ट्रेंडिंग:

>> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली

वैदेशिक रोजगारीमा समस्यामा परेकालाई साढे ९ करोड सहायता

२० फाल्गुन २०७९, शनिबार
२० फाल्गुन २०७९, शनिबार

दाङ, २० फागुन ।

सुरक्षित आप्रवासन सामी कार्यक्रमले वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न कारण समस्यामा परेकाहरुको निःशुल्क कानूनी सहायता मार्फत ९ करोड रुपियाँ आर्थिक सहायता गरेको छ । २०७५ देखि चालु आर्थिक वर्षको हालसम्म ५ सय ५८ जनालाई ९ करोड ६४ लाख ९९ हजार ५ सय ४१ रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको हो ।

सामी कार्यक्रममार्फत २०७५ असारदेखि २०७९ को तेस्रो चरणसम्म आप्रवासी श्रोत केन्द्रमा दर्ता भएका समस्याहरु ५ सय ५ वटा रहेकोमा ३ सय ९८ वटा समाधान भएका छन् । जसमध्ये ७३ वटा प्रकृयामा रहेको र बाँकी ३४ वटा समाधान हुन नसकेका रहेका छन् । न्यायमा पहुँच पुर्याउने लक्ष्यका साथ गरिएको निःशुल्क कानूनी सहायताबाट ७ करोड ८१ लाख ९९ हजार ५ सय ४१ रुपैयाँ आर्थिक सहायता प्राप्त गर्न सफल भएका वैदेशिक रोजगार वोर्डका दाङ जिल्ला कार्यक्रम अधिकृत विष्णु अर्यालले जानकारी दिए ।

घोराही उपमहानगरपालिका, तुलसीपुर, लमही र बबई गाउँपालिकाको सहकार्यमा गरिएको कार्यक्रममा यो वर्षमा मात्रै निःशुल्क कानूनी सहयतामार्फत १ करोड ८३ लाख आर्थिक सहायता उपलब्ध गराउन सफल भएको बताइएको छ । जसमा ठगीमा १ सय ७, मृत्यु भएका २०, जेल परेका १०, स्वास्थ्य समस्या भएका ८, हराएका १५, अलपत्र परेका ३ र अन्य ७ गरी १ सय ७० वटा समस्याहरु निःशुल्क कानूनी सहायताका लागि निवेदन दर्ता भएका छन् ।

सुरक्षित आप्रवासन सामी कार्यक्रमको आयोजनामा जिल्ला तहका प्रहरीहरुसँग शुक्रबार घोराहीमा आयोजित एक दिने अभिमुखीकरण कार्यक्रममा उनले बितेको ५ वर्षको अवधिमा परेका उजुरीमा ठगीका २ सय २५, विदेशमा मृत्यु भएका ४३, जेल परेका ८, स्वास्थ्य सम्बन्धी समस्या भएका १८, हराएका ३४, अलपत्र परेका १ सय २९ र अन्य ४८ गरी ५ सय ५ वटा निवेदन दर्ता भएको बताए ।

यद्यपि, चालु आर्थिक वर्षको साउनदेखि हालसम्मको अवस्था हेर्दा निःशुल्क कानूनी सहायता लिन आउनेको संख्या उल्लेख्य छ । यो अवधिमा मात्रै आप्रवासी श्रोत केन्द्रमा १ सय ७० वटा समस्या दर्ता भएका छन् । जसमा ६० वटा समाधान भएको र १ सय १० वटा प्रकृयामा रहेको उनले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दाङले पछिल्लो समय वैदेशिक रोजगार सम्बन्धी घटनालाई चासोका साथ लिएसँगै यससँग सम्बन्धित घटना अभिलेखीकरण हुने र समस्या समाधान हुने क्रम बढेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर वलीले वैदेशिक रोजगारमा जाने नेपालीहरु ठगिने क्रम नरोकिएको भन्दै यसलाई रोक्न प्रहरीसँगै सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रहरी उपरीक्षक वलीका अनुसार, वैदेशिक रोजगार ठगी सम्बन्धी परेको निवेदनहरुको त्रिवर्षीय तथ्यांक हेर्दा २०७७–०७८ मा १८, २०७८–०७९ मा २३ र २०७९–०८० को हालसम्म ३१ गरी कुल ७२ वटा निवेदन परेको छ । यसैगरी, ठगी कसुरमा २०७६–०७७ मा ४, २०७७–०७८ मा ७, २०७८–०७९ मा ८ र चालु आर्थिक वर्षको हालसम्म १३ गरी कुल ३२ वटा दर्ता भएको छ ।

यसैगरी, बैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन तथा ठगी कार्यलाई निवारण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत जिल्लाभर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको, वैदेशिक रोजगारको क्रममा हुने ठगी, मानव वेचविखन जस्ता कार्यबाट आम सर्वसाधारणलाई बच्नको लागि स्थानीय रेडियो तथा पत्रपत्रिकाहरुमा जानकारीमूलक सन्देशहरु प्रसारण तथा प्रकाशित गर्ने गरिएको प्रहरी प्रमुख वलीले बताए ।

बैदेशिक रोजगारको क्रममा हुने मानव वेचविखन निवारण गर्नको लागि जिल्लास्थित प्रहरीले पनि घटना न्यूनीकरणका लागि भरपर्दो सूचना संकलन गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको, प्राप्त सूचनाहरुको सूक्ष्म रुपमा अध्ययन गरी आवश्यक अनुसन्धान गर्ने गरिएको, सरोकारवाला निकायहरुसँग सूचना आदान प्रदान कार्यलाई निरन्तरता दिदै आएको बताए ।

वैदेशिक रोजगारको क्रममा हुने मानव बेचबिखन निवारणका लागि आपसमा प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधि भित्र रही सूचनांहरू आदान–प्रदान गर्ने, वैदेशिक रोजगारीको क्रममा मानव बेचबिखनका जोखिमका क्षेत्रहरू पहिल्याई सोको निवारणका लागि आफ्ना कर्मचारीहरूलाई सक्षम गराउँदै आवश्यकता अनुसार परिचालन गर्ने, वैदेशिक रोजगारीको क्रममा मानव बेचविखनका जोखिम कम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट सूचना तथा स्रोत परिचालन गर्ने, आ–आफ्नो क्षेत्राधिकारका विषयहरू सूक्ष्म रूपमा अध्ययन हुने गरेको प्रहरीको भनाई छ ।

यसैगरी, अनुसन्धान तथा अन्वेषण गर्न एक अर्कालाई सहयोग पु¥याउने तथा एक आपसमा सहकार्य गर्ने, वैदेशिक रोजगार व्यवसाय गर्न इजाजत नलिएका व्यक्ति, संस्था, फर्म वा एजेन्सीबाट वैदेशिक रोजगार सम्बन्धी कार्य गर्ने वा वैदेशिक रोजगार सम्बन्धी ठगीमा संलग्न हुनेलाई कानूनको दायरामा ल्याई कारवाही चलाउने तथा त्यस्ता कार्य नियन्त्रण गर्न एक आपसमा सहकार्य गर्ने उद्देश्यका साथ काम भईरहेको जिल्ला प्रहरी प्रमुख वलीको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले रोजगारका लागि विदेश जाने कुनैपनि कामदार एजेण्टमार्फत भन्दा पनि आफैले आफु जाने देश र कामका बारेमा बुझेर जानुपर्ने र सीप अनिवार्य सिक्नुपर्नेमा जोड दिए । आफु जान चाहेको देश र गर्न खोेजेको कामका बारेमा यकिन नगरी हचुवाको भरमा वैदेशिक रोजगारीमा जाँदा अनेकन समस्या सिर्जना हुने गरेको हुँदा सामी कार्यक्रमबाट परामर्श लिन आग्रह गरे ।

कार्यक्रममा उपमेयर हुमा डिसीले वैदेशिक रोजगारका क्रममा ठगिने क्रम बढ्दै गएकाले यसको नियन्त्रणका लागि तल्लो तहबाटै सबै जुट्न आवश्यक रहेको बताइन् । वैदेशिक रोजगार विभागले अनुसन्धानको क्रममा जानकारीमा आएका वैदेशिक रोजगार सम्बन्धी अपराध तथा मानव वेचविखन सम्बन्धी सूचनाहरुको विश्लेषण गरी वैदेशिक रोजगार ऐन, २०६४ ले कारवाहीको दायरामा ल्याउन नसकेका तथा अनुसन्धान तहकिकात गर्न विद्यमान कानूनी उपलब्धता बारे नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र मानव बेचविखन अनुसन्धान ब्यूरोलाई उपलब्ध गराई ठगी तथा मानव बेचविखन सम्बन्धी मुद्दाको अभियोजनमा सघाउ पुयाउनेलगायत काममा सामी कार्यक्रमले सरोकारवालहरुसँग समन्वय गरी समुदायमा गतिविधि संचालन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?