाई छ । खेती गरिएका जमिन खेर गइरहेको र निर्वाहमुखी खेती भइरहेको अवस्थाको भएको गाउँपालिकाका कृषि प्राविधिक सन्तोष कडेलले बताए । गाउँपालिकालाई आलुमा आत्मनिर्भर बनाउने पहिलो प्रयास रहेको प्राविधिक कडेलको भनाइ छ । उनका अनुसार यो बर्ष किसानलाई ५० प्रतिशत अनुदान दिई २० टन आलु लगाइन लागेको छ ।
गाउँपालिकाको वडा नं. ६, हेक्लाङको झेमराङ गाउँमा खाँडदेवी कृषक समूह बनाई चार रोपनीबाट सामूहिक बन्दा र काउली लगाइएको छ । समूहमा लगाएको काउलीमा हजारीको प्रयोग गरि सिंचाइ गर्ने काम पालो बाँडेर गर्ने गरेको समूहकी सदस्य मनिसरा काम्मुले बताइन् । बारी तयारी गर्दा, गोडेमेल गर्दा समूहका सबैजना आउने गरेपनि दैनिक गर्नुपर्ने काम पालोगरेर गरेको उनको भनाइ छ । मकै खेती गरी बाँझै रहने बारीमा काम गर्दा गाउँमा उत्साह आएको वडा सदस्य नरेन्द्र काम्मुले बताए । ‘अहिलेलाई चार रोपनीबाट शुरु भयो,’ उनले भने–‘हामी ३० रोपनीमा तरकारी खेती बढाउने योजनामा छौं ।’ उब्जनि र फाइदा अनुसार जमिनको भाडा दिने सहमती भएको उनले बताए । वडा नं. ६ कै खुमडाँडामा रहेको कानुङ कृषक समूहमा २६ घरधुरीले १८ रोपनी जमिनमा लोभलाग्दो गरी सामूहिक तरकारी खेती गरिरहेका छन् ।

त्यसमध्ये १० रोपनीमा टमाटर खेती छ भने ८ रोपनीमा बन्दा र काउली खेती छ । समूहका अध्यक्ष जीतबहादुर रानाले ११ टन टमाटर बिक्री गरिसकेको बताए । साउनको पहिलो हप्ता रोपेको टमाटरले भदौको अन्तिम हप्ताबाट फल टिप्न शुरु गरेको उनले बताए । मलेसियामा कृषि फर्ममा काम गरि फर्केका स्थानीय यूवा जीतबहादुर राना समूहको अध्यक्ष बनी समूहको अगुवाई गरिरहेका छन् ।

वडा नं. ६ का अध्यक्ष मनबहादुर सारुले यस्तै खालको १० वटा फर्म बनाउने योजना रहेको सुनाए । समूहमा तरकारी लगाएको अहिलेको काम देखेर अझै काम गरौ, ठाउँ बढाऔं भनेर गाउँलेबाट माग आएको सारुले बताए । उनले गाउँमा रहेको सम्भाव्य तरकारी लगाउने जमिन खोजिरहेको उनको भनाई छ । अहिले टमाटर लगाइरहेको जमिन यसअघि नमिलेको डाँडा रहेको थियो । सानो सानो सुर्को बारीलाई डोजर लगाई सम्याई खेती गर्न योग्य भएको वडाध्यक्ष सारुले बताए । उक्त ठाउँमा मकै लगाउँदा ६ महिनामा पुग नपुग ३० को उत्पादन हुनेमा ६ महिनामा १० लाख बढी आम्दानी गरिसकेको समूहका बजार व्यवस्थापक सविन घर्तीले बताए । यो बर्षदेखि मकै रोप्न छाडि तरकारी खेती शुरु गरिएको र यसले धेरै गुणा फाइदा दिएको उनको भनाई छ ।

उनका अनुसार बैशाख–असार बन्दागोभी, साउन–मंसीर टमाटर, पुस –फागुन आलु, फागुन–बैशाख भेडे खुर्सानी लगाउने योजना छ । एक दुई जना साथी मिलेर गर्ने कि भन्ने सोंच भएपनि गाउँका सबै सहभागी हँुदा राम्रो हुने ठानेर सामूहिक खेतीतर्फ लागेको समूहका अध्यक्ष रानाले बताए । सबैलाई हुने गाउँकालाई हुने ठानेर यसो गरिएको उनको भनाइ छ । सामूहिक खेती गर्ने उत्साह देखेपछि ६ नम्बर वडा कार्यालयले चालु बर्षका लागि ८ लाख बिनियोजन गरेको वडाध्यक्ष मन बहादुर सारुले बताए । उनका अनुसार उक्त बजेट टनेल व्यवस्थापन, प्लास्टिक पोखरी निर्माण, कुखुरा फारम र बंगुर फारम निर्माणमा खर्च गरिनेछ ।

गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार खुमडाँडा, ढोरीमारा, साठीकोल, पोखरीछाप, झेमराङ र कर्नीडाँडामा तरकारीको पकेट क्षेत्रको विकास हुने गरी काम भइरहेको छ । सिंचाइको सुबिधाका लागि ती क्षेत्रमा प्लास्टिकको ५२ वटा पोखरी निर्माण गरिने र त्यसका लागि गाउँपालिकाले प्लास्टिक शत प्रतिशत अनुदान दिने कार्यक्रम छ । बेमौसमीमा पनि तरकारीको उत्पादन गर्ने योजना गाउँपालिकाले राखेको प्रमुख प्रशासकिय अधिकृत हरि प्रसाद पौडेलले जानकारी दिए । उक्त खेती गर्नका लागि प्लास्टिकको टनेल बनाउन गाउँपालिकाले ५० प्रतिशत अनुदान दिई किसानलाई प्रोत्साहन गर्न खोजेको पौडेलको भनाइ छ ।

………………

खेती गइरहेको जमिन र निर्वाहमुखी खेती भइरहेको जमिनमा सामूहिक खेती शुरु भएको छ । सानो स्केलमा देखिएको यो खेती बढाउनका लागि माग भइरहेको छ । यसले गाउँमै रोजगारीको अवसर छन् भन्ने लहर ल्याउने संकेत देखेको छु ।
सन्तोष कडेल
कृषि प्राविधिक, पूर्वखोला गाउँपालिका, पाल्पा

========================

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?