ट्रेंडिंग:

>> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली

हात्तीपाइलेको अभियान छाडेर जनप्रतिनिधि घुमफिरमा

२३ फाल्गुन २०७९, मंगलवार
२३ फाल्गुन २०७९, मंगलवार

दाङ, २३ फागुन ।

दाङसहित १५ जिल्लामा हात्तीपाइले निवारणका लागि तेह्रौँ पटक आम औषधि सेवन अभियान व्यापक तयारीका साथ थालनी भयो । फागुन ११ गतेबाट शुरु भएको आमऔषधि सेवन अभियान २१ गतेसम्म स्वास्थ्यकर्मी, स्वयंसेविका र जनप्रतिनिधिको उपस्थितिमा वृहत रुपमा जिल्लाका १० वटै पालिकाले एकसाथ थालनी गरे । अभियानको ११ दिनमा पालिकाभरका लक्षित सबैलाई हात्तीपाइलेको औषधि खुवाउने गरी अठोटका साथ शुरु भएको अभियानमा जिल्लाका केही पालिकाले अपेक्षित लक्ष्य पूरा गरेका छन् भने केही लक्ष्य उन्मुख छन् ।

तर, हात्तीपाइलेको उच्च जोखिम मानिएको राजपुर गाउँपालिकामा लक्ष्य पूरा गर्ने काम भएन । अभियानकै बीचमा स्वास्थ्य शाखाका सबै कर्मचारी, स्वास्थ्य स्वयंसेविकाहरु अवलोकन भ्रमणमा जिल्ला बाहिर निस्किए । गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवको नेतृत्वमा पोखरालगायतका स्थानमा घुमफिर गर्न निस्किएपछि हात्तीपाइले रोग विरुद्धको अभियान राजपुरमा प्रभावित भएको छ ।

५२ जना स्वास्थ्यस्वयंसेविका, स्वास्थ्य शाखाका प्रमुखसहित पालिका उपाध्यक्षको टोली हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन अभियान चलिरहेका बेला जिल्ला बाहिर हिँडेपछि सर्बत्र चासो भएको छ । जहाँ औषधि सेवनको कभरेज कम छ, त्यहीँबाट स्वास्थ्यका कर्मचारी काम थाँती राखेर भ्रमणमा हिँडेपछि अरु पालिकाले जति राम्रो प्रयास गरेपनि फलदायी नहुने देखिएको हो । पालिकाको टोली १८ गते भ्रमणमा निस्किएर २२ गते मात्रै फकिएको छ ।

स्वास्थ्य शाखा प्रमुख कमल रोकायका अनुसार, ११ गतेदेखि १८ गतेसम्म पालिकामा आम औषधि सेवन अभियान चलाईएको हो । ‘हामीले १५ गतेसम्म मात्रै अभियान चलाउने भनेका थियौँ पछि तीन दिन थपेर १८ गतेसम्म काम गर्यौ । यो बीचमा आउनेले खाए, नआउनेको त के लाग्छ र’ उनले भने, ‘औषधि खानुस् भनेको हो, नखानेलाई जबरजस्ती खुवाउने कुरा पनि भएन ।’

खासगरी, यादव समुदायमा हात्तीपाइलेको औषधि सेवन नगर्नेको संख्या बढी मात्रामा रहेको पालिकाको भनाई छ । पुरातन सोँच अनि रुढीवादी परम्पराका कारण औषधि खुवाउन चुनौती भएको स्वास्थ्य शाखाको भनाई छ ।

औषधि खान नआएपछि पालिकाको स्वास्थ्य शाखा, स्वास्थ्य स्वयंसेविकासहितको टोली पालिकाकै कार्यक्रम अनुसार भ्रमणमा निस्किएको उनको भनाई छ । ‘आमऔषधि सेवन अभियानका क्रममा हामीले मात्रै कोशिस गरेर नहुने रहेछ, जनप्रतिनिधिले भने जस्तो साथ दिएनन, नागरिकलाई औषधि खानुस् भन्दा उल्टै गाली गर्छन्’ उनले भने, ‘यस्तो बेलामा त जनप्रतिनिधि पनि साथमै हिँडेका भएको पो हुन्थ्यो, उहाँहरु अरु कामलाई महत्व दिनुहुन्छ, हामीले मात्रै हुने कुरो भएन ।’

पालिकामा यो पटक विगतभन्दा पनि आम औषधि सेवन कम भएको बारेमा जिल्ला र प्रदेशले चासो लिएको छ । ‘आम औषधि सेवन अभियानका बेलामा काम गर्न छाडेर भ्रमणमा निस्किएपछि पालिकाका नागरिकले कसरी औषधि खाने हुन्छ र ?’ स्वास्थ्य कार्यालय दाङका निमित्त प्रमुख डम्बर कुवँरले भने, ‘यो कुरा त अरुले भनेर भन्दा पनि आफुले जान्ने कुरा हो । सरकारको स्वास्थ्य सम्बन्धी कार्यक्रमलाई पालिकाले नै महत्व नदिए कसले दिने होला ?’ राजपुर गाउँपालिकामा २९ हजार ४३ जनालाई औषधि खुवाउने लक्ष्य राखेकोमा ५७ प्रतिशत अर्थात १६ हजार ६ सय ३० जनाले मात्रै औषधी सेवन गरेका छन् ।

गाउँपालिका उपाध्यक्ष धनपति यादवले अभियानका क्रममा औषधि खुवाएको बताइन् । ‘कोही छुटेको भए फेरी कोशिस गरौँला, खानुस् है सबैलाई भनेकै हो’ उनले भनिन्, ‘कतिपय ठाउँ बिकट पनि छन् खोला नाला आदि कारणले पनि पहुँच नपुगेर समस्या भएको हुन सक्छ, धेरै जनाले औषधि खाएको भन्ने मलाई थाहा थिएन, अब खुवाउने त होला । ’

गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले पनि अभियानका क्रममा घरघरमा पुगेर आम औषधि सेवन कार्यक्रम गर्दा पनि खान नमानेको बताए । उनका अनुसार, वडा नम्बर ३, ४ र ५ मा बढी मात्रामा समस्या भएको छ । पुरातन सोँचका कारण जति सम्झाए पनि खुवाउन नसकिएको बताए ।

पालिकाले निकै कम मात्रामा औषधि सेवन कभरेज गरेको हुँदा यसलाई दोहो¥याउनु पर्ने अवस्था आएको उनको भनाई छ । ‘यो बीचमा स्वास्थ्य शाखाका साथीहरु पनि भ्रमणमा निस्किनुभयो, अभियान सकियो हामी त घुम्न गयौँ भनेर जानुभयो, सबैले खाए होलान् भन्ने मलाई पनि लाग्यो’ उनले भने ‘तर अवस्था त निकै नाजुक रहेछ, अब फेरि सबैको समन्वयमा सचेतना कार्यक्रम गरेर पनि खुवाउने त होला ।’

दाङमा हात्तिपाइले रोग विरुद्धको आम औषधी सेवन अभियानका क्रममा ७६ प्रतिशतले औषधी सेवन गरेका छन् । जिल्लाका दशवटै पालिकाहरुमा फागुनको ११ गतेदेखि २१ गतेसम्म चलेको आम औषधि सेवन अभियानका क्रममा ७६ प्रतिशत अर्थात ५ लाख २६ हजार ९९ जनाले औषधी सेवन गरेका हुन् । अभियानका क्रममा ६ लाख ८७ हजार ७ सय ७६ जनालाई औषधी खुवाउने लक्ष्य रहेको थियो । यो वर्ष जिल्लाभर ८० प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाउने लक्ष्य राखिएकोमा लक्ष्य पूरा हुन अझै बाँकी छ । यसो हुनुमा केही पालिकाले आफ्नो लक्ष्य पूरा गर्न नसक्नु नै कारण रहेको छ । अघिल्लो वर्ष जिल्लामा ६८ प्रतिशतले मात्रै औषधि सेवन गरेका थिए ।

विगत १२ वर्षको निरन्तरको प्रयासमा जिल्लालाई हात्तीपाइले रोग नियन्त्रित बनाउने प्रयास सफल हुन नसकेपछि यो अघिल्लो वर्षबाट केही नयाँ अभ्यास थालनी भएको हो । जिल्लामा ४ प्रतिशत भन्दा बढी हात्तीपाइलेका बिरामी रहेका छन् । जबकी यसलाई २ प्रतिशतभन्दा तल झार्नुपर्ने हुन्छ ।

गत वर्ष गरिएको सर्वेक्षणमा जिल्लाको घोराहीमा १ सय १६ जनामा हात्तीपाइलेका नयाँ बिरामी भेटिएका थिए । यसैगरी, तुलसीपुरमा ९८ जना, लमहीमा ७४ जना, गढवामा ५८ जना राप्तीमा ४३ जना, राजपुरमा ११ जना, बबईमा १० जना, बंगलाचुलीमा ८ जना, शान्तिनगरमा ६ र दंगीशरणमा ५ जनामा हात्तीपाइलेको संक्रमण पुष्टि भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?