© २०२३
कर्णाली प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोग उपाध्यक्षमा दैलेखका डा. पुण्य रेग्मीलाई मनोनयन गर्ने निर्णय गरको छ । बैठकले सदस्यहरूमा हुम्लाका डा.दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् । त्यसैगरि योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था रहेको छ । योजना आयोगका उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरूलाई प्रदेश सभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय पनि मन्त्रीपरिषद बैठकले गरेको प्रवक्ता केसीले जानकारी दिएकी छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा संचालन आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरि आयोग गठनको बाटो खोलेको थियो ।