ट्रेंडिंग:

>> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’ >> २०८२ साल सुरु >> शिकार खेल्दा गोलीले एकको मृत्यु, २ नाल हतियार सहित ३ पक्राउ >> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित

तिलोत्तमा प्रिमियर लिगको सेमीफाईनल समिकरण पुरा

७ मंसिर २०७५, शुक्रबार
७ मंसिर २०७५, शुक्रबार

रूपन्देहीमा जारी दोस्रो संस्करणको तिलोत्तमा प्रिमियर लिग क्रिकेट प्रतियोगिताको अन्तिम लिग खेलमा मणिग्राम किङ्गलाई २२ रनले पराजित गर्दै बुटवल डाईनामाईट दोस्रो जित निकाल्दै सेमीफाईनलमा प्रवेश गरेको छ । योसंगै प्रतियोगिताको सेमीफाईनल समिकरण पुरा भएको छ । मणिग्राम किङ्गले २ खेलमा जितसहित ४ अंक र नेटरनरेटको आधारमा समुह विजेता र बुटवलले २ खेलमा जित निकाल्दै ४ अंकसहित उपविजेता बन्दै सेमीफाईनलमा प्रवेश गरेका हुन । समुह ए मा रोयल शंकरनगरले ३ खेलमा जित निकाल्दै ६ अंकका साथ समुह बिजेता र लुम्बिनी कासाई दुई खेलमा जित निकाल्दै ४ अंकका साथ उपविजेता हुदै सेमीफाइनलमा प्रवेश गरेका छन । यो समुहबाट रोयल च्यालेन्जर भैरहवा र ज्ञानोदय बाहिरिएको छ । शुक्रबार पहिलो सेमीफाईनल खेलमा रोयल शंकरनगर र बुटवल डाईनामाईट तथा दोस्रो सेमीफाईनल खेलमा लुम्बिनी कासाई र मणिग्राम किङ्गका बिचमा खेल हुने छ ।
तिलोत्तमा क्रिकेट विकास समितिको आयोजनामा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ स्थित नवजिवन क्लवको खेल मैदानमा विहिबार भएको निर्णायक खेलमा टस जितेर ब्याटिङ्गको निणर्य गरेको बुटवल डाईनामाईटले निर्धारित २० ओभरमा ४ विकेटको नोक्सानीमा १ सय ५७ रनको लक्ष्य खडा गरेको थियो । शुरुवातमा धरमराएको बुटवलको ब्याटिङ्ग लाईनलाई पाचौ नम्बरका ब्याट्सम्यान हरि बहादुर चौहान र छेैटौ नम्बरका सौरभ खनालले सम्हालेका थिए । सौरबले ६ छक्का र २ चौकाको मद्यतले २४ बलमा विष्फोटक ५४ तथा हरिले २५ बलमा २५ रन बनाए । मणिग्रामका लाल बहादुर अधिकारीले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको मणिग्रामका ब्याट्सम्यान पुरै २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ३५ रनमा समेटियो । मणिग्रामका ओपनर भुवन गैरे शुन्यमा आउट भएपनि राहुल लोहारले २१, कृष्ण सार्कीले ३९ तथा सन्दिप रजालीले १७ रन जोडेपनि जितका लागि पर्याप्त भएन । कम स्कोरमा रोक्न विकास श्रेष्ठ र सौरभ खनालले समान २–२ विकेट लिएका थिए । खेलमा बुटवल डाईनामाईटका सौरभ खनालले म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।
विहिबार विहान भएको पहिलो खेलमा रोयल शंकरनगरले लुम्बिनी कासाई ग्लाडियटर्सलाई ७१ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ्गको निणर्य गरेको शंकरनगरले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ८५ रनको लक्ष्य खडा गरेको थियो । जुन लक्ष्य प्रतियोगिताकै सर्वाधिक समेत हो । ओपनर सुनिल कुमार र सन्दिप सुनारको राम्रो पार्टनरसिप हुन सकेन । सुनिल २ बलमा केवल ४ रनमा महेशपति मिश्राको बलमा बोल्ड भएपनि सन्दिपले ३३ बलमा ५४ रन बनाएका थिए । खेलमा रोहित पौडेलले ३२ तथा सुशान्त भारीले २८ रन बनाएका थिए । लुम्बिनीका भिम सार्कीले ४ ओभर बलिङ्ग गर्दै १४ रन दिएर ३ विकेट लिएका थिए । विशाल लक्ष्य पछ्याएको लुम्बिनी कासाई १६ ओभरमा केवल १ सय १४ रनमा समेटिएको थियो । लुम्बिनीका ओपनर कुशल मल्ल २९ बलमा ३८, दुर्गेस कुर्मी १२ बलमा १३ र भिम सार्की १५ बलमा ३० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन । कम स्कोरमा रोक्न शंकरनगरका रोहित कुमार पौडेल, सन्दिप सुनार, राहुल चौहान र बिशाल भुषालले समान २–२ विकेट लिएका थिए । खेलमा रोयल शंकरनगरका सन्दिप सुनार म्यान अफ दी म्याचबाट पुरस्कृत भए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission