© २०२३
कपिलवस्तुको चन्द्रौटामा स्थित दुर्गा मन्दिरमा सम्पन्न भेला तथा परिचयात्मक कार्यक्रमबाट शितगंगा–शिवराज सम्पर्क मञ्च गठन गरिएको छ । अर्घाखाँचीको शितगंगा नगरपालिकाबाट बसाई सरी कपिलवस्तुको शिवराज नगरपालिकाभित्र बसोबास गर्दै आएका समुदायको भेलाले शितगंगा–शिवराज सम्पर्क मञ्च गठन गरेको हो ।
भेलाले हेमराज बेल्बासे अध्यक्ष रहेको १३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । भेलावाट नारायण पौडेल उपाध्यक्ष, सरोज पौडेल सचिव, पुष्कर वन्जाडे सहसचिव, उमा शर्मा कोषाध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी भेलाले रामप्रसाद पौडेल, देविराम अधिकारी, पदम रावत क्षेत्री, निर्मला पाण्डे, नर्मदा पल्ली, मायादेवी विश्वकर्मा, केदार न्यापाने र शारदा अधिकारीलाई सदस्यमा चयन गरेको बताइएको छ । भेलामा शितगंगा नगरपालिका क्षेत्रबाट विभिन्न काम विशेष तथा बसाई सराई गरी चन्द्रौटा क्षेत्रमा बसोबास गर्ने व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा शितगंगा नगरपालिकाका नगरप्रमुख सूर्य अधिकारी र शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले सम्बोधन गरेका थिए । भेलालाई सम्बोधन गर्दै शितगंगाका नगरप्रमुख सूर्य अधिकारीले जन्मथलो शितगंगाको विकासमा सघाउन चन्द्रौटाबासीहरूलाई आग्रह गरे । उनले शितगंगा भौगोलिक दृष्टिले पनि पछाडि परेकाले त्यहाँको विकासको लागि चन्द्रौटाबासीको सहयोग आवश्यक रहेकोमा जोड दिएका थिए ।
त्यस्तै कार्यक्रममा शिवराज नगरपालिका नगरप्रमुख शितगंगाबासीको एकता प्रशंसनीय रहेको उल्लेख गरे । अधिकारीले चन्द्रौटाक्षेत्रमा शितगंगाबासीको वाहुल्यता रहेको बताउँदै नमुना नगर बनाउने अभियानमा एक भएर लाग्न आग्रह गरे । उनले शितगंगा र शिवराज एकआपसमा सीमा जोडिएको नगर भएकाले शितगंगाको विकासमा आपूm पनि चिन्तित रहेको बताए । à