© २०२३
जिल्लाको सामाजिक क्षेत्रमा क्रियाशिल दलित सामाजिक बिकास केन्द्रको सामाजिक लेखा परिक्षण तथा साधारणसभा सम्पन्न गरिएको छ । तौलिहवामा आयोजित कार्यक्रममा संस्थाले सञ्चालन गर्दै आएको ५ मध्य ३ परियोजनाको लेखा परिक्षण गरिएको हो ।
सो अवसरमा संस्थाले सञ्चालन गरेको अब मेरो पाले परियोजनाको संयोजक गोबिन्द धवल, एकिकृत शान्ति निर्माण परियोजनाको संयोजक सतिस हरिजन र समुदायमा आधारित पुर्नस्थापना (अपाङ्गता) परियोजनाको संयोजक अनिल द्विवेदीले उपलब्धी, सिकाई, चुनौती बारे जानकारी दिएका थिए । सामाजिक लेखा परिक्षण कार्यको संयोजक गैसस महासंघ जिल्ला अध्यक्ष प्रबिण कुमार श्रीवास्तवले गरेका थिए ।
सो अवसरमा बोल्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रशासकिय अधिकृत प्रकाश खनालले संस्थाले सामाजिक उत्तरदायित्व बहनका कार्यलाई प्राथमिकतामा राख्नु पर्ने सुझाव दिए ।
संस्थाका अध्यक्ष रामशरण रैदासले संस्थाले स्थानिय तह सँगको सहकार्यमा सामुदायिक गतिबिधीलाई प्रबद्र्धन गर्न सञ्चालन गर्दै आएका परियोजनालाई प्रभावकारी बनाउन प्रयत्नशिल रहने प्रतिबद्धता जनाए ।