ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
विचार

हजार दिनका आमाहरुको खानपान र स्वास्थ्य सन्देश

२२ फाल्गुन २०७९, सोमबार
२२ फाल्गुन २०७९, सोमबार

आमा गर्भबती भएको दिन देखि बच्चाको उमेर २ बर्षको हँुदाको बेला सम्मको उमेरलाई सुनौलो १ हजार दिन भनिन्छ । गर्भको अबधि २७० दिन र जन्म पश्चात २ बर्षको उमेर ७३० दिन गरी जम्मा १ हजार दिनलाई सुनौलो हजार दिन भ्निन्छ । बच्चाको मानसिक बिकास २ बर्षको उमेर सम्म ८० प्रतिशतले बृद्वि बिकास हुुने हुँदा गर्भ रहेदेखि बच्चाको उमेर २ बर्ष भित्र आमा र बच्चा दुबैलाई अत्यन्तै स्याहार गर्नुपर्ने हुन्छ । जसमा गर्भमा ५० प्रतिशतले र जन्मपश्चात २ बर्ष भित्र ३० प्रतिशत गरी २ बर्ष भित्र ८० प्रतिशतले बच्चाको मानसिक बृद्धि र विकास हुन्छ । त्यसैकारणले यो समय अवधिमा आमाहरुको खानपान संम्बन्धी नितान्तै ध्यान दिनु पर्दछ । यस बेलामा हरेक बार खाना ४ भन्ने नारालाई आत्मसाथ गर्दै आमाको खानपानमा बिशेष जोड दिनु पर्दछ ।

सुनौलो १००० दिनको खाना भनेको के हो ?

महिला गर्भवती भएको दिनदेखि लिएर बच्चा जन्मेको २ बर्ष सम्म दिईने मातृ तथा बाल्यकालीन पोषणलाई सुनौलो १००० दिनको खाना भनिन्छ ।
सुत्केरी तथा स्तनपान गराईरहेकी महिलालाई स्थानीय स्तरमा उपलब्ध हुने निम्न किसिमका ७ समूहका खाध्द्य वस्तुहरु नियमित रुपमा खुवाउनु अनिवार्य मानिन्छ ।

१. अन्न वा जमिन मुनि फल्ने कन्दमुल ।
२. गेडागुडी तेलहन बिंया ।
३. तरल पदार्थ, दुध तथा दुग्ध पदार्थ ।
४. माछा मासु
५.अन्डा
६. भिटामिन ए पाईने फलफुल र तरकारी जस्तै ः पाकेको मेवा, आँप, सुन्तला, गाजर, र फर्सी आदि ।
७. अन्य फलफुल तथा तरकारी मध्येबाट कम्तिमा ४ समूहका खाना हरेक बार खाना ४ को रुपमा खुबाउनु पर्दछ ।

हरेक बार खाना ४ भनेको के हो ?

१.अन्न २. गेडागुडी ३. घिउ, तेल, माछा मासु र अण्डा ४. फलफुल, सागपात र तरकारी आदि ।

सुनौलो १००० दिनका आमाहरुले खाना खाने तरिका कस्तो हुनु पर्दछ ?
– बिहान खाजा, १ गिलास दुध र अण्डा ।
– बिहानको खाना दाल भात तरकारी आवश्यकता अनुसार ।
– दिउँसो विभिन्न किसिमका फलफुल र तरल पदार्थ ।
– दिउँसोको खाजाः रोटी, गेडागुडी ।
– बेलुकीको खानाः दाल, भात, तरकारी आवश्यकता अनुसार मासु ।
– मौसम अनुसारका फलफुलः आवश्यकता अनुसार ।
– आराम तथा नियमित ब्यायाम र सरसफाई गर्ने ।
– लगाउने पोशाकमा समेत ध्यान दिने गर्नु पर्दछ ।

गर्भवतीले साविक भन्दा थप एकपटक बढी खाना खानुपर्दछ, गर्भधारणदेखि नै आमाले दिनहु खाने साविक खानाका साथै एकपटक थप पौष्टिक तथा सन्तुलित खाना खानु पर्दछ । र सुत्केरी र स्तनपान गराएकी महिलालाई साविक खानाको साथै थप २ पटक पोषिलो खानाहरु खुवाउनु पर्दछ । सामान्यतया एक सुत्केरी महिलाबाट दिनमा झण्डै ८ सय ५० मिलिलिटर दुध बच्चालाई निस्कने हँुदा आमालाई बिशेष गरी पोषण युक्त खानामा ध्यान दिनु आवश्यक देखिन्छ ।

सुत्केरी महिलालाई बिशेषगरी ः ज्वानोको झोल, गेडागुडीको झोल, सुत्केरी मसला जस्तै ः मेथी, गुद, काजु, बदाम, छोडा, बत्तिसा, मिश्री, सख्खर आदि खुवाउनु पर्दछ ।

बच्चाको लागि बिशेष गरी बालभिटा ः छ महिना देखि २ बर्ष सम्मका बच्चालाई बाल भिटा दिईन्छ । र खानामा मिसाएर खुबाईन्छ । बालभिटामा आईरन र भिटामिनको मिश्रण हुन्छ । बालभिटा १५ प्रकारका भिटामिन बाट तयार पारिएको हुन्छ । त्यसैले हरेक स्वास्थ्य संस्थाबाट पोषण कार्यक्रम अन्तर्गत वितरण गरिएको बालभिटा सबै आमा बाबाहरुले आफ्ना बालबालिकालाई अनिवार्य खुबाउनु पर्दछ ।

सर्वोत्तम पिठो ः २ भाग अन्न दुई थरीका र २ भाग गेडागुडी आधा आधा गरी मिसाई राम्रो संग भुटी मसिनो गराई पिंधेर तयार पारी सफा भाँडोमा राखेर तयार गरिएको सर्वोत्तम पिठो बच्चाहरुको लागि अत्यन्तै पोषिलो र स्वास्थ्यवद्र्धक मानिन्छ । त्यसैले हरेक आमा बाबाले आफ्नो बच्चालाई अनिवार्य रुपमा खुवाउनु पर्दछ ।

स्वास्थ्य संस्थामा ८ पटक गर्भ जाँच अनिवार्य गर्नुपर्दछ ।

१. १२ हप्तामा पहिलो पटक ।
२. १६ हप्तामा दोश्रो पटक ।
३. २० देखि २४ हप्तामा तेश्रो पटक ।
४. २८ हप्तामा चौथो पटक ।
५. ३२ हप्तामा पाँचौं पटक ।
६. ३४ हप्तामा छैंठौं पटक ।
७. ३६ हप्तामा सातौं पटक ।
८. ३८ देखि ४० हप्तामा आठौं पटक ।

स्वास्थ्य संस्थाबाट दिईने सेवालाई अनिवार्य उपयोग गर्ने ः

मसिक श्राव रोकिएको दिनदेखि ९० दिन पुरा भईसकेपछि १ डोज जुकाको औषधि Albendazole 400 mg खुवाउने । र २ डोज टीडी खोप पहिलो पटकको गर्भबतीलाई १ ÷ १ महिनाको फरकमा लगाउने । दोश्रो पटकको गर्भबतीमा १ डोजमात्र टिडी खोप लगाउने । आईरन र क्याल्सियम दिनको १ ÷१ गोलीका दरले गर्भावस्थामा १८० गोली र जन्म पश्चात ४५ दिन सम्म ४५ गोली गरी २२५ वटा आईरन र २२५ वटा क्याल्सियम खुवाउने । र ४२ दिन भित्र भिटामिन ए क्याप्सुल खुवाउनुपर्दछ । र घरका सम्पूर्ण सदस्यहरुले गर्भवती अवश्थाका आमाहरुलाई विशेष स्याहार र सहयोग पुर्याउनु अनिवार्य हुन्छ । अनि मात्र सुुखी र खुसी परिवार बन्दछ ।

स्वास्थ्य शिक्षा अधिकारी तथा स्वास्थ्यकर्मी

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?